काठमाडौँ : क्षत्री समाज नेपालले केही दिन अघि नेपालको राष्ट्रिय झण्डा जलाउनु तथा खस क्षत्री र बाहुनहरुमाथि धावा बोलिनु विदेशीको इशारा र लगानीमा भएको ठहर गरेको छ ।
क्षत्री समाज नेपालले एक विज्ञप्ती प्रकाशित गरेर ‘मंगोल नेशनल अर्गनाइजेशन’ ले खस क्षत्री र बाहुन समुदायमाथि गाली गलौज गर्दै नेपालको राष्ट्रिय झण्डा जलाउने दुस्साहस गरेकोमा त्यसको घोर भत्र्सना गरेको छ ।
समाजका केन्द्रीय अध्यक्ष प्रा.डा. दिल बहादुर क्षत्री र महासचिव केश बहादुर केसीद्वारा हस्ताक्षरित उक्त विज्ञप्तीमा जातीय र साम्प्रदायीक सद्भाव भड्काउने जोकोहीलाई पनि कडा भन्दा कडा कारवाही गर्न सरकारसंग जोडदार माग गरेको छ ।
दोषिमाथि कडा कारवाही नगरिएमा क्षत्री समाज नेपालले मुलुकभरी आन्दोलनको आँधिवेहरी ल्याउने क्षत्री समाज नेपालका केन्द्रिय उपाध्यक्ष प्रेमप्रकाश खड्काले बताए ।
‘राष्ट्रिय एकता र जातिय सद्भाव कायम गर्न क्षत्री समाज नेपाल सदैव देशमा रहेका हरेक जात जतिहरुलाई आफुसमान सम्मान राखीरहेको छ l आज संघीयताले देशभित्रको तथा दातृ निकायहरु वाटबाट जम्मा गरिएको ढुकुटी रित्ताउने अनि विखण्डनको आवाजलाई मलजल गर्ने प्रमुख केन्द्र बनिरहेको अवस्था छ l
यस्तै सम्विधान मा धर्म निरपेक्षताकाे परिभाषा दिए पनि, आज सनातन धर्म संस्कृति लाई ध्वस्त पार्न धर्मान्तरणकाे स्थिती डरलाग्दो अवस्थामा पुगेको छ, उपाध्यक्ष खड्काले बताए ।
विज्ञप्ती