सोमवार, साउन ३०, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध साहित्य केपी शर्मा ओली कोरोना भाइरस ४४० मेगावट क्षमताको भेरी–१ जलविद्युत आयोजना बिपत्तिको पराकाष्टा एकिकृत क्वारेन्टिनको आवश्यक्ता
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

कोरोनाका कारण कर्णालीमा विद्यालय बन्द गर्न सुरु

होस्ट खबर by होस्ट खबर
२० श्रावण २०७९, शुक्रबार
169
SHARES
319
VIEWS
FacebookTwitter
जुम्लाका विद्यार्थी खुला चौरमा पढ्न बाध्य

जुम्ला : कर्णालीमा कोरोना संक्रमणको चौथो लहर देखिन थालेको छ । जुम्लाको तिला गाउँपालिका–६ घोडे गाउँस्थित जनजागृति माध्यामिक विद्यालयका विद्यार्थीलाई कोरोना भाइरस संक्रमण देखिएपछि विद्यालय बन्द गरिएको छ ।

८८ जना नमुना परीक्षण गर्दा एक जना छात्र, एक जना छात्रा गरी दुई जनामा विद्यार्थी र एकस्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि विद्यालय बन्द गरिएको हो । अघिल्लो हप्ता हिमा गाउँपालिका महावैपाथरखोला गाउँमा रहेको विद्यालयमा पनि संक्रमण परीक्षण गर्दा कोरोना देखिएको थियो ।

विद्यार्थीहरुलाई खोकी लाग्ने,ज्वरो आउने, टाउको दुख्ने लक्षण देखिएकोे प्रधानाध्यापक जयलाल रोकायाले बताए । ती विद्यार्थीहरु एक सातादेखि बिरामी परेपछि विद्यालय प्रशासनले पालिकाको स्वास्थ्य शाखालाई परीक्षणको माग गरेको थियो ।

विद्यालयले विज्ञप्ति निकालेर साउन १९ र २० गते विद्यालय बन्द रहने जनाएको छ ।प्रधानाध्यापक रोकायाले विद्यालयमा कोरोना संक्रमण देखिएपछि गाउँमा त्रास फैलिएको बताए ।

उनका अनुसार संक्रमित राख्नका लागि क्वारेन्टाइनको व्यवस्था पनि छैन । कतिपय विद्यार्थी गम्भीर विरामीका कारण कोरोना परीक्षण गर्नसमेत आउन नसकेको उनले बताए । जनजागृती मावि घोडेमा २ सय २२ जना विद्यार्थी छन् । सबै शिक्षक र विद्यार्थी बिरामी भएकाले पठनपाठन प्रभावित बनेको छ । तिला गाउँपालिका स्वास्थ्य शाखा प्रमुख गणेश शाहीका अनुसार एकजना स्वास्थ्यकर्मीलाई पनि संक्रमण देखिएको छ ।

यस्तै, मुगु जिल्लाको मुगुम कार्मारोङ गाउँपालिका नेपाल राष्ट्रिय आधारभूत आवासीय विद्यालय ताखामा पनि विद्यार्थीमा कोरोना संक्रमण देखिएपछि विद्यालय बन्द गर्ने निर्णय गरिएको छ ।

संक्रमण परीक्षण गर्दा शिक्षक विद्यार्थी गरी २६ जनामा कोरोना संक्रमण पुष्टि भएपछि १९ साउन देखि २५ गते एक सातासम्म विद्यालय बन्द गर्ने निर्णय गरिएको छ ।

संक्रमण पुष्टि भएका विद्यार्थी र शिक्षकलाई विद्यालयमै तोकिएको आइसोलेसनमा राखिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत वलिबहादुर बुढाले बताए ।

यसअघिको कोरोना महामारीको बेलाका सबै संरचना ध्वस्त भइसकेका छन् । जसका कारण बिरामी घरमै बसेका छन् । प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंले कोरोना संक्रमित भेटिएको जानकारी पाएको बताइन् ।

उनले भनिन्, ‘जनस्वास्थ्य सेवा कार्यालय जुम्लासँग समन्वय गरेर अघि बढ्दैछौं । त्यहाँको अवस्था बुझ्दैछौँ ।’ यसअघि हिमा गाउँपालिकाको महावैपातरखोलामा रहेको विद्यालयमा एकजना संक्रमित भेटिएका थिए ।

Related Posts

कोभिडविरुद्धको खोप गर्भावस्थामा लगाउनु सुरक्षित !
स्वास्थ्य

कर्णालीमा खेर गयो कोरोनाको १० हजार मात्रा खोप

भिड कम गर्न एक दिन एक उमेर समूहलाई खोप
स्वास्थ्य

कोरोना संक्रमण बढेसँगै ज्येष्ठ नागरिकलाई बुस्टर तयारी

महाराजगञ्जमा कोरोना संक्रमित ३ जनाको मृत्यु
स्वास्थ्य

साउनदेखि हालसम्म कोरोनाबाट ३० जनाको मृत्यु

जाजरकोटका स्वास्थ्यकर्मीले प्राप्त गरेको तलबभत्ता फिर्ता
स्वास्थ्य

७७ स्वास्थ्य क्षेत्रमा लैङ्गिक विभेद

नयाँ भेरियन्ट ओमिक्रोन बेइजिङमा पनि देखियो, हिउँदे ओलम्पिक प्रभावित हुने
स्वास्थ्य

कोरोनाबाट मृत्यु भएकामध्ये ७५ प्रतिशतभन्दा बढी खोप नलगाएकाहरु

महँगियो मेडिकल शिक्षा, ३.६ प्रतिशतले शुल्क वृद्धि
स्वास्थ्य

निजीलाई सिट पाउन हम्मे, टिचिङको सिट घटाइदिन अनुरोध

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

चिसो बढ्यो, काठमाडौंको तापक्रम ०.६ डिग्री सेल्सियस

देशभर आंशिक देखि सामान्य बदली

२० श्रावण २०७९, शुक्रबार
१२ को परीक्षा भौतिक उपस्थितिमै हुने,एसइई वैकल्पिक विधिबाट गर्न सिफारिस

एसईईको नतिजा: पहिले शून्य पुनर्योगमा ८०

२० श्रावण २०७९, शुक्रबार
राष्ट्रपति भण्डारीले दिइन् मुस्कान खातुनलाई बधाई

नागरिकता विधेयक फिर्ता पठाएसँगै राष्ट्रपति फेरि विवादमा

२० श्रावण २०७९, शुक्रबार
सत्ता गठबन्धनः तालमेलमा सहमति, सिट बाँडफाँटमा उल्झन

सत्ता गठबन्धन कार्यदलको बैठक बस्दै

२० श्रावण २०७९, शुक्रबार
निर्वाचन आयोगमा नेकपा (एमाले) नामको दल दर्ता, चुनाव चिन्ह उदाउँदो सुर्य

एउटै चिह्नमा एकभन्दा बढी दलले चुनाव लड्न सक्ने

२० श्रावण २०७९, शुक्रबार
७३ औँ गणतन्त्र दिवस आज : भारतले विभिन्न कार्यक्रम गरि मनाउँदै

आज भारतको ७५औँ स्वतन्त्रता दिवस, लाल किल्लाबाट मोदीले सम्बोधन गर्दै

२० श्रावण २०७९, शुक्रबार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.