सुर्खेत : लेकबेशी नगरपालिकाले ७४ करोड ८७ लाख नौ हजार ५७ बराबरको बजेट ल्याएको छ । गएको बुधबार आगामी वर्ष २०७९/८० का लागि नगर उपप्रमुख विमला खड्लुकले उक्त बजेट ल्याएकी हुन् । उपप्रमुख खड्लुका अनुसार नगरपालिकाले चालु खर्चतर्फ ४० करोड २५ लाख ४३ हजार ३६९ रुपैयाँ र पूँजीगत तर्फ २९ करोड ९७ लाख ८८ हजार एक सय ९२ रूपैयाँ बजेट विनियोजन गरेको छ ।
यस्तै विकास साझेदार संघसस्थाहरुको कार्यक्रम तर्फ ४ करोड ६३ लाख ७७ हजार ४९६ रूपैयाँ बजेट लेकबेशीको रहेको छ । नगरपालिकाले निति तथा कार्यक्रम समेत पारित गरेका छन् ।