सोमवार, साउन २३, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध साहित्य केपी शर्मा ओली कोरोना भाइरस ४४० मेगावट क्षमताको भेरी–१ जलविद्युत आयोजना बिपत्तिको पराकाष्टा एकिकृत क्वारेन्टिनको आवश्यक्ता
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

कर्णाली प्रदेशका किशोरीहरु सानै उमेरमा बढी गर्भपतन

होस्ट खबर by होस्ट खबर
१० फाल्गुन २०७७, सोमबार
218
SHARES
412
VIEWS
FacebookTwitter
कर्णाली प्रदेशका किशोरीहरु सानै उमेरमा बढी गर्भपतन

सुर्खेत : कर्णाली प्रदेको राजधानी वीरेन्द्रनगरकी १८ वर्षीया एक किशोरीको क्याम्पसकै सहपाठी साथीसँग पे्रम सम्बन्ध थियो । बिहे गर्ने वाचासँगै उनीहरुबीचको पे्रम सम्बन्ध दरिलो हुँदै थियो । जब पे्रमीले किशोरीको पेटमा गर्भ रहन गएको थाहा पाए, त्यसपछि विस्तारै टाढिँदै गए । अन्ततः उनीहरुबीच पे्रम सम्बन्ध टिकेन ।

पे्रमीले धोका दिएपछि २०७६ साल माघमा ती किशोरी वीरेन्द्रनगरस्थित एक क्लिनिकमा गर्भपतन गराउन बाध्य भइन् । गर्भपतन गराउँदा उनको पेटमा आठ हप्ताको गर्भ थियो । गर्भपतनका साथै पे्रमीको मायापे्रमबाट टाढिनुपर्दा ती किशोरी शारीरिक तथा मानसिकरूपले विक्षिप्त भइन् । उनले अहिले रोकिएको पढाइलाई निरन्तरता दिएकी छन् ।

लहैलहैमा लागेर किशोरीले पे्रम सम्बन्ध राख्ने र पे्रमीबाट धोका पाएपछि गर्भपतन गराउने प्रवृत्तिका कारण गम्भीर स्वास्थ्य समस्या निम्तिने गरेको छ । उचित परामर्श नपाउँदा यस्तो अवस्थामा कतिपय किशोरी आत्महत्या गर्ने अवस्थासम्म पुगेका उदाहरण पनि छन् । टिपिओ नेपाल सुर्खेतका मनोपरामर्शकर्ता शर्मिला बिसी किशोरीमा गर्भ निरोधकका अस्थायी साधन प्रयोगको कमी हुँदा गर्भपतन गराउनुपर्ने अवस्था निम्तिने गरेको बताउँछिन् ।

ग्रामीण परिवेशमा अविवाहित किशोरीले अस्थायी साधन प्रयोग गर्न सक्ने वातावरण हुँदैन, समाजले देख्ला भन्ने डर हुन्छ, पुरुषले सजगता अपनाउनुपर्ने हो तर उनीहरुमा वास्तै हुँदैन, त्यसको सिकारमा किशोरी-महिला पर्ने गर्छन्, उनी भन्छिन्, जसले गर्दा महिलाहरु गर्भपतन गराउन बाध्य हुन्छन्, अझ असुरक्षित तवरले गर्भपतन गराउन खोज्नेको ज्यानै जोखिममा पर्ने पर्दछ ।” यसले कतिपय महिलामा डिपे्रसन ९मानसिक अवसाद०को समस्या देखापर्ने गरेको छ ।

मनोपरामर्शकर्ता शर्मिलासँग बन्दाबन्दीका बेला पूर्वी सुर्खेतको एक किशोरीलाई आत्महत्या गर्नबाट जोगाएको अनुभव छ । स्नातक तहमा पढ्ने अविवाहित ती किशोरी पनि आफ्ना पे्रमीबाट धोका पाएपछि निकै तनावमा पर्नुभयो, टिपिओ नेपालको हेल्पलाइनमा सम्पर्कमा आएपछि हामीले काउन्सिलिङ गयौँ, शर्मिला भन्छिन्, गर्भपतनको कुरा घर–परिवारबाट गोप्य राख्नुपर्दा उचित खानपिन र आरामको कमीले उहाँ अझै तङ्ग्रिन सक्नुभएको छैन ।

यही जेठमा वीरेन्द्रनगरस्थित एक क्लिनिकमा ती किशोरीले अढाइ महिनाको भ्रूणको गर्भपतन गराएकी थिइन् । उनलाई अहिले योनीबाट सेतो पानी बग्ने र महिनावारीमा गडबडी हुने समस्या छ । शर्मिला भन्छिन्, सायद हाम्रो सम्पर्कमा नआएको भए ती किशोरी आत्महत्या गर्ने अवस्थासम्म पुग्नुहुन्थ्यो किनकी अविवाहितले बच्चा जन्माएको समाजले स्वीकार गर्दैन ।

गर्भपतन गराउने किशोरी उमेरको सूचीमा विवाहित पनि छन् । नेपालको कानूनअनुसार महिलाको विवाहयोग्य उमेर २० वर्ष हो । त्यसैले सचेतनाका लागि भन्ने गरिन्छ, ‘बिहेवारी २० वर्ष पारि’ तर कर्णालीमा उमेर नपुगी गरिने बिहेअर्थात् बालविवाहको प्रचलन कायमै रहँदा कतिपय किशोरी उमेर नपुग्दै गर्भपतन गराउनुपर्ने बाध्यतामा पुग्ने गरेका छन् ।

तत्काल सन्तान जन्माउने रहर नहुनु, पहिलो सन्तान छोरा चाहनु, पढाइ तथा वृत्तिविकासमा असर पर्नेजस्ता कारण देखाएर किशोरी उमेर समूहका महिलाले गर्भपतन गराउने गरेको पाइएको छ । पे्रमीबाट धोका पाउनु, हाडनाता करणीबाट गर्भ रहनुले पनि कतिपय किशोरी गर्भपतन गराउने बाध्यतात्मक अवस्थासम्म पुगेका हुन्छन् ।

सुनौलो परिवार नेपालद्वारा सञ्चालित मेरी स्टोप्स सेन्टर सुर्खेतका अनमी काउन्सिलर मीना आचार्य पहिलो सन्तान नजन्माई गर्भपतन गराउँदा जटिल स्वास्थ्य समस्या निम्तिने बताउँछिन् । पहिलो सन्तान नजन्माई गर्भपतन गराउनु भनेको जोखिमपूर्ण कार्य हो, यसले बाँझोपन बढाउने खतरा रहन्छ, उनले भनिन्, सहज उपलब्धताका कारण हामीकहाँ गर्भपतनलाई परिवार नियोजनका साधनको विकल्पको रूपमा बुझ्ने गरिएको छ, जसले गर्दा महिलाको स्वास्थ्यमा जटिल समस्या देखिने सम्भावना प्रबल हुन्छ । उमेर नपुग्दै गरिने गर्भपतनले महिला मानसिक तथा शारीरिकरूपले कमजोर हुनुका साथै रगतको कमी हुने, बच्चा जन्माउन गाह्रो हुने र गर्भपतनपछि उपचारमा जटिलता हुने गरेको उनको भनाइ छ ।

२० प्रतिशत किशोरी

सामाजिक विकास मन्त्रालय, कर्णाली प्रदेशका अनुसार सुरक्षित गर्भपतन गराउने महिलामध्ये बर्सेनि १० देखि २० प्रतिशतसम्म किशोरी छन् । आर्थिक वर्ष २०७४ कात्तिकदेखि २०७५ असोजसम्म कर्णाली प्रदेशमा पाँच हजार ७४२ महिलाले सुरक्षित गर्भपतन सेवा लिए । तीमध्ये ७७६ जना २० वर्षभन्दा कम उमेरका थिए ।

विसं २०७५÷०७६ को सोही अवधिमा पाँच हजार ७४१ मध्ये ९१२ जना किशोरी थिए । त्यस्तै २०७६ देखि २०७७ असोजसम्म सुरक्षित गर्भपतन सेवा लिनेमध्ये ५८६ जना २० वर्षभन्दा कम उमेर समूहका थिए । विसं २०७६÷७७ को उक्त अवधिमा कोरोना भाइरसका कारण ‘लकडाउन भएपछि यो सेवा लिने महिलाको सङ्ख्यामा केही कमी देखिए पनि अघिल्ला दुई वर्ष बढ्दो दरमा रहेको पाइएको छ ।

मेरी स्टोप्स सेन्टर सुर्खेतले सुरक्षित गर्भपतन गराउन आउने महिलाहरुमा १६ देखि २४ वर्षसम्मका बढी रहेको जनाएको छ । सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकारसम्बन्धी कानूनमा १८ वर्षभन्दा कम उमेरकी गर्भवती महिलाको हकमा निजको सर्वोत्तम हितलाई ध्यानमा राखी सुरक्षित गर्भपतन सेवा प्रदान गर्नुपर्ने उल्लेख छ तर सोभन्दा कम उमेर समूहका गर्भवती महिलाले गर्भनिरोधक अस्थायी साधन प्रयोग गर्नुको साटो गर्भपतनलाई जोड दिँदा उनीहरुको शारिरीक तथा मानसिक स्वास्थ्यमा दीर्घकालीन असर पर्न सक्ने स्वास्थ्यकर्मी बताउँछन् ।

कानूनमा गर्भवती महिलाको मञ्जुरीले १२ हप्तासम्मको गर्भलाई सुरक्षित गर्भपतन गराउन सक्ने उल्लेख छ । त्यस्तै गर्भपतन नगराएमा महिलाको ज्यान खतरामा पुग्न सक्छ वा विकलाङ्ग बच्चा जन्मन सक्छ भनी इजाजतप्राप्त चिकित्सकले राय दिएमा, जबर्जस्ती करणी वा हाडनाता करणीमा रहन गएको गर्भ, रोग प्रतिरोधक क्षमता उन्मुक्ति गर्ने जीवाणु एचआइभी वा त्यस्तै प्रकृतिको निको नहुने रोग लागेको महिलाको गर्भ, गर्भमै भ्रूण नष्ट हुन सक्ने वा जन्मेर पनि बाँच्न नसक्ने गरी गर्भको भ्रूणमा खराबी रहेको, वंशाणुगत खराबी वा अन्य कारणले भ्रूणमा अशक्तता हुने अवस्था रहेको उपचारमा संलग्न चिकित्सकको रायबमोजिम गर्भवतीको मञ्जुरीमा २८ हप्तासम्मको गर्भपतन गराउन सक्ने व्यवस्था छ ।

Related Posts

सुर्खेतमा दुई हजार २२९ को उम्मेदवारी
भर्खर

कर्णालीका १० जिल्लामा ३० हजार मतदाता थपिए

भत्किएको नाला यथाशीघ्र बनाउन मुख्यमन्त्री र भौतिकमन्त्रीको निर्देशन
भर्खर

भत्किएको नाला यथाशीघ्र बनाउन मुख्यमन्त्री र भौतिकमन्त्रीको निर्देशन

बेतन कर्णाली जलविद्युत: पूर्वतयारीको काम उत्साहजनकले सुरू
भर्खर

बेतन कर्णाली जलविद्युत: पूर्वतयारीको काम उत्साहजनकले सुरू

सत्ता गठबन्धनः तालमेलमा सहमति, सिट बाँडफाँटमा उल्झन
भर्खर

४ मंसिरमा चुनाव गर्ने सहमति

कर्णाली करिडोर एक सातादेखि बन्द
भर्खर

कर्णाली करिडोर एक सातादेखि बन्द

सुर्खेतको सिटी बसपार्क सञ्चालनमा आयो
ताजा समाचार

सिटी बसपार्क सञ्चालक भाडा तिर्न आलटाल, नगरपालिका पुग्यो अदालत

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

सुर्खेतमा दुई हजार २२९ को उम्मेदवारी

कर्णालीका १० जिल्लामा ३० हजार मतदाता थपिए

१० फाल्गुन २०७७, सोमबार
स्थानीय चुनावमा काँग्रेस पहिलो पार्टी बन्ने निश्चित

कांग्रेसमा ‘प्रधानमन्त्री’को लर्को

१० फाल्गुन २०७७, सोमबार
कांग्रेस अवरोधले संसद बैठक स्थगित, माइतिघरमा तरुणदलको प्रदर्शन

प्रतिनिधिसभाः वर्षा र बाढीबाट विस्थापितलाई सहयोग गर्न सांसदको माग

१० फाल्गुन २०७७, सोमबार
हाम्रोलाई होइन, राम्रोलाई रोजौं

निर्वाचन आन्तरिक तयारीमा जुटे दल

१० फाल्गुन २०७७, सोमबार
प्रधानमन्त्री ओली पुगे शीतल निवास

एजेण्डा नहुँदा जनतामा भ्रम छर्दै नेता

१० फाल्गुन २०७७, सोमबार
देशका अधिकांश स्थान सहित कर्णालीमा आज पनि बर्षात हुने

आज कहाँ–कहाँ भारी वर्षाको सम्भावना ?

१० फाल्गुन २०७७, सोमबार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.