वीरेन्द्रनगर : शुक्रबार कर्णाली प्रदेशमा १९ जनामा कोरोना संक्रमण देखिएको छ । सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाले दिउँसो जारी गरेको विज्ञप्ति अनुसार दैलेखका ११, जुम्लाका ६ र सल्यानका २ जनामा संक्रमण पुष्टि भएको हो ।
शुक्रबार नै कर्णालीका विभिन्न अस्पताल र आइशोलेसन सेन्टरबाट १५ जना कोरोना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् । विज्ञप्ति अनुसार सुर्खेतमा ६५, दैलेख ५४, जाजरकोट २३, सल्यान ३५, रुकुम पश्चिम ३०, जुम्ला ८१, कालिकोट १० र मुगुमा १ जना सक्रिय बिरामी रहेका छन् ।