आइतवार, जेष्ठ ८, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध केपी शर्मा ओली कोरोना भाइरस साहित्य कर्णाली प्रदेश पर्यटन शिक्षा
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

सुर्खेत सुब्बाकुनामा सवस्टेशन नहुँदा कर्णालीको बिद्युत आपूर्तिमा धोखा

होस्ट खबर by होस्ट खबर
१३ भाद्र २०७७, शनिबार
209
SHARES
394
VIEWS
FacebookTwitter
सुर्खेत सुब्बाकुनामा सवस्टेशन नहुँदा कर्णालीको बिद्युत आपूर्तिमा धोखा

जाजरकोट : सुर्खेतको सुव्वाकुनामा १३२ केभी प्रसारण लाइनको सवस्टेशन निर्माण नहुँदा तीन जिल्लाको विद्युत् आपूर्तिमा समस्या देखिँदै आएको छ ।

कोहलपुरदेखि सुर्खेतसम्मको १३२ केभी प्रसारण लाइनको लागि वातावरणीय प्रभाव मूल्याङ्कनको काम पूरा गरी प्रसारण लाइन निर्माणका लागि बोलपत्र आह्वान भइसकेको छ । सुर्खेतको आधा, सल्यानको आधा भाग र रुकुमपश्चिम र जाजरकोटका लागि सुर्खेतको सुब्बाकुनामा सवस्टेशन निर्माण नहुँदा विद्युत् नियमित आपूर्तिमा समस्या देखिँदै आएको छ ।

सवस्टेशनका लागि चार वर्षअघि जग्गा अधिग्रहणको काम काम पूरा भएपनि स्टेशन निर्माणको लागि बोलपत्र आह्वान नहुँदा समस्या उत्पन्न भइरहेको छ । सवस्टेशनको डिजाइन गर्ने इटालियन कन्सलटेण्टले डिजाइनको काम पूरा गरिसकेको भएपनि बोलपत्र आह्वानको काममा ढिलाइ भएको छ । यो सवस्टेशन निर्माण कार्य पूरा भएपछि अर्को जहरेमा निर्माण हुन लागेको ४०० केभी प्रसारण लाइनको काम पूरा भएपछि मात्र चार जिल्लाको विद्युत् आपूर्तिमा हुँदै गरेको समस्या समाधान हुने नेपाल विद्युत् प्राधिकरण कर्णाली प्रदेशका प्रमुख सुरेन्द्र अग्रहरिले जानकारी दिए ।

अहिले सुर्खेतको सुव्वाकुना र जहरेमा ठूला सवस्टेशन निर्माण नभएकाले जाजरकोट, सुर्खेतको केही भाग, रुकुमपश्चिम र सल्यानको केही भागमा ३३ केभी प्रसारण लाइनको विद्युत् आपूर्ति हुँदै आएको छ । त्यस्तै जाजरकोट नलगाड नगरपालिका–७ दानीपिपलमा ४०० केभी प्रसारण लाइनको सवस्टेशन निर्माणका लागि जग्गा अधिग्रहणको काम पूरा भएको छ । कोभिड कम हुने वित्तिकै डिपीआरका लागि दशैँसम्म कन्सलटेण्ट आउने बताइएको छ ।

प्रदेशलेनै जाजरकोटको चौखा सवस्टेशन निर्माणको लागि बोलपत्र आह्वानको काम सम्पन्न गरेको प्रमुख अग्रहरीले जानकारी दिए । नलगाड जलविद्युत आयोजना, ताँसुगाड जलविद्युत् आयोजना, डोल्पाको जगदुल्ला जलविद्युत् आयोजना निर्माणका लागि १३२ केभी प्रसारण लाइन निर्माण कार्य छिटो गर्नुपर्ने बाध्यता रहेको छ ।

जाजरकोटको कुदुको सवस्टेशन निर्माण कार्य पूरा भइसकेको छ । अन्य ठाउँहरु समाइला, वडावनमा निर्माण हुने सवस्टेशनको जग्गा प्राप्तिका लागि मुआब्जा वितरणको काम पूरा भएपछि अन्य काम शुरु हुने उनको भनाइ छ । दानी पिपलमा निर्माण गर्न लागिएको ४०० केभी प्रसारणलाई सवस्टेशन बनाउन डिपीआरको काम छिट्टै हुने कर्णाली प्रदेशसभा सदस्य गणेसप्रसाद सिंहले जानकारी दिए ।

कोरोनाका कारण विज्ञहरु आउन नपाएको भन्दै सिंहले दशैँसम्म काम शुरु गर्ने तयारीमा रहेको बताए । जाजरकोटका सात स्थानीय तहलगायत अन्य तीन जिल्लामा विद्युत्को प्रसारण लाइन गाउँगाउँमा पुर्‍याउन सामग्री अभाव हुँदा समस्या हुँदै आएको छ ।

शुरुमा नेपालगञ्जले कर्णाली प्रदेशका जिल्लामा सामग्री दिँदै आएकोमा अघिल्लो वर्षदेखि सुर्खेतमै प्रदेश कार्यालय स्थापना भएपछि नेपालगञ्जले सामग्री नदिँदा काममा ढिलाइ भएको थियो । आर्थिक वर्ष २०७६/७७ मा सुर्खेतमा प्रदेश कार्यालय स्थापनासँगै सामग्री सबै थोक नहुँदा समस्या भएको हो ।

अहिले जाजरकोटको लागि प्रतिमहिना ६० किलोमिटरका लागि मात्र तार दिएको तर माग जाजरकोटमा धेरै भएकाले काम गर्न मुस्किल भएको विद्युत् प्राविधिकरण जाजरकोट प्रसारण लाइनका प्रमुख लोकबहादुर खड्काले जानकारी दिए । जाजरकोटको सात स्थानीय तहमध्ये बारेकोट गाउँपालिकामा मात्र विद्युत्को प्रसारण लाइन पुग्न सकेको छैन ।

अन्य स्थानीय तहमा लाइन निर्माण गर्ने काम भइरहेको तर कोभिड– १९ का कारण केही समस्या भएको प्रमुख खड्काले जानकारी दिए । प्रदेश कार्यालयले पोल जति माग भएपनि दिन सकिने तर तार भनेबमोजिमको दिन नसक्दा जताततै अभाव भएको बताएको छ ।

विद्युत् प्राविधिकरणलाईनै आपूर्ति गर्ने निकायले सामग्री नै कम दिएको बताइएको छ । दुई वर्षभित्र जाजरकोटलाई विद्युतीकरण गर्ने लक्ष्य लिएको प्रदेशसभा सदस्य सिंहले बताए । रासस

Related Posts

वीरेन्द्रनगर नगरपालिकाको मेयरमा ढकाल र उपमेयर खनाल विजयी
ताजा समाचार

वीरेन्द्रनगर नगरपालिकाको मेयरमा ढकाल र उपमेयर खनाल विजयी

भेरीगंगामा कांग्रेसको गढ भत्काउँदै एमाले बिजयी
ताजा समाचार

भेरीगंगामा कांग्रेसको गढ भत्काउँदै एमाले बिजयी

सी रणनीति : भूजडित
अर्थ खबर

कर्जा र निक्षेप लगातार ओरालो

विद्युत् प्राधिकरणको एकाधिकार अन्त्य हुने
अर्थ खबर

बजेट लेखनको चटारो नारा बनाउँदै विज्ञ समूह

स्थानीय चुनावमा काँग्रेस पहिलो पार्टी बन्ने निश्चित
ताजा समाचार

स्थानीय चुनावमा काँग्रेस पहिलो पार्टी बन्ने निश्चित

सुर्खेतको सिटी बसपार्क सञ्चालनमा आयो
अर्थ खबर

किन बढ्यो सार्वजनिक यातायातको भाडा ?

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

बलात्कार गरेको अभियोगमा मनोज पाण्डे पक्राउ

बलात्कार गरेको अभियोगमा मनोज पाण्डे पक्राउ

१३ भाद्र २०७७, शनिबार
४६ जना म्यादी प्रहरीलाई जागिरबाट बर्खास्त

आजदेखि बिदा भए एक लाख म्यादी प्रहरी

१३ भाद्र २०७७, शनिबार
राष्ट्रपतिले गर्ने हरेक व्यवहारमा गुटको गन्ध आइरहेको छ : नेकपा केन्द्रीय सदस्य झाँक्री

बालेनको भोट जनमत होइन, ‘नो भोट’ हो: झाँक्री

१३ भाद्र २०७७, शनिबार
हुम्लाका ६ वटा गाउँपालिकाका नवनिर्वाचित अध्यक्षद्धारा सपथ गरण

हुम्लाका ६ वटा गाउँपालिकाका नवनिर्वाचित अध्यक्षद्धारा सपथ गरण

१३ भाद्र २०७७, शनिबार
आर्थिक संकट बढेपछि श्रीलंकामा फेरि संकटकाल लागु

श्रीलंकामा हट्यो संकटकाल

१३ भाद्र २०७७, शनिबार
युगान्डाविरुद्ध सिरिजको अन्तिम खेलमा पनि नेपाल विजयी

युगान्डाविरुद्ध सिरिजको अन्तिम खेलमा पनि नेपाल विजयी

१३ भाद्र २०७७, शनिबार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.