सुर्खेत : सुर्खेतको बराहताल गाउँपालिकाको अध्यक्षमा काँग्रेसका भिमबहादुर भण्डारी विजयी भएका छन् । भण्डारीले नेकपा एमालेका घनश्याम पाण्डेललाई हराउँदै अध्यक्षमा विजयी भएका हुन् ।
पार्टीको साधारण सदस्यबाट राजनीतिमा आएका उनी क्रियाशिल सदस्य हुँदै १२ औं महाधिवेशनमा क्षेत्रिय प्रतिनिधि समेत भएका थिए । २०७२ भन्दा अगाडी नेपाली कांग्रेस साविक तरंगा गाउँविकास समतिको पार्टी सभापति हाँकेका उनले संघीय संरचना पश्चात पनि वडा सभापति भएर काम गरेका थिए ।
उनको राजनीति इमान्दारिता, पार्टीभित्रको सक्रियता देखेर १४ औ महाधिवेशनमा खड्का समुहले भण्डारीलाई बराहतालको सभापतिमा उम्मेदवार बनायो । उनले १०४ मत ल्याई विजयी भए । विद्यालय पढ्दादेखि होस् या घरायसी कामकाज गर्दा अभावै अभाव झेल्दै आएक उनले कक्षा १२ सम्मको पढाई पुरा गर्न सके ।
भण्डारीले ४३९७ मत प्राप्त गरेका छन् भने एमालेका पाण्डेलले ३५५५ मत प्राप्त गरेका छन् ।
यस्तै, उपाध्यक्षमा नेपाली काँग्रेसकी लक्ष्मी पुनमगर विजयी भएकी छन् । पुन मगरले ४३०१ मत प्राप्त गरेकी छन् । उनले नेकपा एमालेकी दुर्गाकुमारी विष्टलाई पाराजित गरेकी हुन् ।
विष्टले ३५९९ मत प्राप्त गरेकी छन् ।