सोमवार, साउन ३०, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध साहित्य केपी शर्मा ओली कोरोना भाइरस ४४० मेगावट क्षमताको भेरी–१ जलविद्युत आयोजना बिपत्तिको पराकाष्टा एकिकृत क्वारेन्टिनको आवश्यक्ता
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

पहिले बेचियो बालुवा पछि खोलै बिक्री

होस्ट खबर by होस्ट खबर
१६ श्रावण २०७९, सोमबार
168
SHARES
317
VIEWS
FacebookTwitter
पहिले बेचियो बालुवा पछि खोलै बिक्री

काठमाडौं : काठमाडौं बूढानीलकण्ठ नगरपालिका–१० की सरिताकुमारी श्रेष्ठको बाल्यकाल चखुँचाखोला आसपासमै बित्यो । बर्खायाममा खोलाको सतह बढे पनि पानी पर्ने क्रम घट्दै गएपछि चखुँचाको पानीमा पौडी खेल्नेदेखि घरायसी प्रयोजनका लागि पनि प्रयोग गरिन्थ्यो ।

तर, तीन दशकमै धेरै कुरा फेरियो । बूढानीलकण्ठ नगरपालिका–१०, ११ र १२ का असार–साउनमा धान रोपाइँ गर्दा हरियाली र मङ्सिरमा सुनौलो हुने फाँट अहिले कङ्क्रिटको सहरमा परिणत भएको छ । बाह्रैमास पानी आउने धाराहिटीको नामोनिसान छैन । उनले भनिन्, “बस्ती विस्तार हुँदै गर्दा सबै प्राकृतिक सम्पदा मासिँदै गए । हुँदा–हुँदा अहिले यज्ञमति र चखुँचाखोलालाई अन्डरग्राउन्ड ह्युमपाइपमा हालेर त्यसको अस्तित्व नै कथाजस्तो लाग्ने अवस्था आएको छ ।”

बूढानीलकण्ठको जगडोलबाट सुरु भई धोबीखोलामा मिसिने चखुँचाखोला यसरी नामेट होला भन्ने श्रेष्ठलाई लागेको थिएन । बाल्यकाल बिताएको तत्कालीन कपन गाविस र हालको बूढानीलकण्ठ–१० मै उनको घर छ । घरअगाडि काठमाडौँ महानगरपालिका–७ पर्छ ।

तर, संयोग उनका श्रीमान् दीपककुमार श्रेष्ठले जहाँ घर बनाएका छन्, त्यो ठाउँमा पहिले चखुँचाखोला बग्थ्यो । अहिले घरअगाडि कच्ची सडक छ । भित्री सतहमा चार–चार फिटका ह्युमपाइप बिच्छ्याइएको छ । श्रेष्ठले २०६७ मा प्लटिङ गर्ने व्यक्तिसँग किनेर २०६८ मा घर बनाएका हुन् । उनले भने “नापीमा बुझ्दा ३० फिटको बाटो भएको प्लटिङको जग्गा हो भन्ने देखाएपछि मैले किनेको हो । नापीमा अहिले पनि यो जग्गा खोलाको हो भन्ने प्रमाणित छैन, नम्बरी रैकर जग्गा भनेर दर्ता छ ।”

बूढानीलकण्ठ–१० कै साततले चोकमा व्यापारिक भवन छ ‘विशाल ट्रेड टावर’ । सँगै जोडिएको छ, अर्को आलिशान भवन । विशाल ट्रेड टावरका मालिक विक्रम श्रेष्ठले एक वर्षअघि मात्रै यो भवन किनेका हुन् । अर्को भवन स्थानीय तारा रायमाझीको हो । श्रेष्ठको घरले चखुँचाखोलाको आधा भाग छोपेको छ । बाढी आउँदा खोलाले आसपासका क्षेत्र डुबाउने गरेको छ । श्रेष्ठले एक वर्षअघि मात्रै यो घर किनेको हो । उनका अनुसार नक्सा पास छ, पहिल्यै गाविसले स्वीकृति दिएर बनेको घर हो ।

बूढानीलकण्ठ नगरपालिका–१० का वडाध्यक्ष नवराज भट्टराईका अनुसार यज्ञमति र चखुँचाखोला पुर्न त्यही खोलाको बालुवा बेचिएको थियो । गोरखापत्र दैनिकबाट

Related Posts

राष्ट्रपति भण्डारीले दिइन् मुस्कान खातुनलाई बधाई
ताजा समाचार

नागरिकता विधेयक फिर्ता पठाएसँगै राष्ट्रपति फेरि विवादमा

राष्ट्रपतिद्वारा वैशाख १७ र २७ गते प्रतिनिधि सभाको चुनाव हुने
समाज

नागरिकता विधेयक फिर्ता पठाउने ‘मुड’मा राष्ट्रपति

न्याय माग्दामाग्दै थाकिन् निहारिका
समाज

न्याय माग्दामाग्दै थाकिन् निहारिका

सिंहदरबारभित्र कर्मचारीको प्रदर्शन
समाज

एकैदिन १० हजार जनालाई कसले दियो बिदा ?

हाम्रोलाई होइन, राम्रोलाई रोजौं
मुख्य समाचार

शीर्ष नेतालाई अन्तिम अवसर

वीरेन्द्रनगरको ९ मा प्रहरी विट स्थापना
समाज

केन्द्र, ७ प्रदेश र ७७ वटै जिल्लामा ‘निर्वाचन सेल’

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

चिसो बढ्यो, काठमाडौंको तापक्रम ०.६ डिग्री सेल्सियस

देशभर आंशिक देखि सामान्य बदली

१६ श्रावण २०७९, सोमबार
१२ को परीक्षा भौतिक उपस्थितिमै हुने,एसइई वैकल्पिक विधिबाट गर्न सिफारिस

एसईईको नतिजा: पहिले शून्य पुनर्योगमा ८०

१६ श्रावण २०७९, सोमबार
राष्ट्रपति भण्डारीले दिइन् मुस्कान खातुनलाई बधाई

नागरिकता विधेयक फिर्ता पठाएसँगै राष्ट्रपति फेरि विवादमा

१६ श्रावण २०७९, सोमबार
सत्ता गठबन्धनः तालमेलमा सहमति, सिट बाँडफाँटमा उल्झन

सत्ता गठबन्धन कार्यदलको बैठक बस्दै

१६ श्रावण २०७९, सोमबार
निर्वाचन आयोगमा नेकपा (एमाले) नामको दल दर्ता, चुनाव चिन्ह उदाउँदो सुर्य

एउटै चिह्नमा एकभन्दा बढी दलले चुनाव लड्न सक्ने

१६ श्रावण २०७९, सोमबार
७३ औँ गणतन्त्र दिवस आज : भारतले विभिन्न कार्यक्रम गरि मनाउँदै

आज भारतको ७५औँ स्वतन्त्रता दिवस, लाल किल्लाबाट मोदीले सम्बोधन गर्दै

१६ श्रावण २०७९, सोमबार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.