सल्यान : सल्यानमा विजयी उत्सव मनाउन आउँदै गरेको गाडीमा करेन्ट लागेर २ जनाको मृत्यु भएको छ । जिल्लाको कुमाख गाउँपालिकामा कांग्रेस र एमालेको गठबन्धनले जितेको उत्सव मनाउन गाडीमा आउँदै गरेकाहरुलाइ करेन्ट लागेको हो ।
गाडीको छतमा झण्डा समाएर बस्नेतज्यूलाबाट शान्तिबजार आउँदै गरेकाहरुलाई खोला प्रवेश गर्न बितिक्कै विजुलीको तारबाट करेन्ट लागेको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा कुमाख गाउँ पालिका वडा न. १ स्यानिपिपलि निवासी २६ बर्ष लोकेन्द्र राना र कुमाख ४ कोर्ती बस्ने बर्ष २३का गोपाल बुढाथोकी रहेका छन् ।
१४ जना बढी घाइते भएका छन् । घाइते हुनेमा कुमाख १ का १६ बर्षका हिमाल राना कुमाख ३ का १३ बर्षका महेन्द्र रावत सङ्गै कुमाख ४ का ११ जना मध्ये २१ बर्षका नवीन रावत, १६ बर्ष बिनोद बुढा, १४ बर्षका निखिल बिक, १५ बर्षका लोकमणी बुढाथोकी, १६ बर्षको प्रकाश बुढाथोकी, १४ बर्षका बिराज बुढाथोकी रहेका छन् ।
त्यसैगरी १५ बर्षका डिल्ली राना,१३ बर्षका सोलन बुढाथोकी, १५ बर्षका हेमन्त बुढाथोकी, १४ बर्षका प्रकाश शाह ,१७ बर्षका हेमन्त बिक त्यस्तै चौरजहारी नगरपालिका १ रुकुम पश्चिमका १९ बर्षका गोबिन्द बिक रहेको प्रहरीले जानकारी दिएको छ ।
घटनाबारे विस्तृत विवरण आएको छैन् । रागेचौर प्रहरीकाअनुसार छतमा बसेकाहरुले विद्युतको तारले छुँदा घटना भएको हो। घाइतेहरुलाइ रुकुम चौरजहारी अस्पताल लगेर उपचार भैरहेको प्रहरीले जानकारी दिएको छ ।