सुर्खेत : अन्तर्राष्ट्रिय रेफ्री बिकास गुरुङले प्रदेश सरकारले भौतिक संरचना निमार्ण गरेमा कर्णाली प्रदेशबाट अन्तर्राष्ट्रि खेलाडी उत्पादन हुन सक्ने बताएका छन् ।
प्रथम चुली कप २०७७ प्रदेश स्तरिय खुल्ला पुरुष भलीबल प्रतियोगिता सम्पन्न पछि उनले यस्तो बताएका हुन् । धेरै सम्भावना बोकेका खेलाडी कर्णालीमा भएको खेलकुद मैदान र प्रशिक्षणको अभाव भएको उनको भनाई छ ।
चुली कम निकै सान्तपुर्ण सम्पन्न भएको उनको अनुभव रहेको छ । खेलमा राजनिक नगर्न सुझाब दिएका छन् । कर्णाली प्रदेशमा धेरै नै सम्भावना बोकेको प्रदेश भएकाले राम्रो खेलकुद संचना निमार्ण गरेमा कर्णालीमा खेलाडीको धेरै नै उत्पादन हुने उनले बताए । पुराना खेलाडी भन्दा नयाँ खेलाडीहरुलाई प्राथमिकता दिनु पर्ने उनको जोड छ । खेलमा कोहि कसैले राजनितिक नगरेर राम्रो उत्पालन गर्नुमा सबैको भुमिका महत्वपुर्ण रहेको उनले बताए ।
चुली क्लवका वरिष्ठ उपाध्याक्ष खेलका संयोजक मोतिराम नेपालीले खेलमा सहयोग गर्ने सबैमा धन्यवाद दिएका छन् । कर्णाली प्रदेशमा एउटा क्लवले आयोजना गरेको खेलमा सबैको साथ र सहयोगले खेल सम्पन्न भएकोमा सबैमा धन्यावाद ब्यक्त गरे ।
चुली क्वलका अध्यक्ष महेश जीसीले प्रथम चुली कपबाट सिकाई भएको बताएका छन् । बिभिन्न कारणले यहाँका रेफ्री र खेलाडी रोक्ने अवस्था सिर्जना भएता पनि सान्तपुर्ण खेल सम्पन्न भएको उनले बताए । यो आयोजनाले आउदा दिनका खेलहरुको तयारीका लागी सिकाई भएको उनको बुझाई छ । खेल सञ्चालनमा प्रत्यक्ष तथा अप्रत्यक्ष सहयोग गर्ने सम्पुर्णमा धन्यावाद दिदै दोस्रो चुली कप अयोजना गर्ने उनले बताए ।
हेर्नुहोस भिडियो