सोमवार, साउन २३, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध साहित्य केपी शर्मा ओली कोरोना भाइरस ४४० मेगावट क्षमताको भेरी–१ जलविद्युत आयोजना बिपत्तिको पराकाष्टा एकिकृत क्वारेन्टिनको आवश्यक्ता
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

महाशिवरात्रिका लागि पशुपति क्षेत्रमा आउने साधुसन्तको स्वागत सत्कारको तयारी

होस्ट खबर by होस्ट खबर
१० फाल्गुन २०७७, सोमबार
172
SHARES
324
VIEWS
FacebookTwitter
महाशिवरात्रिका लागि पशुपति क्षेत्रमा आउने साधुसन्तको स्वागत सत्कारको तयारी

काठमाण्डौं : गुठी संस्थानले महाशिवरात्रिमा पशुपति क्षेत्रमा आउने साधुसन्तका लागि खाने, बस्ने, धुनी जगाउने लगायत स्वागत सत्कार व्यवस्थापनको तयारी शुरु गरेको छ । तयारी स्वरुप पशुपतिनाथका दर्शनार्थी साधुसन्तका लागि धुनी जगाउन ३४ हजार ८०० किलो दाउराको व्यवस्था गरिएको छ ।

पशुपतिनाथ दर्शनका लागि आउने साधु सन्तको स्तरअनुसार दक्षिणा दिन केन्द्रीय कार्यालयमा बजेट माग गरी पत्र पठाइएको गुठी संस्थान पशुपति गोश्वारा कार्यालयका प्रमुख उमा आचार्यले जानकारी दिइन् । यस वर्ष रु ९५१, रु ७५१, रु ५५१, रु ३५१, रु २५१ र रु १५१ गरी छ वर्गमा स्तरअनुसार साधुसन्तलाई दक्षिणा दिने संस्थानको तयारी छ ।

सोका लागि केन्द्रीय कार्यालयसँग रु २८ लाख ६५ हजार ३७६ माग गरिएको छ । साधुसन्तलाई राममन्दिर, अन्नपूर्ण भण्डार, गोरखनाथ मन्दिरलगायत स्थानमा राख्ने तयारी गरिएको छ । नागा बाबालाई भने पशुपतिनाथको मूल मन्दिरभित्र नै बस्ने, खाने एवं धुनी जगाउने व्यवस्था गरिन्छ ।

संस्थानले साधुसन्तलाई फागुन कृष्ण एकादशीदेखि औँसीसम्म खाने, बस्ने र धुनी जगाउने व्यवस्था गर्ने परम्परा छ । औँसीका दिन दक्षिणासहित विदा गरिन्छ । यस वर्ष फागुन २७ गते महाशिवरात्रि पर्व परेको छ । साधुसन्तलाई फागुन २५ गते फागुनकृष्ण एकादशीदेखि फागुन २९ गते औँसीसम्म आवासीय व्यवस्था गर्ने गरिन्छ ।

कोरोना महामारीका कारण यस वर्ष विगतमा भन्दा कम साधुसन्त आउने अनुमान गरिएको छ । पशुपति क्षेत्र विकास कोष स्थापना हुनुअघिदेखि संस्थानले महाशिवरात्रिमा साधुसन्तको व्यवस्थापन गर्ने गरेको थियो ।

कोष स्थापनापछि यसले पनि थप सहयोग गर्ने गरेको छ । महाशिवरात्रिमा पशुपतिनाथ आउने साधुसन्त एवं भक्तजन सबैले नाथको दर्शन गर्न पाउने गरी तयारी गर्न लागिएको कोषका सदस्य सचिव डा प्रदीप ढकालले जानकारी दिए ।

Related Posts

दसैं बिदा घटस्थापनादेखि दिन सचिवहरूको सुझाव
समाचार

प्रधानमन्त्री कार्यालय सचिव थुपार्ने ‘अखडा’

जुम्लाको अन्तिम गाउँ जहाँ ‘मदन’हरू भेटिन्छन्
समाज

जुम्लाको अन्तिम गाउँ जहाँ ‘मदन’हरू भेटिन्छन्

अत्यावश्यक बाहेक सिंहदबार प्रवेशमा कडाई
समाज

किन प्रतिनिधिसभा लम्ब्याउन चाहन्छ सरकार

मंसिरको चुनावमा ध्यान दिनू, मसँग नअल्झिनू: मेयर साम्पाङ
समाज

मंसिरको चुनावमा ध्यान दिनू, मसँग नअल्झिनू: मेयर साम्पाङ

वीरेन्द्रनगरको ९ मा प्रहरी विट स्थापना
समाचार

प्रहरी बुट खरिदमा ६ करोड घोटाला

सिंहदरबारभित्र कर्मचारीको प्रदर्शन
पत्रपत्रिका

सिंहदरबारभित्र कर्मचारीको प्रदर्शन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

सुर्खेतमा दुई हजार २२९ को उम्मेदवारी

कर्णालीका १० जिल्लामा ३० हजार मतदाता थपिए

१० फाल्गुन २०७७, सोमबार
स्थानीय चुनावमा काँग्रेस पहिलो पार्टी बन्ने निश्चित

कांग्रेसमा ‘प्रधानमन्त्री’को लर्को

१० फाल्गुन २०७७, सोमबार
कांग्रेस अवरोधले संसद बैठक स्थगित, माइतिघरमा तरुणदलको प्रदर्शन

प्रतिनिधिसभाः वर्षा र बाढीबाट विस्थापितलाई सहयोग गर्न सांसदको माग

१० फाल्गुन २०७७, सोमबार
हाम्रोलाई होइन, राम्रोलाई रोजौं

निर्वाचन आन्तरिक तयारीमा जुटे दल

१० फाल्गुन २०७७, सोमबार
प्रधानमन्त्री ओली पुगे शीतल निवास

एजेण्डा नहुँदा जनतामा भ्रम छर्दै नेता

१० फाल्गुन २०७७, सोमबार
देशका अधिकांश स्थान सहित कर्णालीमा आज पनि बर्षात हुने

आज कहाँ–कहाँ भारी वर्षाको सम्भावना ?

१० फाल्गुन २०७७, सोमबार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.