काठमाण्डौं : नेकपा ओली समूहका नेता सुवासचन्द्र नेम्वाङले प्रधानमन्त्री केपी ओलीले महत्त्वपूर्ण घोषणा गर्ने बताएका छन् । शनिबार विराटनगरमा जारी आमसभालाई सम्बोधन गर्दै नेता नेम्वाङले प्रधानमन्त्रीले महत्त्वपूर्ण घोषणा गर्ने बताएका हुन् ।
प्रधानमन्त्रीज्यूको सदाझै उज्यालो अनुहार, केही समाचार सुनाउ–सुनाउ झै अनुहार थियो तर विमानस्थलमा भनिहाल्नुभएन, उनले भने, यो भव्य सभामा हामीलाई कुनै सूचना सुनाउन चाहेएका छन । कुनै महत्त्वपूर्ण सूचना हामीलाई सुनाउदै छन झै लागेको छ । के सूचना सुनाउने छन। भनेर पर्खिरहेको छु ।
नेता नेम्वाङले नेपाली जनताले निर्वाचन चाहेको बताउँदै जनताले निर्वाचन हुने फैसला सुनाइसकेकाले सर्वोच्च अदालतले सुनाउन बाँकी रहेको बताए ।