सुर्खेत आएका अध्यक्ष ओलीको टिप्पणी: गठबन्धन सरकार विदेशीको जालझेलमा चलेको छ !

होस्ट खबर १० आश्विन २०८०, बुधबार
1 Min Read
Aa

सुर्खेत : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विकास भन्ने कुरा आफूहरु सरकारमा आएपछि मात्रै जनताले देख्न पाएको बताएका छन्। बुधवार एमाले कर्णाली प्रदेशको प्रथम अधिवेशनको वीरेन्द्रनगरमा उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्।

‘एमाले आयो र जनताले विकास देखे, एमाले आउनुअघि यो देशमा विकास नै देखिएको थिएन’, उनले भने, ‘जब एमाले आयो तब जनताले विकास देखे।’ उनले अहिलेको गठबन्धन सरकार विदेशीको जालझेलमा चलेको आरोपसमेत लगाए।

२०८४ मा एमालेले एकल बहुमतको सरकार बनाउने पनि उनले दाबी गरेका छन् आफ्नो पार्टीलाई चौतर्फी घेराबन्दी गरिए पनि यस्तो कुरामा नअल्मलिने ओलीले बताए। उनले आफ्नो पार्टी देशलाई आफूमाथि लेखेर अगाडि बढ्ने बताए। राष्ट्रको ढुकुटी गोजीमा सार्ने कुरालाई एमालेले जनताको अपमान ठान्ने गरेको उनले बताए।

सुन तस्करी अहिलेको गठबन्धन सरकारले नै गरेको उनले दाबी गरे। गठनन्धनले तस्करी रोक्ने होइन, झन् झन् बढाउँदै गएको उनले बताए। ‘गठबन्धन सरकारले तस्करी रोक्छु भन्छ, झन् झन् बढाउँदै गएको छ, भ्रष्टचार घटाउँछौ भन्छ झन् बढाउँदै गएको छ’, उनले भने।

गठबन्धन सरकारको १० वटा टाउका भएको आरोपसमेत उनले लगाए। कर्णालीमा सयौँ विकासका सम्भावना भए पनि अझै पनि देशकै विकट प्रदेश हुनु दुस्खद भएको उनको भनाइ थियो।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array