आइतवार, जेष्ठ ८, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध केपी शर्मा ओली कोरोना भाइरस साहित्य कर्णाली प्रदेश पर्यटन शिक्षा
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

कर्णालीमा कोरोनाले गुम्यो ६० हजारको रोजगारी

होस्ट खबर by होस्ट खबर
१४ भाद्र २०७७, आईतवार
210
SHARES
397
VIEWS
FacebookTwitter
कर्णालीमा कोरोनाले गुम्यो ६० हजारको रोजगारी

सुर्खेत : आठविस नगरपालिका वडा नं. १ सातला दैलेखका डम्मर नेपाली हिजोआज निकै तनावमा छन् । कारण तीन महिनादेखि उनको आम्दानीको स्रोत गुमेको छ । आम्दानीको नै नभएपछि घरखर्च चलाउने हम्मेहम्मे परेको छ । कोरोना महामारीअघि उनी भारतका विभिन्न शहरमा मजदुरी गर्थे ।

मासिक २० देखि २५ हजार रुपैयाँसम्म आम्दानी गर्थे । त्यही पैसाले घरखर्च चलाउँथे । भाईबहिनी र घरपरिवारको सम्पूर्ण खर्च उनी एक्लैले धानेका थिए । तर कोरोना भाइरसको महामारीसँगै भारतमा लकडाउन सुरु भयो । कामाएको पैसा पनि सकिन लागेपछि उनी नेपाल फर्किए । तर पुनः भारत जाने बाटो बन्द भएको छ ।

‘भारतमा मासिक २०र२५ हजार रुपैयाँ कमाउँथे, त्यही पैसाले घरखर्च चल्थ्यो’ उनले भने, ‘गाउँ फर्किएदेखि एक रुपैयाँ पनि आम्दानीको भएको छैन, अब त घरखर्च चलाउन गाह्रो हुन थाल्यो ।’ कोरोनाका कारण भारत जान नसकिने र गाउँमा पनि आम्दानी हुने रोजगारी नभएपछि उनलाई घरखर्च कसरी चलाउने भन्ने चिन्ताले सताउन थालेको ।

‘घरमा काम छैन, गाउँमा रोजगारी पाउँदैन, दिन कटाउनै गाह्रो हुन थाल्यो’ उनले भने, ‘कोरोना कहिले सकिएला र भारत जान पाइएला ।’ यसअघि भारतबाट फर्कदा ५०र६० हजार रुपैयाँ ल्याएर आउने उनी यो वर्ष पनि रित्तो हात फर्कनु परयो । ‘लकडाउन खुल्ने सम्भावना नभएपछि गाउँ फर्किन १० दिन हिँडेर गड्डाचौकी आएको थिए, तर नेपाल प्रवेश नपाएपछि ४३ दिनसम्म सिमानामा थुनिएँ’ उनले सुनाए, ‘कमाएको दुईचार पैसा बाटोमै सकिएपछि रित्तोहात घर फर्कनु परयो ।’

गाउँ फर्किएको हप्तादिनमै कोरोना संक्रमण पुष्टि भएका उनी कर्णाली प्रदेशका पहिलो संक्रमित समेत हुन् । त्यस्तै जुनीचाँदे गाउँपालिका वडा नं। ४ लुहादह जाजरकोटका नेत्रबहादुर खड्का पनि तीन महिनादेखि बेखर्ची छन् । भारतमा मजदुरी गरेर घरखर्च चलाउने उनी पनि कोरोनाको महामारीसँगै नेपाल फर्किएका हुन् । ‘कोरोनाका कारण भारतमा पनि काम ठप्प भयो, संक्रमित थपिदै गए, बरु गाउँमै केही गरौला भनेर फर्किएँ’ उनी भन्छन्, ‘आम्दानीको स्रोत केही भेटिएन, बेखर्चि बनेर बस्नु परेको छ ।’

नेपाली र खड्का मात्रै होइन, कोरोना भाइरसको महामारीपछि कर्णाली प्रदेशमा ६० हजारभन्दा बढीले रोजगारी गुमाएका छन् । जसमध्ये सबैभन्दा बढी भारतमा दैनिक ज्यालामजदुरी गर्ने नागरिक छन् । नेपालीहरुको लागि रोजगारीको मुख्य गन्तव्य भारतमा कोरोना महामारीपछि नागरिक गाउँ फर्किएका छन् ।

खेतीपाति गर्न घर फर्कने र अन्य समय भारतमा मजदुरी गरेर घरखर्च चलाउने कर्णालीका अधिकांश नागरिकहरु बेखर्ची भएका छन् । भारतमा पनि झण्डै पाँच महिनासम्म पनि कोरोना महामारी अत्य भएको छैन । यसअघि धान रोपेर कामको खोजीमा भारत जानेहरु कोरोना त्रासका कारण यसपाली गाउँमै बस्न बाध्य छन् । कोरोना महामारीका कारण स्वदेशमै रोजगरी गुमाउनेको संख्या पनि कम छैन् । लकडाउनका कारण होटल व्यावसाय, उद्योगधन्दा र स्कूल कलेजहरु बन्द छन् । कोरोना महामारीकै प्राइभेट क्षेत्रमा काम गर्ने अघिकाँस मजदुरहरुले रोजगारी गुमाउन बाध्य भएका छन् ।

डेढलाख जनालाई रोजगारी दिने लक्ष्य
कोरोनाका कारण विदेश तथा स्वदेशमा रोजगारी गुमाएका झण्डै डेढलाख नागरिकलाई रोजगारी दिने प्रदेश सरकारले लक्ष्य राखेको छ । प्रत्यक्ष र अप्रत्यक्ष रुपमा गरी कृषिमा मात्रै ५० हजारलाई रोजगारी दिने भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले लक्ष्य राखेको छ ।
कर्णाली प्रदेश सरकारकार प्रवत्ता एवम् भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीका अनुसार चालु आर्थिक बर्षमा झण्डै डेढलाख जना युवालाई रोजगारी दिने प्रदेश सरकारले लक्ष्य राखेको छ ।

जसका लागि एक करोड मुनि बजेट खर्च हुने विकास निर्माणका योजनाहरु उपभोक्ता समितिबाटै गराउने सरकारको तयारी छ । ‘भोकमारी र रोजगारी प्रदेशका मुख्य प्राथमिकता हुन्’ मन्त्री केसीले भनिन्, ‘कृषि र विकासका क्षेत्रमा एकलाख ५० हजार नागरिकलाई रोजगारी दिन्छाँै ।’ उनले रोजगारी गुमाएका र बेरोजगार युवालाई उत्पादन कार्यमा लगाइने बताइन् ।

सुर्खेतमा १८ हजारको रोजगारी गुम्यो
कोरोना भाइरस र लकडाउनका कारण सुर्खेतका १८ हजारभन्दा बढीले रोजगारी गुमाएका छन् । रोजगारी गुमाउनेहरुमा भारतका विभिन्न शहरमा काम गर्नेहरुको संख्या धेरै छ । कोरोनापछि भारतमा काम गर्ने सुर्खेतका १६ हजार नौ सय ४३ जना, तेस्रो मुलुक गएका दुईसय ६१ जना र स्वदेशमै विभिन्न क्षेत्रमा कार्यरत आठ हजार आठसय ८६ जनाको रोजगारी गुमेको हो ।

कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयको तथ्याङ्क अनुसार दैलेखका १६ हजार नागरिकको रोजगारी गुमेको छ । रोजागरी गुमेपछि भारतबाट १५ हजार आठसय ८४ जना, तेस्रो मुलुकबाट ४५ जना र स्वदेशबाट एक हजार तीनसय ९८ जना गाउँ फर्किएका छन् ।

यस्तै जाजरकोटका साढे पाँच हजारले रोजगारी गुमाउँदा भारतबाट पाँच हजार पाँचसय २६ जना, तेस्रो मुलुकबाट ३१ र नेपालभित्रैबाट ४५ जना, रुकुमपश्चिम ६ हजारमध्ये भारतबाट दुई हजार सात सय ४५ जना, तेस्रो मुलुकबाट एकसय सात जना र स्वदेशबाट चार हजार दुइसय जनाले रोजगारी गुमाउन बाध्य भएका छन् ।

त्यस्तै सल्यानका चार हजार चारसय, डोल्पाका भारतबाट २१ जना, हुम्लाका भारतबाट दुईसय, जुम्लाका एकहजार आठसय, मुगुका भारतबाट एक हजार सातसय र कालिकोटका ६ हजार एकसय ५६ जनाले रोजगारी गुमाएर गाउँ फिर्ता भएको मन्त्रालयले जनाएको छ ।

निजी क्षेत्रका ८० प्रतिशत श्रमिकको रोजगारी संकटमा
कर्णाली प्रदेशमा मात्रै ८० प्रतिशत श्रमिकको रोजगारी संकटमा परेको छ । लामो सयमसम्म भएको लकडाउन र कोरोना महामारीका कारण उद्योग व्यवसाय बन्द हुँदा ८० प्रतिशतको रोजगारी संकटमा परेको उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेशका अध्यक्ष पदमबहादुर शाहीले जानकारी दिए ।

बाँकी २० प्रतिशत श्रमिकले पनि हाल आंशिक रुपमा मात्रै रोजगारी जोगाएका छन् । बन्दका कारण उद्योग व्यवसाय बन्द हुँदा रोजगारदाताले श्रमिकलाई काममा फर्काउन सक्ने अवस्था छैन । जसमध्ये होटल व्यवसायका मात्रै झण्डै पाँच हजार श्रमिकको रोजगारी संकटमा परेको हो । त्यस्तै निजी तथा आवशिय विद्यालयको क्षेत्रका कार्यरत साढे पाँच पाँच हजार शिक्षक÷कर्मचारीको रोजगारी पनि संकटमा परेको छ ।

कर्णाली प्रदेशका तीनसय ८० संस्थागत विद्यालयमा झण्डै साढे पाँच हजार शिक्षक कर्म चारीहरु कार्यरत छन् । वीरेन्द्रनगरका सिमित विद्यालय बाहेक अन्य क्षेत्रका विद्यालयमा वैकल्पिक पढाइ सम्भव छैन । नपढाएरै अभिभावकबाट शुल्क उठाउन नपाउँदा विद्यालयमा कार्यरत शिक्षकरकर्मचारीको तवल खुवाउन नसकेका छैनन् । ६ महिनासम्म विद्यालय सञ्चालन गर्नेरनगर्ने टुङ्गो लाग्न नसक्दा कर्मचारीहरुको रोजागरी नै संकटमा परेको निजी तथा आवशिय विद्यालय अर्गनाइजेसन कर्णाली प्रदेशका अध्यक्ष नैनसिंह खत्रीले जानकारी दिए ।

Related Posts

सौन्दर्य प्रतियोगिताको नाममा बलात्कार: पीडित रेग्मीको पक्षमा माइतीघरमा प्रदर्शन
ताजा समाचार

सौन्दर्य प्रतियोगिताको नाममा बलात्कार: पीडित रेग्मीको पक्षमा माइतीघरमा प्रदर्शन

नेपालगन्जमा अघोषित लोडसेडिङ विरुद्ध नागरिक समाजको दवाव
समाज

नेपालगन्जमा अघोषित लोडसेडिङ विरुद्ध नागरिक समाजको दवाव

चितवनमा भीषण हावाहुरी, तीनको मृत्यु
समाज

चितवनमा भीषण हावाहुरी, तीनको मृत्यु

वीरेन्द्रनगर नगरपालिकाको मेयरमा ढकाल र उपमेयर खनाल विजयी
ताजा समाचार

वीरेन्द्रनगर नगरपालिकाको मेयरमा ढकाल र उपमेयर खनाल विजयी

भेरीगंगामा कांग्रेसको गढ भत्काउँदै एमाले बिजयी
ताजा समाचार

भेरीगंगामा कांग्रेसको गढ भत्काउँदै एमाले बिजयी

महानगरमै ४०% मत बदर
पत्रपत्रिका

महानगरमै ४०% मत बदर

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

बलात्कार गरेको अभियोगमा मनोज पाण्डे पक्राउ

बलात्कार गरेको अभियोगमा मनोज पाण्डे पक्राउ

१४ भाद्र २०७७, आईतवार
४६ जना म्यादी प्रहरीलाई जागिरबाट बर्खास्त

आजदेखि बिदा भए एक लाख म्यादी प्रहरी

१४ भाद्र २०७७, आईतवार
राष्ट्रपतिले गर्ने हरेक व्यवहारमा गुटको गन्ध आइरहेको छ : नेकपा केन्द्रीय सदस्य झाँक्री

बालेनको भोट जनमत होइन, ‘नो भोट’ हो: झाँक्री

१४ भाद्र २०७७, आईतवार
हुम्लाका ६ वटा गाउँपालिकाका नवनिर्वाचित अध्यक्षद्धारा सपथ गरण

हुम्लाका ६ वटा गाउँपालिकाका नवनिर्वाचित अध्यक्षद्धारा सपथ गरण

१४ भाद्र २०७७, आईतवार
आर्थिक संकट बढेपछि श्रीलंकामा फेरि संकटकाल लागु

श्रीलंकामा हट्यो संकटकाल

१४ भाद्र २०७७, आईतवार
युगान्डाविरुद्ध सिरिजको अन्तिम खेलमा पनि नेपाल विजयी

युगान्डाविरुद्ध सिरिजको अन्तिम खेलमा पनि नेपाल विजयी

१४ भाद्र २०७७, आईतवार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.