सुर्खेत : प्रधानमन्त्री केपी शर्मा ओली यहि फागुन १४ गते सुर्खेतमा आउने भएका छन् । विभाजित नेकपाको ओली समूहले कर्णालीको राजधानी सुर्खेतमा फागुन १४ गते आह्वान गरेको जनसभाको अघिल्लो दिन बृहत् मोटरसाइकल र्याली निकाल्ने भएको छ ।
नेकपा सुर्खेतले वीरेन्द्रनगरमा १४ फागुनको दिउँसो १२ बजे देखि सामाजिक विकास मन्त्रालय पछिको खुला मैदानमा जनसभा गर्न लागेको छ । अनेरास्ववियु सुर्खेतका संयोजक धुपेन्द्र बहादुर शाहीका अनुसार विद्यार्थी तथा युवाहरुको सहभागितामा फागुन १३ गते मोटरसाइकल र्यालीको आयोजना गरिएको हो ।
२ हजार भन्दाबढी मोटरसाइकलसहितको र्याली हामीले आयोजना गरेका छौं । नेपालप्रेससँग आइतबार कुरा गर्दै संयोजक शाहीले भने, ‘कर्णालीको इतिहासमा सबैभन्दा ठूलो मोटरसाइकल र्याली हुनेछ ।
उनले जनसभाका लागि तीव्र रुपमा प्रचार प्रसार अभियान सुरु भइरहेको जानकारी दिए । सम्माननीय प्रधानमन्त्री ओली आउँदै छन् । उनको सहभागितामा सम्पन्न हुने जनसभामा हजारोैं कार्यकर्ता जम्मा हुनेछन् । उनले थपे, त्यसका लागि आवश्यक तयारी भइरहेको छ । उनले प्रचार अभियानसँगै संगठन विस्तारको कामलाई पनि तीव्रता दिइरहेको बताए ।