काठमाण्डौँ : नेपाल कम्युनिस्ट पार्टी नेकपा ओली समूहका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली आज कञ्चनपुर जादैछन् । कञ्चनपुरको बेदकोट नगरपालिका २ स्थित दैजी छेला औद्योगिक क्षेत्र शिलान्यास गर्न प्रधानमन्त्री ओली त्यहाँ जान लागेका हुन् ।
आइतबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले पत्रकार सम्मेलनको आयोजना गरी प्रधानमन्बी ओली सोमबार कञ्चनपुर आउने बारे जानकारी दिएका थिए ।
दैजी छेला औद्योगिक क्षेत्र शिलान्यास गर्न ओली जाने भएपछि जिल्लाको सुरक्षा व्यवस्था कडा पारिएको छ । ओली आज दिउँसो श्री एअरलाइन्सको जहाजमार्फत जाने बताइएको छ ।