सुर्खेत : आज कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा सामान्य पानी पर्ने सम्भावना रहेको छ । यस्तै गण्डकी, वाग्मती र प्रदेश(१ का थोरै ठाउँमा पनि सामान्य पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङ्गसहित सामान्य पानी पर्ने सम्भावना रहेको तर ठूलो पानी भने नपर्ने भएकाले वातावरण सुधार हुने सम्भावना नरहेको मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिए। अहिले नेपालमा स्थानीय वायुसँगै पश्चिमी वायुको थोरै प्रभाव रहेको छ।