सुर्खेत : प्रशोधित पानीमा किरा र लेउ विक्री गर्ने दुई पानी उद्योगका सञ्चालकलाई सुर्खेत जिल्ला अदालतले ५०–५० हजार जरिवानाको फैसला सुनाएको छ ।
दुषित पानी विक्री गरे पछि अदालतले जनही ५०–५० हजारको जरिवना गर्ने फैसला सुनाएको हो ।
मध्यपश्चिम वाटर एण्ड वेभरेज उद्योग प्रा.लि.का सञ्चालक कृष्ण आचार्य र देउती दर्शन वाटर एण्ड वेभरेज प्रा.लि. का सञ्चालक भीमबहादुर भण्डारीलाई अदालतले जनही ५०–५० हजारको जरिवना गर्ने फैसला गरेको अदालतका सूचना अधिकारी नरेन्द्रप्रसाद पोखरेलले बताएका छन् ।
आचार्यविरुद्ध २ र भण्डारीविरुद्ध १ गरि खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सुर्खेतले दुषित खाद्य वस्तु (पानी) उत्पादन तथा विक्री वितरण सम्बन्धी गत फागुन २८ गते सुर्खेत जिल्ला अदालतमा मुद्दा दर्ता गरेको उनले बताए ।
चैत्र ९ गते मुद्दालाई किनारा लगाउँदै न्यायाधिस डा. राजेन्द्रकुमार आचार्यको इजलासले सञ्चालक आचार्यलाई एक लाख र भण्डारीलाई ५० हजार जरिवना गर्ने फैसला भएको सूचना अधिकारी पोखरेलले जानकारी दिए ।
खाद्य ऐन २०२३ को दफा ३ विपरितको कसुरमा सोही ऐनको दफा ५ को उपदफा १ बमोजिम पाँच वर्ष कैद र जरिवाना वा दुवै सजाए हुने उल्लेख गरेको छ । सो अनुसारको अधिकतम जरिवानाको सजाए भएको उनको भनाई छ ।
हेर्नुहोस भिडियो