सोमवार, साउन ३०, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध साहित्य केपी शर्मा ओली कोरोना भाइरस ४४० मेगावट क्षमताको भेरी–१ जलविद्युत आयोजना बिपत्तिको पराकाष्टा एकिकृत क्वारेन्टिनको आवश्यक्ता
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

१३ वर्षीय बालकको ज्यान गएपछि जुम्लामा तनावग्रस्त : छानबिनका लागि गृहमन्त्रालयबाटै टोली आउने

होस्ट खबर by होस्ट खबर
८ फाल्गुन २०७७, शनिबार
220
SHARES
416
VIEWS
FacebookTwitter
हत्या प्रकरण आरोपितलाई धरौटीमा छोडेपछि स्थानीय आन्दोलित

जुम्ला : प्रहरीको हिरासतबाट फर्किएपछि बिरामी भएर अस्पताल ल्याइएका एक बालकको ज्यान गएपछि जुम्ला तनावग्रस्त भएको छ । जुम्लाको गुठीचौर गाउँपालिका–३ गज्यांकोटका १३ वर्षीय पदमबहादुर बुढालाई मोबाइल चोरेको आरोपमा गएको माघ १८ गते प्रहरीले पक्राउ गरेको थियो ।

प्रहरी कार्यालयबाट घर फर्किएका पदमको खुट्टा र शरिरमा नीलडाम देखिएपछि परिवारले उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लिएका थिए ।

शरिरमा गहिरो चोटका कारण मुटु, फोक्सो र मस्तिष्कमा क्रमशः रगत जम्दै गएपछि बुधबार उनको ज्यान गएको आफन्तले जनाएका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालका डाक्टर प्रविण गिरीले रगतको डल्ला माथि गएर धमनी बन्द भएपछि फोक्सो र मुटुमा असर परेर ज्यान गएको बताए । सबै प्रतिवेदन पोष्ट मार्टम पछि आउने समेत उनले थपे ।

यता जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधव प्रसाद काफ्लेका अनुसार पदम जिल्ला प्रहरी कार्यालय ल्याएको दिनमै घर फर्किएका थिए । त्यसपछि एक्कासि २८ गते पदमलाई उनका आफन्तले अस्पतालमा ल्याएको आफूले थाहा पाएको उनले बताए ।

घटनाको विषयमा अहिले चौतर्फी चासो बढेको छ । राष्ट्रिय मानव अधिकार आयोगलेसमेत विज्ञप्ति जारी गरी घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याउन आग्रह गरेको छ । आयोगका प्रवक्ता डाक्टर टिकाराम पोख्रेलबाट जारी प्रेस विज्ञेप्तिमा प्रहरीले पदमसहित ७ जनालाई पक्राउ गरेको र कुटपिटका कारण पदम बुढाको बायाँ खुट्टाको पिंडौला र पाइतलामा नीलडाम परेको तथा खुट्टा सुन्निएको र उपचारकै क्रममा फागुन ५ गते ज्यान गएको उल्लेख छ ।

छानबिन समिति गठन
यो घटनाको छानविनका लागि गृहमन्त्रालयबाटै टोली आउने भएको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले जानकारी दिए । यसैगरी दोषीलाई आवश्यक कारवाही र पीडित परिवारलाई राहतका लागि प्रदेशको कानुन मन्त्रालय र संघको गृहमन्त्रालयमा पहल भइरहेको उनले बताए ।

यसैगरी प्रहरी ज्यादती भएको भन्दै विरोध गर्दै बिहिबार प्रदर्शनमा उत्रेका स्थानीयमाथि प्रहरीले दमन गरेको आफन्तले जनाएका छन् । प्रदर्शनकारीले एक्कासि जिल्ला प्रहरी कार्यालयमा ढुंगामुढा गरेपछि झडपको अवस्था सिर्जना भएको प्रशासनले जनाएको छ ।

प्रदर्शनपछि स्थानीय प्रशासन र पीडितका आफन्तबीच भएको वार्तामा उच्चस्तरीय छानबिन समिति गठन गर्ने, तत्काल पीडितलाई राहत उपलब्ध गराउन कर्णाली प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय र केन्द्रको गृह मन्त्रायलयमा अनुरोध गर्ने तथा दोषी प्रहरीलाई कानुन बमोजिम कारबाही गर्ने सहमति भएको बताइएको छ ।

Related Posts

राष्ट्रपतिद्वारा वैशाख १७ र २७ गते प्रतिनिधि सभाको चुनाव हुने
समाज

नागरिकता विधेयक फिर्ता पठाउने ‘मुड’मा राष्ट्रपति

न्याय माग्दामाग्दै थाकिन् निहारिका
समाज

न्याय माग्दामाग्दै थाकिन् निहारिका

सिंहदरबारभित्र कर्मचारीको प्रदर्शन
समाज

एकैदिन १० हजार जनालाई कसले दियो बिदा ?

हाम्रोलाई होइन, राम्रोलाई रोजौं
मुख्य समाचार

शीर्ष नेतालाई अन्तिम अवसर

वीरेन्द्रनगरको ९ मा प्रहरी विट स्थापना
समाज

केन्द्र, ७ प्रदेश र ७७ वटै जिल्लामा ‘निर्वाचन सेल’

कर्णालीका चार ठाउँमा नयाँ सहर: घोषणा धमाधम, निर्माण सुस्त
ताजा समाचार

कर्णालीका चार ठाउँमा नयाँ सहर: घोषणा धमाधम, निर्माण सुस्त

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

बाँकेमा ४६ प्रतिशतले बढ्यो लागुऔषध कारोबार

सुर्खेतमा लागुऔषधिसहित तीन पक्राउ

८ फाल्गुन २०७७, शनिबार
आजको मौसमः हल्कादेखि मध्यम वर्षाको सम्भावना

कस्तो रहला आज दिनभरको मौसम ?

८ फाल्गुन २०७७, शनिबार
ब्राजिलमा बाढीमा परि ज्यान गुमाउनेको सङ्ख्या ९४ पुग्यो

मनसुनजन्य विपद् व्यवस्थापनका दुःख

८ फाल्गुन २०७७, शनिबार
प्रधानमन्त्रीतर्फ लक्षित गर्दै निर्वाचन आयोगले भन्यो : मौन अवधिमा मत माग्नु आचारसंहिता विपरीत

आगामी निर्वाचनका लागि हालसम्म ३९ दल दर्ता

८ फाल्गुन २०७७, शनिबार
पतिको नाम नागरिकताबाट हटाएर आमा बावुको नाम राख्ने प्रस्ताव

नेपाली नागरिकता परित्याग गर्ने बढे

८ फाल्गुन २०७७, शनिबार
सगरमाथाको आधार शिविर सार्ने तयारी

अनुमती लिएका झन्डै आधाले मात्रै पुरा गरे आरोहण

८ फाल्गुन २०७७, शनिबार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.