सोमवार, साउन ३०, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध साहित्य केपी शर्मा ओली कोरोना भाइरस ४४० मेगावट क्षमताको भेरी–१ जलविद्युत आयोजना बिपत्तिको पराकाष्टा एकिकृत क्वारेन्टिनको आवश्यक्ता
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

गोठालाले पत्ता लगाए आकाशे ताल

होस्ट खबर by होस्ट खबर
११ श्रावण २०७९, बुधबार
169
SHARES
319
VIEWS
FacebookTwitter
गोठालाले पत्ता लगाए आकाशे ताल

जुम्ला : प्रकृतिको काखमा रहेका धेरै तालहरू आज पनि मानव समाजको पहुँचबाट धेरै टाढा छन्। विकट भूगोल, असमानुपातिक विकास र पर्यटकीय गन्तव्यहरूको खोज, अनुसन्धानको कमी तथा तिनको संरक्षण अभावमा धेरै तालहरू गुमनामजस्तो अवस्थामा छन्।

प्राकृतिक र पर्यटकीय महत्वका स्थलहरू कर्णालीमा धेरै छन्। यद्यपि ती स्थलहरूको उजागर हुनसकेको छैन। सिङ्गो कर्णाली त्यसमा पनि जुम्ला संस्कृति, सभ्यता, भाषा, कला र साहित्यको मुहान हो भन्नेमा कुनै द्विविधा छैन। पुरातात्विकका साथै प्राकृतिकरूपले पर्यटनको अत्यन्तै सम्भावनायुक्त ठानिन्छ जुम्ला।

जुम्लाको पातारासी हिमाल, संसारको उच्च स्थानमा धान फल्ने ठाउँ छुमचौर ज्यूला, जुम्ला तातोपानी गाउँपालिकास्थित पहाड फोडेर निस्केको तातोपानी धारा, लक्षालकृति पैकला ९वीरयोद्धा०, मार्सी धान सुरुआत गरिएको गुरुफोक्टो, चन्दननाथ भैरवनाथ मन्दिर, मष्टो प्रथा, गुठीचौर भेडा अनुसन्धान केन्द्र, तिला त्रिवेणीलगायतका धार्मिक, ऐतिहासिक र पर्यटकीय क्षेत्रहरू अध्ययन, अनुसन्धान र पर्यटनका हिसाबले निकै महत्वपूर्ण मानिन्छन्।

जुम्ला तातोपानी गाउँपालिकामा अवस्थित गिडीदह जाने पर्यटकीय पदमार्ग आजसम्म बनेको छैन। सो दहको दक्षिणपूर्वी भागमा रहेका पालेदह, शङ्खदह, जोगिनीदह, नदैडाव पनि ओझेलमा छन्। समुद्री सतहदेखि करिब चार हजार मिटर उचाइमा रहेका यी तालहरूको न प्रचार–प्रसार हुनसकेको छ न त त्यहाँ जाने बाटो नै बनेको छ। त्यसले गर्दा ती तालहरू महत्वहीन अवस्थामा छन्।

पर्यटकीयस्थल गुठीचौर गाउँपालिकामा रहेका तालहरूको अवस्था पनि त्यस्तै छ। सो गाउँपालिकाको वडा नं १ मणिसाँघुबाट डेढ दिनको दूरीको चार हजार ७०० मिटरमा अवस्थित आकाशे ताल ९स्काइ लेक०, चार हजार ३०० मिटर उचाइको हिउल्सा ताल र चार हजार मिटर उचाइमा रहेको दूध कुण्डली ताल पर्यटकहरूको पर्खाइमा छन्।

ती तालहरू भने सात वर्षअघि चौँरीपालक गोठालाहरूले पत्ता लगाएका थिए। ती तालहरू रहेको क्षेत्रमा भने तीन दिनअघि सोही वडाका वडाध्यक्ष अर्जुनकुमार महताराको टोली अवलोकन गरेर फर्केको छ। उनीसँगै त्यहाँका केही स्थानीय पनि तालमा पुगेका थिए।

गोठीचौर गाउँपालिका–१ जुम्लाको प्रशासनिक केन्द्र मणिसाँघुबाट करिब १८ घण्टाको दूरीमा रहेको आकाशे तालमा पहिलोपटक वडाध्यक्ष टोली पुगेर फर्केको हो। ‘यसअघि चौँरी गोठालाहरू मुस्किलले त्यहाँ पुगेका रहेछन्,ु वडाध्यक्ष महताराले भने, त्यो पनि चौँरी हराउँदा खोज्दै जाने क्रममा ताल देखिएको रहेछ।’

ताल पत्ता लगाउन भूमिका खेलेका सोही वडाका स्थानीय साङ्गे गुरुङका अनुसार विसं २०७२ मा चौँरी खोज्दै जाने क्रममा तालमा पुगिएको बताए। त्यहाँ सजिलै मान्छे नपुग्ने र त्यसको महत्वबारे थाहा नभएकाले पनि आकाशे तालको कुरा बाहिर आउन नसकेको उनले बताए। गुरुङका अनुसार तिब्बतीयन भाषामा यसलाई म्हाङ्ग्वो युञ्जो भन्ने गरिन्छ।

आकाशको जस्तो निलो रङ भएकाले त्यसलाई आकाशे ताल भनिएको उनको भनाइ छ। त्यहाँ पुगेको वडाध्यक्ष महताराको टोलीले आकाशे तालसहित हिउल्सा ताल, दूध कुण्डली प्रकाशमा ल्याएको छ। पर्यटन विकास र प्रवर्द्धनबाट अर्थतन्त्रमा वृद्धि हुने भन्दै उनले पर्यटकहरूको सहज पहुँच एवं आवतजावतका लागि त्यहाँसम्मको बाटो जोड्ने पहलमा लागेको बताए।

कान्छो कैलाश पर्वतका रूपले चिनिने यो तालको शिरमा दूध कुण्डली हिमाल अवस्थित छ। शिरमा हिमाल, त्यसको तल कालापत्थर र तालको वरिपरि हरियो बुट्यान छ। निकै मनमोहक देखिने उक्त ताल घुम्न एक घण्टाको समय लाग्ने वडाध्यक्ष महताराले जनाए।

उनका अनुसार ताल पुग्दा निकै जाडो भए पनि त्यहाँ पुग्ने मार्ग विकासले पर्यटकहरूरुको आकर्षणलाई न्यानो बनाउनेतर्फ जोड दिइने छ। त्यसो हुन सकेमात्र पर्यटनका गतिविधि बढ्ने र यसले आत्मनिर्भर अर्थतन्त्रमा सहयोग पुग्ने वडापालिकाले जनाएको छ। रासस

Related Posts

सगरमाथाको आधार शिविर सार्ने तयारी
पर्यटन

अनुमती लिएका झन्डै आधाले मात्रै पुरा गरे आरोहण

मत्ताको उदण्डता दस गुणा दस
पर्यटन

मत्ताको उदण्डता दस गुणा दस

आजदेखि देशभर विभिन्न कार्यक्रम गरि गाईजात्रा पर्व मनाईँदै
धर्म संस्कृति

आज नेवार समुदायले गाईजात्रा पर्व मनाउदैं

कोरोना रोकथाम तथा नियन्त्रणका लागि चार अर्ब ३२ करोडको सहमति
पर्यटन

१७७ मुलुकसँग दौत्य सम्बन्ध

बाँके राष्ट्रिय निकुञ्जमा बाघको संख्या बढेसंगै तस्करी रोक्न चुनौति
पर्यटन

१२ वर्षमा २ सय ३४ बाघ बढे, पुग्यो ३ सय ५५ संख्या

यस वर्ष घुम्‍नैपर्ने नेपालका १० स्थानमा कर्णालीबाट रारा र डोल्पो
पर्यटन

सगरमाथाबाहेक अन्यमा देखिएन आकर्षण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

चिसो बढ्यो, काठमाडौंको तापक्रम ०.६ डिग्री सेल्सियस

देशभर आंशिक देखि सामान्य बदली

११ श्रावण २०७९, बुधबार
१२ को परीक्षा भौतिक उपस्थितिमै हुने,एसइई वैकल्पिक विधिबाट गर्न सिफारिस

एसईईको नतिजा: पहिले शून्य पुनर्योगमा ८०

११ श्रावण २०७९, बुधबार
राष्ट्रपति भण्डारीले दिइन् मुस्कान खातुनलाई बधाई

नागरिकता विधेयक फिर्ता पठाएसँगै राष्ट्रपति फेरि विवादमा

११ श्रावण २०७९, बुधबार
सत्ता गठबन्धनः तालमेलमा सहमति, सिट बाँडफाँटमा उल्झन

सत्ता गठबन्धन कार्यदलको बैठक बस्दै

११ श्रावण २०७९, बुधबार
निर्वाचन आयोगमा नेकपा (एमाले) नामको दल दर्ता, चुनाव चिन्ह उदाउँदो सुर्य

एउटै चिह्नमा एकभन्दा बढी दलले चुनाव लड्न सक्ने

११ श्रावण २०७९, बुधबार
७३ औँ गणतन्त्र दिवस आज : भारतले विभिन्न कार्यक्रम गरि मनाउँदै

आज भारतको ७५औँ स्वतन्त्रता दिवस, लाल किल्लाबाट मोदीले सम्बोधन गर्दै

११ श्रावण २०७९, बुधबार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.