सोमवार, साउन २३, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध साहित्य केपी शर्मा ओली कोरोना भाइरस ४४० मेगावट क्षमताको भेरी–१ जलविद्युत आयोजना बिपत्तिको पराकाष्टा एकिकृत क्वारेन्टिनको आवश्यक्ता
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

अस्ट्रेलियामा गरेको समाचार निषेधबारे फेसबुकले दियो यस्तो प्रतिक्रिया

होस्ट खबर by होस्ट खबर
८ फाल्गुन २०७७, शनिबार
173
SHARES
326
VIEWS
FacebookTwitter
फेसबुकले अस्ट्रेलियाको समाचारमा प्रतिबन्ध लगायो

काठमाण्डौं : सामाजिक सञ्जालमा गरिने समाचार सम्पे्रषण न्युज फिड र साझा गर्ने विषयलाई सम्बोधन गर्न अस्ट्रेलियामा हालै जारी नयाँ कानुनी व्यवस्थाले विश्वको ध्यान तानेको छ । अस्ट्रेलियाले ल्याएको नयाँ कानुनप्रति फेसबुकले देखाएको कडा प्रतिक्रियापछि यो घटनाले नेपाललगायत समग्र विश्वमा के प्रभाव पार्ला भन्ने चर्चा चुलिएको छ । अस्ट्रेलियाको कानुनी व्यवस्थाको प्रभाव केही देशमा देखिन थालिसकेको छ ।

गत बुधबार संसद्द्वारा पारित एक कानुनले गुगल तथा फेसबुकजस्ता कम्पनीले सम्बन्धित समाचार संस्थाका समाचार आफ्नो सोसल प्लेटफर्ममा प्रकाशन गर्न व्यापारिक सम्झौता गर्नुपर्ने प्रावधान राखेको छ । अर्थात्, अब यसअघि जस्तो समाचार सामग्री सामाजिक सञ्जालमा पूर्ववत् हिसाबले निःशुल्क उपलब्ध हुनेछैनन् ।

सुरुदेखि नै उक्त प्रस्तावित प्रावधानको विरोधमा रहेको फेसबुकले अस्ट्रेलियाले उक्त कानुन ल्याएलगत्तै आफ्नो प्लेटफर्ममा अस्ट्रेलियाका प्रयोगकर्ताले कुनै पनि समाचार हेर्न तथा साझा गर्न नपाउने बनायो ।

फेसबुकका अनुसार अस्ट्रेलियाबाट फेसबुकमा अस्ट्रेलियाली तथा अन्तर्राष्ट्रिय समाचार हेर्न र सेयर गर्न पाइनेछैन भने अस्ट्रेलियाबाहिर रहेकाले अस्ट्रेलियाका न्युज पृष्ठमा गएर फेसबुकमार्फत समाचार हेर्न र साझा गर्न पाउनेछैनन् । यसैगरी अस्ट्रेलियाका प्रकाशकले आफ्ना सामग्री फेसबुक पृष्ठमा सेयर गर्न पाउनेछैनन् भने अन्तर्राष्ट्रिय प्रकाशकले फेसबुकमा समाचार सामग्री राख्न त पाउनेछन् तर उक्त सामग्री अस्ट्रेलियाबाट हेर्न र साझा गर्न पाइनेछैन ।

फेसबुकका अस्ट्रेलिया र न्युजिल्यान्डका प्रबन्ध निर्देशक विलियम इस्टनले बुधबार आफ्नो एक ब्लगमा भनेका छन्, ‘गत वर्ष फेसबुकले ५ अर्ब १ करोडको संख्यामा अस्ट्रेलियाली प्रकाशकका लागि उनीहरूका समाचारको निःशुल्क रिफरल सिर्जना गरेको थियो र मूल्यका हिसाबले यो ४० करोड ७० लाख अस्ट्रेलियाली डलर बराबर थियो ।’ तर फेसबुकको पछिल्लो कदमले ट्राफिक र आय दुवै हराउने भएको छ ।

चाखलाग्दो के छ भने अस्ट्रेलियाको नयाँ नियमप्रति खुसी नहुँदानहुँदै पनि गुगलले नयाँ नियमअनुसार नै सिड्नी मर्निङ हेराल्ड र द एज प्रकाशन गर्ने कम्पनी नाइन इन्टरटेनमेन्ट कर्पोरेसनसँग वार्षिक ३ करोड अमेरिकी डलरको सम्झौता गरेको छ, जसअन्तर्गत यी समाचार माध्यमका समाचार सामग्री गुगलमा उपलब्ध हुनेछन् ।

यसैगरी दी अस्ट्रेलियन, द डेली टेलिग्राफ र द हेराल्ड सन प्रकाशन गर्ने कम्पनी रुपर्ट मुर्डोक न्युज कर्पोरेसनसँग पनि गुगलले तीन वर्षे सम्झौता गरेको छ । यो समाचार आजको नागरिक दैनिकमा छ ।    पत्रपत्रिकाबाट

Related Posts

सिंहदरबारभित्र कर्मचारीको प्रदर्शन
पत्रपत्रिका

सिंहदरबारभित्र कर्मचारीको प्रदर्शन

इम्बोस्ड नम्बर प्लेट नेपालीमा लेख्न छलफल
ताजा समाचार

देवनागरीमै इम्बोस्ड नम्बर राख्ने तयारी

बझाङमा एक वर्षे बालकलाई एक महिना बाटो खनेको तलब १७ हजार
पत्रपत्रिका

डोजरे विकास: सडकसँगै गाउँमा पहिरो

अत्यावश्यक बाहेक सिंहदबार प्रवेशमा कडाई
ताजा समाचार

सरकारी कार्यालय मिटिङको ‘अखडा’

धरानमा कोरोना संक्रमणका एकैदिन आमा छोराको मृत्यु
पत्रपत्रिका

गत साता कोरोनाबाट मृत्यु भएका दुई पुरुष एक डोज पनि खोप नलिएकाहरु

अर्घाखाँचीमा १० चक्के सवारी सञ्चालनमा रोक
पत्रपत्रिका

एक वर्षमा ७ सय किलोमिटर सडक मात्र कालोपत्र

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

सुर्खेतमा दुई हजार २२९ को उम्मेदवारी

कर्णालीका १० जिल्लामा ३० हजार मतदाता थपिए

८ फाल्गुन २०७७, शनिबार
स्थानीय चुनावमा काँग्रेस पहिलो पार्टी बन्ने निश्चित

कांग्रेसमा ‘प्रधानमन्त्री’को लर्को

८ फाल्गुन २०७७, शनिबार
कांग्रेस अवरोधले संसद बैठक स्थगित, माइतिघरमा तरुणदलको प्रदर्शन

प्रतिनिधिसभाः वर्षा र बाढीबाट विस्थापितलाई सहयोग गर्न सांसदको माग

८ फाल्गुन २०७७, शनिबार
हाम्रोलाई होइन, राम्रोलाई रोजौं

निर्वाचन आन्तरिक तयारीमा जुटे दल

८ फाल्गुन २०७७, शनिबार
प्रधानमन्त्री ओली पुगे शीतल निवास

एजेण्डा नहुँदा जनतामा भ्रम छर्दै नेता

८ फाल्गुन २०७७, शनिबार
देशका अधिकांश स्थान सहित कर्णालीमा आज पनि बर्षात हुने

आज कहाँ–कहाँ भारी वर्षाको सम्भावना ?

८ फाल्गुन २०७७, शनिबार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.