जाजरकोट : सुर्खेतको सुब्बाकुनामा ९१३२, ३३ ,११० केभी प्रसारण लाइनको सवस्टेशन निर्माण कार्य तीव्र पारिएको छ। प्रदेश राजधानी सुर्खेत हुँदै सबै जिल्लामा विद्युत् आपूर्ति गर्न सहजताको लागि यो स्टेशन निर्माणको कामलाई तीव्र बनाएको हो।
कोहलपुरदेखि सुर्खेतसम्मको १३२ केभी प्रसारण लाइनको लागि सुब्बा कुनामा स्टेशन बन्न लागेको हो। सुर्खेतको आधा, सल्यानको आधा भाग र रुकुमपश्चिम र जाजरकोटका लागि सुर्खेतको सुब्बाकुनामा सवस्टेशन निर्माण गर्न लागिएको हो।
सवस्टेशनका लागि चार वर्षअघि जग्गा अधिग्रहणको काम काम पूरा गरिएको भए पनि स्टेशन निर्माणको प्रक्रियामा ढिला हुँदै आएको थियो। अहिले बोलपत्र आह्वान गरी कामसमेत सुरु भइसकेको छ। उत्ता जहरेमा निर्माण हुने भनिएको ९४००,२२०,१३२० केभी प्रशारण लाइनको सव स्टेशनको काम भने झन पछाडि धकेलिएको छ।
सवस्टेशनको डिजाइन गर्ने इटालियन कन्सलटेण्टले डिजाइनको काम पूरा गरिसकेको भएपनि बोलपत्र आह्वानको काम सुरु हुन लाग्दा योजना नै स्थगित गरेर प्रशारण निर्देशनालयमा हस्तानरुन्तरण गरी पूर्ण बोलपत्र आवह्वान हुने भएको नेपाल विद्युत् प्राधिकरण कर्णाली प्रदेशका प्रमुख सुरेन्द्र अग्रहरिले जानकारी दिए। सुब्बाकुनामा सवस्टेशन निर्माण कार्य पूरा भएपछि विद्युत् आपूर्तिमा हुँदै गरेको समस्या समाधान हुने अग्रहरिले जानकारी दिए।
अहिले सुर्खेतको सुब्बाकुना विद्युत् प्राधिकरणले ९१३२, ३३,११० काम गरिरहेको छ। भेरी नदीमा बन्न लागेका ठूला आयोजनाहरुको विद्युत् जहरे सवस्टेशनमार्फत वितरण हुनेछ। जहारेमा निर्माण हुन लागेको सव स्टेशन ९४००,२२०,१३२ केभी० को काम राष्ट्रिय प्रशारण कम्पनीले गर्न लागेको छ। अहिले यी दुई ठाउँको काम छुट्टाछुट्टै हुन लागेको हो।
सुब्बाकुनाभन्दा जहरेको काम ढिला हुने अग्रहरिले जानकारी दिए। जाजरकोट, सुर्खेतको केही भाग, रुकुमपश्चिम र सल्यानको केही भागमा ३३ केभी प्रसारण लाइनको विद्युत् आपूर्ति हुँदै आएको छ। त्यस्तै जाजरकोट नलगाड नगरपालिका–७ दानीपिपलमा ४०० केभी प्रसारण लाइनको सवस्टेशन निर्माणका लागि जग्गा अधिग्रहणको काम पूरा भएको छ।
प्रदेशले नै जाजरकोटको चौखा सवस्टेशन निर्माणको लागि बोलपत्र आह्वानको काम सम्पन्न गरेको प्रमुख अग्रहरीले जानकारी दिए। नलगाड जलविद्युत् आयोजना, ताँसुगाड जलविद्युत् आयोजना, डोल्पाको जगदुल्ला जलविद्युत् आयोजना निर्माणका लागि १३२ केभी प्रसारण लाइन निर्माण कार्य छिटो गर्नुपर्ने बाध्यता रहेको छ।
जाजरकोटको कुदुको सवस्टेशन निर्माण कार्य पूरा भइसकेको छ। अन्य ठाउँहरू समाइला, वडावनमा निर्माण हुने सवस्टेशनको लागि बोलपत्रको कामसँगै मुआव्जाको काम अगाडी बढेको जाजरकोट वितरण केन्द्रका प्रमुख विशाल लामीछानेले जानकारी दिए।
ठेकेदारको लापरबाहीले काममा ढिलाइ
पश्चिम जाजरकोटको छेडागाड नगरपालिका १३ मा राष्ट्रिय प्रशारण लाइनको विद्युत् सेवा पुगेको छ। पहिलो चरणमा १३ नम्बरको कार्कीगाउँमा पुगेको र हप्ता दिनभित्र अन्य ठाउँमा विद्युत् पुग्ने लक्ष्य रहेको जाजरकोट वितरण केन्द्रका प्रमुख विशाल लामिछानेले बताए।
नलगाड नगरपालिका र कुशे गाउँपालिकामा विद्युत पुर्याउनका लागि ठेक्का लिएको आर्के इन्टरनेशनलले दुई वर्षदेखि काम नगर्दा समस्या हुँदै आएको छ। पोल गाडेको दुइ वर्ष बिते पनि बत्ती कहिले बल्छ भनी स्थानीयवासीले प्रश्नको ओइरो लगाएको प्रमुख लामीछानेले बताए।
उता डोल्पासम्म लाइन विस्तार गर्नका लागि जाजरकोटको पूर्वी क्षेत्रसम्म छिटो लाइन विस्तार गर्नुपर्ने बाध्यता रहेको छ। तासुगाड जलविद्युत आयोजना, जगदुल्ला जलविद्युत आयोजना लगाएको काम गर्नका लागिसमेत विद्युत् लाइन छिटो पुग्नुपर्ने अवस्था रहेको छ। त्यस्तै, नलगाड जलविद्युत् आयोजना निर्माणका लागिसमेत काम छिटो बन्नुपर्नेछ।