सुर्खेत : पेट्रोलियम पदार्थमा गरिएको मुल्य वृद्धिको बिरोध गर्दै अनेरास्ववियु सुर्खेतले आयल निगम धर्ना तथा घेराउ गरेको छ । कर्णाली प्रादेशिक कार्यालय सुर्खेतमा , पेट्रोलियम पदार्थमा गरिएको मुल्य वृद्धि तत्काल खारेज गर्न माग राख्दै अनेरास्ववियु सुर्खेत जिल्ला कमिटीले आज आयल निगममा धर्ना तथा घेराउ गरेको हो ।
‘मूल्यवृद्धि फिर्ता गर’ लेखिएका ब्यानर, प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए । नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटिर ३–३ रुपैयाँको दरले मूल्यवृद्धि गरेको थियो ।
आयोजना गरिएको कार्यक्रममा अनेरास्ववियुका केन्द्रिय सचिवालय सदस्य प्रेम खड्का, सत्य शाही,प्रभाव पोखरेल, हुम्ला जिल्ला अध्यक्ष जयराज संज्याल, सुर्खेत जिल्ला अध्यक्ष आशिष आचार्य, सहसचिव द्वय दिपक तिवारी, गिता राना, म।प बिश्वबिद्धालय अध्यक्ष प्रकाश रिजाल, अनेरास्ववियुका नेताहरु आशिष रेग्मी, मनिष चन्द, प्रतीक शाही, महालक्ष्मी बिश्वकर्मा लगायतका नेता तथा कार्यक्रताहरुको उपस्थिति रहेको थियो,अनेरास्ववियुले यस अघि मुख्यमन्त्री कार्यालयमा बिरोध कार्यक्रम पनि गरेको थियो।