आइतवार, जेष्ठ ८, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध केपी शर्मा ओली कोरोना भाइरस साहित्य कर्णाली प्रदेश पर्यटन शिक्षा
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

खाद्यान्नमा आत्मनिर्भर बन्यो सल्यान

गत वर्ष मात्रै ८ हजार ७४३ मेट्रिकटन खाद्यान्न बचत

होस्ट खबर by होस्ट खबर
१२ भाद्र २०७७, शुक्रबार
191
SHARES
361
VIEWS
FacebookTwitter
खाद्यान्नमा आत्मनिर्भर बन्यो सल्यान

सल्यान : देशका पहाडी र हिमाली जिल्लामा पर्याप्त खाद्यान्न उत्पादन नहुँदा खाद्यान्नमा तराईका जिल्लाको भर पर्नु पर्ने बाध्यता छ । तर, पछिल्लो समय पहाडी जिल्ला सल्यान खाद्यान्नमा आत्मनिर्भर हुँदै बचत गर्ने अवस्थामा पुग्न सफल भएको छ । केही वर्ष अघिसम्म जिल्लामा उत्पादित खाद्यान्नले अपुग हुने सल्यान यतिबेला भने बचतको अवस्थामा पुगेको हो ।

खाद्यबाली अन्तर्गत पर्ने धान, मकै, कोदो र गहुँ लगायत बालीको पछिल्लो समयमा उत्पादन बढेसँगै सल्यान खाद्यान्नमा आत्मनिर्भर भई बचतको अवस्थामा पुगेको कृषि विकास कार्यालय सल्यानले बताएको छ । मौसमी तालमेत, प्रविधि प्याकेजको प्रयोग, मलखाद, उन्नत बीउ, यान्त्रीकीकरण तथा किसानको सक्रियताका कारण सल्यान खाद्यान्न बचतको अवस्थामा पुगेको कृषि विकास कार्यालय सल्यानका प्रमुख महेश आचार्यले जानकारी दिए ।

बचत भएको उत्पादित वस्तु निर्यातमा समस्या नभएको उनको भनाइ छ । किसानले आफ्नै घरआँगनबाटै बचत खाद्यान्न विक्रीवितरण गर्दै आएको कार्यालयले बताएको छ । गत आर्थिक वर्ष २०७६/७७ मा ९७ हजार ६६४ मेट्रिकटन खाद्यान्न उत्पादन भएकामा जिल्लामा खपत भई ८ हजार ७४३ मेट्रिकटन खाद्यान्न बचत रहेको कृषि विकास कार्यालय सल्यानका सूचना अधिकारी रेशमबहादुर बस्नेतले बताए ।

जिल्लामा गत आर्थिक वर्षमा १६ हजार १०४ मेट्रिकटन धान, ५१ हजार १७३ मेट्रिकटन मकै, २९ हजार १३८ मेट्रिकटन गहुँ, ९२१ मेट्रिकटन कोदो र ३२५ मेट्रिकटन जौ उत्पादन भएको छ । जसमा ७ हजार ७८ हेक्टर क्षेत्रफलमा धानखेती गरिएको छ । यस्तै १९ हजार ३३५ हेक्टर क्षेत्रफलमा मकै, १४ हजार २१७ हेक्टर क्षेत्रफलमा गहुँ, ६७५ हेक्टर क्षेत्रफलमा कोदो र १ हजार ४० हेक्टर क्षेत्रफलमा जौखेती हुने गरेको कार्यालयको तथ्यांकमा उल्लेख छ । जिल्लामा हाल प्रतिव्यक्ति वार्षिक २०१ किलो खाद्यान्न आवश्यक पर्ने कृषि विकास कार्यालय सल्यानको भनाइ छ ।

जिल्लामा उत्पादित कुल खाद्यान्नमध्ये ५४ हजार ७३८ मेट्रिकटन खाद्यान्न जिल्लामा आवश्यक पर्दछ । यस्तै कुल उत्पादनको ५ प्रतिशत अर्थात् ४ हजार ८८३ मेट्रिकटन खाद्यान्न मादकपदार्थ बनाउनमा प्रयोग हुने गरेको छ भने पशु आहारमा ३० प्रतिशत अर्थात् २९ हजार २९९ मेट्रिकटन खाद्यान्न प्रयोग हुने गरेको कार्यालयको तथ्यांकमा उल्लेख छ । जिल्लामा रहेको बाँझो जमीनलाई उपयोगमा ल्याउनाका साथै व्यवसायीकरण र आधुनिकीकरण गर्न सके जिल्लामा खाद्यान्न उत्पादनमा अझै वृद्धि हुने कृषि विकास कार्यालय सल्यानले बताएको छ ।

Related Posts

एक महीनामै करीब चार गुणा बढ्यो गोलभेँडाको भाउ
कृषी

एक महीनामै करीब चार गुणा बढ्यो गोलभेँडाको भाउ

भारतबाट नेपालमा १ अर्ब ६० करोडको बासमती चामल आयात
कृषी

भारतबाट नेपालमा १ अर्ब ६० करोडको बासमती चामल आयात

कर्णालीको पहाडी क्षेत्रमा पानी नपर्दा मकै रोप्‍न समस्या
कृषी

कर्णालीको पहाडी क्षेत्रमा पानी नपर्दा मकै रोप्‍न समस्या

बर्डफ्लु सङ्क्रमण नियन्त्रणमा आयो
कृषी

चितवनमा एक लाख १६ हजार कुुखुरामा बर्डफ्लु पुष्टि

नौ महिनामा ६० अर्बको खाद्यान्न आयात
कृषी

नौ महिनामा ६० अर्बको खाद्यान्न आयात

पशुपालनमा युवाको आकर्षण बढ्दो, अनुदानमा सेटिङको आरोप
कृषी

पशुपालनमा युवाको आकर्षण बढ्दो, अनुदानमा सेटिङको आरोप

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

बलात्कार गरेको अभियोगमा मनोज पाण्डे पक्राउ

बलात्कार गरेको अभियोगमा मनोज पाण्डे पक्राउ

१२ भाद्र २०७७, शुक्रबार
४६ जना म्यादी प्रहरीलाई जागिरबाट बर्खास्त

आजदेखि बिदा भए एक लाख म्यादी प्रहरी

१२ भाद्र २०७७, शुक्रबार
राष्ट्रपतिले गर्ने हरेक व्यवहारमा गुटको गन्ध आइरहेको छ : नेकपा केन्द्रीय सदस्य झाँक्री

बालेनको भोट जनमत होइन, ‘नो भोट’ हो: झाँक्री

१२ भाद्र २०७७, शुक्रबार
हुम्लाका ६ वटा गाउँपालिकाका नवनिर्वाचित अध्यक्षद्धारा सपथ गरण

हुम्लाका ६ वटा गाउँपालिकाका नवनिर्वाचित अध्यक्षद्धारा सपथ गरण

१२ भाद्र २०७७, शुक्रबार
आर्थिक संकट बढेपछि श्रीलंकामा फेरि संकटकाल लागु

श्रीलंकामा हट्यो संकटकाल

१२ भाद्र २०७७, शुक्रबार
युगान्डाविरुद्ध सिरिजको अन्तिम खेलमा पनि नेपाल विजयी

युगान्डाविरुद्ध सिरिजको अन्तिम खेलमा पनि नेपाल विजयी

१२ भाद्र २०७७, शुक्रबार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.