सोमवार, साउन ३०, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध साहित्य केपी शर्मा ओली कोरोना भाइरस ४४० मेगावट क्षमताको भेरी–१ जलविद्युत आयोजना बिपत्तिको पराकाष्टा एकिकृत क्वारेन्टिनको आवश्यक्ता
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

समृद्धिको जनचाहना अधुरै, अस्थिरतामै बित्यो पाँच वर्ष

होस्ट खबर by होस्ट खबर
२० श्रावण २०७९, शुक्रबार
163
SHARES
308
VIEWS
FacebookTwitter
हाम्रोलाई होइन, राम्रोलाई रोजौं

काठमाडौं : सरकारले प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचन मंसिर ४ गते एकै चरणमा गर्ने घोषणा गरेको छ। सत्ता गठबन्धन दलहरूको सुझावअनुसार बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले मंसिर ४ गते निर्वाचन गर्ने निर्णय गरेको हो। सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मंसिर ४ गते एकै चरणमा प्रदेश र प्रतिनिधिसभा निर्वाचन गर्ने निर्णय भएको जानकारी दिए।

सरकार संविधान र कानुनअनुसार मुलुकमा आवधिक निर्वाचन गराउन प्रतिबद्ध रहेको जनाउँदै सञ्चारमन्त्री कार्कीले भने, ‘संविधानको व्यवस्थाअनुसार नै मंसिर ४ गते एकै चरणमा प्रदेश र प्रतिनिधिसभाको निर्वाचन गर्ने निर्णय मन्त्रिपरिषद्बाट भएको छ।’ २०७२ असोज ३ मा संविधानसभाबाट नयाँ संविधान जारी भएपछि दोस्रोपटक प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि मिति घोषणा भएको हो।

संविधान जारी भएपछि पहिलोपटक २०७४ मंसिर १० र २१ गते दुई चरणमा प्रदेश र प्रतिनिधिसभा निर्वाचन भएको थियो। निर्वाचनसँगै मुलुकमा राजनीतिक अस्थिरता अन्त्य भई देश आर्थिक विकास र समृद्धिको बाटोमा अघि बढ्ने आम बुझाइ थियो। सरकार गठन र विघटनको दुष्चक्रबाट आजित जनताले २०७४ सालको निर्वाचनमा स्थायी सरकारको नारासहित चुनावी गठबन्धनमा गएको एमाले र माओवादी केन्द्रको गठबन्धनलाई स्पष्ट बहुमत दिएका थिए।

त्यसकै बलमा २०७४ फागुन ३ गते एमाले अध्यक्ष केपी ओली संविधानको धारा ७६ ९२० अनुसार प्रधानमन्त्री बनेका थिए। त्यसलगतै एमाले र माओवादी केन्द्रबीच एकता भई नेकपा बनेको थियो। तर मुलुकलाई विकास र समृद्धिको बाटोमा अघि बढाउनुको साटो पार्टी एकीकरण प्रक्रियासमेत पूरा नहुँदै नेकपामा आन्तरिक विवाद तीव्र बन्दा त्यसको मार जनताको सर्वोच्च निकाय प्रतिनिधिसभामा परेको थियो।

२०७४ सालको निर्वाचनसँगै मुलुकमा राजनीतिक अस्थिरता अन्त्य भई देश आर्थिक विकास र समृद्धिको बाटोमा अघि बढ्ने आम बुझाइ थियो। तर झन्डै दुईतिहाइ बहुमत ल्याएर सरकार बनाएको तत्कालीन नेकपामा उत्पन्न आन्तरिक विवादको मार जनताको सर्वोच्च निकाय प्रतिनिधिसभामा पर्दा मुलुक सरकार गठन र विघटनको दुष्चक्रमा फस्न पुग्यो।

पार्टीभित्रको विवाद व्यवस्थापन गर्न नसक्दा तत्कालीन नेकपा अध्यक्ष एवं प्रधानमन्त्री ओलीले संविधानको व्यवस्थाविपरीत २०७७ पुस ५ गते प्रतिनिधिसभा विघटन गरेका थिए। त्यससँगै राजनीतिक स्थायित्व र विकासको आम चाहना कुण्ठित हुन पुग्यो। सर्वोच्च अदालतले फागुन ११ गते प्रतिनिधिसभा विघटन गर्ने ओलीको निर्णयलाई बदर गरिदियो।

संविधानको धारा ८५ मा प्रतिनिधिसभाको कार्यकाल अगावै विघटन भएमा बाहेक पाँच वर्ष हुने उल्लेख छ। प्रतिनिधिसभाले सरकार दिने अवस्था रहेसम्म प्रतिनिधिसभा विघटन गर्न नपाइने भन्दै सर्वोच्चले संविधानको धारा ७६ को १ देखि ७ सम्मका उपधाराको अभ्यासपछि मात्र विघटन गर्न सकिने व्याख्या गर्‍यो।

कोरोना संक्रमणबाट देश र जनतालाई जोगाउनेतर्फ भन्दा राजनीतिक आग्रह र पूर्वाग्रहमा दलहरूको ध्यान केन्द्रित हुँदा ओलीले फेरि दोस्रोपटक जेठ ७ गते प्रतिनिधिसभा विघटन गरे। तर सर्वोच्चले दोस्रोपटक असार २८ गते प्रतिनिधिसभा पुनःस्थापना भएसँगै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वमा संविधानको धारा ७६ ९५० अनुसार पाँचदलीय गठबन्धन सरकार गठन भयो।

संविधानको व्यवस्थाअनुसार प्रतिनिधिसभाको कार्यकाल निर्वाचन भएको मिति कि कार्यकाल सुरु भएको भन्ने विवाद जारी रहेका बेला मन्त्रिपरिषद्ले नयाँ निर्वाचनको मिति घोषणा गरेको छ। नागरिक दैनिकबाट

Related Posts

राष्ट्रपति भण्डारीले दिइन् मुस्कान खातुनलाई बधाई
ताजा समाचार

नागरिकता विधेयक फिर्ता पठाएसँगै राष्ट्रपति फेरि विवादमा

सत्ता गठबन्धनः तालमेलमा सहमति, सिट बाँडफाँटमा उल्झन
ताजा समाचार

सत्ता गठबन्धन कार्यदलको बैठक बस्दै

निर्वाचन आयोगमा नेकपा (एमाले) नामको दल दर्ता, चुनाव चिन्ह उदाउँदो सुर्य
ताजा समाचार

एउटै चिह्नमा एकभन्दा बढी दलले चुनाव लड्न सक्ने

आज साउनको पहिलो सोमबार, भगवान शिवको विशेष पुजा ! (फोटो फिचर)
ताजा समाचार

आज अन्तिम साउने सोमबार, आजको राशिफल

बाँकेमा ४६ प्रतिशतले बढ्यो लागुऔषध कारोबार
ताजा समाचार

सुर्खेतमा लागुऔषधिसहित तीन पक्राउ

प्रधानमन्त्रीतर्फ लक्षित गर्दै निर्वाचन आयोगले भन्यो : मौन अवधिमा मत माग्नु आचारसंहिता विपरीत
ताजा समाचार

आगामी निर्वाचनका लागि हालसम्म ३९ दल दर्ता

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

चिसो बढ्यो, काठमाडौंको तापक्रम ०.६ डिग्री सेल्सियस

देशभर आंशिक देखि सामान्य बदली

२० श्रावण २०७९, शुक्रबार
१२ को परीक्षा भौतिक उपस्थितिमै हुने,एसइई वैकल्पिक विधिबाट गर्न सिफारिस

एसईईको नतिजा: पहिले शून्य पुनर्योगमा ८०

२० श्रावण २०७९, शुक्रबार
राष्ट्रपति भण्डारीले दिइन् मुस्कान खातुनलाई बधाई

नागरिकता विधेयक फिर्ता पठाएसँगै राष्ट्रपति फेरि विवादमा

२० श्रावण २०७९, शुक्रबार
सत्ता गठबन्धनः तालमेलमा सहमति, सिट बाँडफाँटमा उल्झन

सत्ता गठबन्धन कार्यदलको बैठक बस्दै

२० श्रावण २०७९, शुक्रबार
निर्वाचन आयोगमा नेकपा (एमाले) नामको दल दर्ता, चुनाव चिन्ह उदाउँदो सुर्य

एउटै चिह्नमा एकभन्दा बढी दलले चुनाव लड्न सक्ने

२० श्रावण २०७९, शुक्रबार
७३ औँ गणतन्त्र दिवस आज : भारतले विभिन्न कार्यक्रम गरि मनाउँदै

आज भारतको ७५औँ स्वतन्त्रता दिवस, लाल किल्लाबाट मोदीले सम्बोधन गर्दै

२० श्रावण २०७९, शुक्रबार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.