सुर्खेत : सुर्खेत जिल्लास्तरीय एन्फा लिगमा एबीसी स्पोर्टस् क्लब विजय भएको छ। सैनिक आवासिय माहाविद्यालयमा भएको फाइनलमा फ्रेण्डसीप क्लबलाइ दुइ शून्य गोलले पराजित गर्दै एबीसीले उपाधी जितेको हो। खेलको ३९ मिनेटमा एबीसीका सुदिन विकले एकगोल गर्दै टोलीलाइ अग्रता दिलाएका हुन। त्यसको ३१ मिनेट पछि फेरी एबीसीका लक्ष्मण शाहीले खेलको ७० मिनेटमा एक गोल थप्दै टोलीलाइ दुइ शून्यमा पुर्याएका थिए। फ्रेण्डसीपीले भने पाएको केहि मौकालाई सदुपयोग गर्न नसक्दा नतिजा सुम्पिनु पुग्यो।
फ्रेण्डसीपीका कप्तान अमर बुढाले दुइपटक डिवक्सबाट प्रहार गरेको बलले जाली चुम्न सकेन। उच्च मनोबलका साथ मैदान उत्रिएको घरेलुटोली एबीसीले पाहुना टोली फ्रेण्डसीपीमाथी खेलको शुरुदेखी नै दबाबमा राख्यो। बलियो दाबेदार एबीसीलाई पराजित गर्दै पहिलो पटक उपाधि भित्र्याउन लक्ष्य फ्रेण्डसीपीको यो पटक अधुरै रह्यो। एबीसी सेमिफाइनलमा शीरमोर क्लबललाई हराउदै फाइनल यात्रा तय गरेको हो भने फ्रेण्डसीप बावियाचौरलाई पराजित गर्दै एबीसीसँगको उपाधि भिडिन्त पक्का गरेको हो।
योसंगै एबीसी लगातार दोस्रो पटक उपाधि जितेको छ। जितसंगै एबीसीले ५१ हजार पुरस्कार हात पारेको छ भने उपविजेता बनेको फ्रेण्डसीपले २५ हजारमा पाएको छ। सुर्खेत जिल्ला फुटबल संघले लिगको दुई–दुई वर्षमा आयोजना गर्ने गर्दछ। लिगमा जिल्लाका १८ क्लवले दर्ता गराएकोमा १२ टोलीले सहभागीता जनाएका थिए।
कार्यक्रममा सुर्खेत जिल्ला फुटबल सँघका अध्यक्ष जनक रावल, कर्णाली प्रदेश खेलकुद बिकास परिषदका उपाध्यक्ष प्रमोद हमाल, मेजर गणेश अधिकारी । सुन्दर चौधरी, खेल महाशाखा प्रमुख जहरलाल हमाल , जिल्ला खेलकुद बिकास समिति सदस्य सचिव जगत प्याकुरेल, जिल्ला खेलकुद बिकास समिति सदस्य भीमकुमारि भूषाल, नेपाल पत्रकार महासंघ सुर्खेत जिल्ला अध्यक्ष ललित बसेल । सुर्खेत जिल्ला फुटबल संघका पूर्व अध्यक्ष गोर्वधन खड्का लगाएतको उपस्थित रहेको थियो ।