शनिबार, जेष्ठ ७, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध केपी शर्मा ओली कोरोना भाइरस साहित्य कर्णाली प्रदेश पर्यटन शिक्षा
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

तर्साउँदैमा सत्याग्रह रोकिँदैन : डा. केसी

होस्ट खबर by होस्ट खबर
१४ भाद्र २०७७, आईतवार
165
SHARES
312
VIEWS
FacebookTwitter
बिचौलियाका प्रधानमन्त्री, अलपत्र कर्णाली

अन्नपुर्ण पोष्ट/दैलेख : चिकित्सा शिक्षाको सुधारका लागि संघर्षरत डा. गोविन्द केसीले आफ्नो सत्याग्रहलाई कसैले रोक्न नसक्ने बताएका छन्। हाल जुम्लामा रहेका डा. केसीले स्थानीय तह र प्रशासनले अवरोध र घेराबन्दीको प्रयास गरे पनि सत्याग्रह नरोकिने बताए। अबको सत्याग्रह निर्णायक हुने उनको भनाइ छ।

डा. गोविन्द केसी झन्डै दुई महिनादेखि कर्णालीमा छन्। विपन्न नागरिकको निःशुल्क स्वास्थ्य जाँच गर्न दुर्गम बस्तीमा पुगेका डा. केसीलाई स्थानीय तहले माथिको आदेश भन्दै काममा अवरोध गरिरहेका छन्। त्यही क्रममा जुम्लामा पनि उनीमाथि प्रहरीले निगरानी बढाएको छ। आफू बस्ने होटलमै प्रहरीले घेराबन्दी गरेपछि डा. केसीले अब कसैले तर्साउँदैमा आफू पछाडि नहट्ने बताएका हुन्।

‘गरिब र विपन्न जनताको निःशुल्क उपचारका लागि कर्णाली आएको हुँ’, डा. केसीले भने, ‘तर राज्य र प्रशासनले ममाथि अवरोध गरिरहेका छन्, काम गर्न नदिएर घेराबन्दी गरिएको छ। म कसैले तर्साउँदैमा ब्याक हुने मान्छे होइन, मेरो सत्याग्रहलाई अब कसैले रोक्न सक्दैन।’ उनले आफूसँग विगतमा भएको सम्झौता कार्यान्वयन नभएको भन्दै अब कर्णालीमै पुनः सत्याग्रह थाल्ने बताए। डा. केसीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा एमबीबीएस अध्ययन सञ्चालन गर्न सरकारलाई निरन्तर दबाब दिइरहेका छन्।

जुम्लामा प्रहरीको घेरामा रहेका डा. गोविन्द केसी

यही मागसहित उनले दुई वर्षअघि जुम्लामै सत्याग्रह थालेका थिए। तर त्यति बेला डा। केसीलाई सरकारले जबर्जस्ती हेलिकप्टरमा काठमाडौं पुर्‍याएको थियो। त्यस बेला प्रहरी र उनका समर्थकबीच झडप हुँदा शिक्षण अस्पतालमा भौतिक क्षतिसमेत भएको भयो। त्यस बेला सरकारले गरेको सम्झौता र सहमति हालसम्म कार्यान्वयन नभएपछि यसपटक पुनः

डा. केसीले जुम्लामा अनशन सुरु गर्ने तयारी गरेका छन्। यही कारण पनि स्थानीय प्रशासन र प्रहरीले उनीमाथि निगरानी बढाउँदै अवरोध गर्दै आएका हुन्। डा। केसीले यसअघि गत साउन ११ गते जुम्ला पुगेर आफ्ना माग पूरा गर्न एक साताको अल्टिमेटम दिएका थिए।

तर त्यसको तीन सातासम्म सुनुवाइ नभएपछि उनले साउन ३२ गतेबाट भदौ १० गतेसम्मका लागि दोस्रोपटक अल्टिमेटम दिएका थिए। बारम्बार अल्टिमेटम दिँदा पनि सरकारले सुनुवाइ नगरेपछि बिहीबारदेखि सत्याग्रह सुरु गर्ने तयारीमा रहेका डा. केसीलाई जुम्लास्थित स्थानीय प्रशासन र प्रहरीले रोकेका हुन्। त्यसपछि उनले पुनः एक साताका लागि अनशन स्थगित गरेका छन्। डा. केसीले विकट गाउँमा मात्र नभएर सदरमुकाम खलंगास्थित अस्पतालमा पुगेर सेवा गर्न नपाएको बताए। यही भदौ १७ गतेसम्मका लागि अनशन स्थगित गरेका डा. केसीले १८ गतेबाटै सत्याग्रह सुरु गर्ने बताए।

डा. केसीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा एमबीबीएस लगायतका कार्यक्रम सञ्चालन गर्नुपर्ने, त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानमा वरिष्ठता मिचेर भएको नियुक्ति सच्याउनुका साथै विश्वविद्यालय, काउन्सिल तथा प्रतिष्ठानमा निष्पक्ष र पारदर्शी ढंगले पदाधिकारी नियुक्तिको कानुनी व्यवस्था गरिनुपर्ने माग राखेका छन्। त्यस्तै उनले अछामको बयलपाटा अस्पताललाई नियमित आवश्यक बजेटको व्यवस्था गरी निःशुल्क सेवा सञ्चालन गरिनुपर्ने र दुई वर्षअघि सरकारसँग भएको सम्झौताअनुसार चिकित्सा शिक्षा ऐन संशोधन गरिनुपर्ने माग अगाडि सारेका छन्।

Related Posts

नेपालगन्जमा अघोषित लोडसेडिङ विरुद्ध नागरिक समाजको दवाव
समाज

नेपालगन्जमा अघोषित लोडसेडिङ विरुद्ध नागरिक समाजको दवाव

चितवनमा भीषण हावाहुरी, तीनको मृत्यु
समाज

चितवनमा भीषण हावाहुरी, तीनको मृत्यु

महानगरमै ४०% मत बदर
पत्रपत्रिका

महानगरमै ४०% मत बदर

स्वास्थ्यकर्मीलाई कुटपिट गरे तीन वर्ष कैद
स्वास्थ्य

स्वास्थ्यकर्मीलाई कुटपिट गरे तीन वर्ष कैद

फ्लोरक्रस गर्नु मेरो गल्ती हो: पूर्वमन्त्री शाही
समाज

फ्लोरक्रस गर्नु मेरो गल्ती हो: पूर्वमन्त्री शाही

बिजय उत्सवमा गएका गाडीमा करेन्ट लागेर २ जनाको मृत्यु
ताजा समाचार

बिजय उत्सवमा गएका गाडीमा करेन्ट लागेर २ जनाको मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

नेपालगन्जमा अघोषित लोडसेडिङ विरुद्ध नागरिक समाजको दवाव

नेपालगन्जमा अघोषित लोडसेडिङ विरुद्ध नागरिक समाजको दवाव

१४ भाद्र २०७७, आईतवार
राष्ट्रपतिद्वारा वैशाख १७ र २७ गते प्रतिनिधि सभाको चुनाव हुने

राष्ट्रपतिले जेठ १० गते संसद्‌मा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने

१४ भाद्र २०७७, आईतवार
कर्णाली प्रदेशमा कांग्रेस पहिलो, माओवादी दोस्रो र एमाले तेस्रो !

कर्णाली प्रदेशमा कांग्रेस पहिलो, माओवादी दोस्रो र एमाले तेस्रो !

१४ भाद्र २०७७, आईतवार
पूर्नवहाली भएका सांसद भन्छन् : न्यायपालिकाप्रति विश्वास बढ्यो

कर्णाली प्रदेशसभाको १०औँ अधिवेशन आह्वान

१४ भाद्र २०७७, आईतवार
२ शिक्षक, ५ विद्यार्थी

फेरियो शिक्षक र कर्मचारीको पोसाक

१४ भाद्र २०७७, आईतवार
नयाँ जनप्रतिनिधिका फरकफरक वाचा

नयाँ जनप्रतिनिधिका फरकफरक वाचा

१४ भाद्र २०७७, आईतवार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.