आइतवार, जेष्ठ ८, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध केपी शर्मा ओली कोरोना भाइरस साहित्य कर्णाली प्रदेश पर्यटन शिक्षा
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

रेम्डिसिभिर ७४८ डोज भित्रियो, तत्कालको माग धान्ने

होस्ट खबर by होस्ट खबर
१२ भाद्र २०७७, शुक्रबार
201
SHARES
380
VIEWS
FacebookTwitter
कोरोना संक्रमितको उपचारमा प्रभावकारी ‘रेम्डेसिभिर’ नेपालमा किन ल्याइएन

काठमाडौँ : औषधि व्यवस्था विभागले कोरोना सङ्क्रमणबाट गम्भीर अवस्थामा पुगेर भेन्टिलेटरमा राखेर उपचार गराइरहेका बिरामीहरूका प्रयोग गर्ने औषधि आयातको जिम्मेवारी दिएको तीनमध्ये दुई कम्पनीले ७४८ डोज रेम्डिसिभिर नेपाल ल्याएका छन् ।

औषधि व्यवस्था विभागका प्रवक्ता सन्तोष केसीका अनुसार विश्वका धेरै देशहरूमा कोरोनाको गम्भीर अवस्थामा रहेका बिरामीहरूका लागि विश्व स्वास्थ्य सङ्गठनले समेत राम्रो रहेको भनेको रेम्डिसिभिरको नेपालमा आयातको लागि तीनवटा कम्पनीलाई अनुमति दिएको र ती कम्पनीले औषधि ल्याउन शुरु गरेको बताए ।

नेपालमा सो औषधि आयात गर्नको लागि अनुमति पाएका तीनवटा कम्पनीमध्ये हरेक कम्पनीलाई दुई-दुई हजार डोज औषधि ल्याउने अनुमति दिएसँगै ७४८ भाइल औषधि नेपाल आइपुगेको छ । अर्को कम्पनीले भने औषधि ल्याउने क्रममा रहेको जानकारी आफूहरूले पाएको प्रवक्ता केसीले बताए ।

यस्तै, राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य सचिव डा. प्रदीप ज्ञवालीले अहिले केही बिरामीलाई परीक्षणका रुपमा दिन शुरु गरिएको र तत्कालका लागि एक सय जना जतिका लागि आवश्यक हुने अनुमानका आधारमा हामीलाई एक हजारदेखि १५ सय डोजसम्म आवश्यक हुन सक्ने बताए ।

त्यस्तै, बङ्गलादेशबाट पनि पाँच हजार डोज औषधि आउन लागेको भन्ने सम्बन्धमा औषधि व्यवस्था विभागलाई अनौपचारिक जानकारी भए पनि औपचारिक रुपमा कुनै जानकारी नआएको प्रवक्ता केसीले बताए ।

अहिले नेपालमा गम्भीर अस्थामा रहेका बिरामीको पनि चिकित्सकले अवस्था हेरेर मात्र यो औषधि चलाउन सिफारिस गर्ने हुँदा अहिलेको मागलाई धान्न सक्ने र अर्को कम्पनीले पनि छिट्टै औषधि ल्याउने हुँदा बिरामीका समस्या नहुने उनले बताए । बुधबारसम्म १७ जना बिरामी आइसीयूमा उपचार गराइरहेका छन् । आइसीयूमा भर्ना भएका सबैलाई यो औषधि दिनैपर्छ भन्ने पनि नरहेको चिकित्सकहरू बताउँछन् ।

बिरामीको अवस्था हेरेर नेपाल स्वास्थ्य अनुसन्धान परिषदले निर्माण गरेको मापदण्डको आधारमा बिरामीहरूका लागि फरक फरक डोजमा रेम्डिसिभिर प्रदान गरिने डा. केसीले बताए । बिरामीको अवस्था हेरेर सात डोजको र ११ डोजको रेम्डिसिभिर प्रदान गरिने उनले बताए ।

कोरोना सङ्क्रमित सबैलाई यो औषधिको डोज दिइँदैन र यसले कोरोनालाई निको नै पार्ने भनेर प्रमाणित भइनसकेकाले गम्भीर अवस्थामा मात्रै यो औषधिको प्रयोग गरिने उहाँले बताउनुभयो । उहाँका अनुसार सुरुमा दुई डोज दिएर छ दिनसम्म एकरएक डोज दिएर सात डोज र अर्को भनेको सुरुमा दुई डोज दिएर नौ दिनसम्म एकरएक डोज लिएर ११ डोज दिएर उपचार हुने गरेको उनले बताए ।

यो बिरामी तथा आफन्तले माग गरेर भन्दा पनि उनिहरूको अवस्थाको आधारमा नेपाल मेडिकल काउन्सिलले सिफारिस गरेको आधारमा डोज दिएर उपचार गरिने डा. केसीले बताए । नेपालका विभिन्न जिल्लाहरूबाट कोरोनाको उपचारमा सो औषधिको प्रयोग परीक्षणका रुपमा अनुमति दिएसँगै त्यसको कालोबजारी हुन थालेसँगै विभागले एकद्वार नीति लिँदै कालोबजारी कम गर्न तीन कम्पनीलाई अनुमति दिएको हो ।

अहिलेसम्म कोरोनाको कुनै पनि औषधि तथा खोप पत्ता लागि नसकेको अवस्थामा इबोलाको उपचारमा प्रयोग हुने सो औषधि गम्भीर अवस्थामा भ्यान्टिलेटरमा राखेर उपचार गराइरहेका सङ्क्रमितहरूका लागि निक्कै उपयोगी भएको विश्व स्वास्थ्य सङ्गठनले जनाएसँगै विश्व स्वास्थ्य सङ्गठनले समेत यसलाइ सिफारिस गरेपछि नेपालमा यसको प्रयोग सुरु भएको डा. केसीले बताए ।

तीन कम्पनीले नेपालमा औषधि ल्याएपछि कुन कुन अस्पातलले त्यसको प्रयोग गरे भन्ने बारेमा औषधि व्यवस्था विभागले तथ्याङ्कसमेत राख्ने डा. केसीले बताए । तीन कम्पनीले भारतबाट औषधि ल्याउन अनुमति पाएको र सोही आधारमा बिरामीको सङ्क्रमणको आधारमा औषधि ल्याउने कार्य हुने डा. केसीले बताए । उनले औषधिको मूल्य सात हजार ६०० कायम गरिएको बताए ।

विश्वभरि अस्पतालहरूमा रेम्डिसिभिर नामक औषधिको प्रयोग गर्दा बिरामीमा कोरोना भाइरस सङ्क्रमण भएपछि विकसित भएका लक्षणहरू हराउने समय १५ दिनबाट ११ दिनमा झरेको देखिएको डा. केसीले बताए । उनले कोभिड–१९ का लागि यो उत्साहपूर्ण भएको तर रामवाण चाहिँ नहुने बताएका छन् ।, यो समाचार आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

Related Posts

स्वास्थ्यकर्मीलाई कुटपिट गरे तीन वर्ष कैद
स्वास्थ्य

स्वास्थ्यकर्मीलाई कुटपिट गरे तीन वर्ष कैद

प्रदेश अस्पताल सुर्खेतमा ब्लड बैंक संचालन
स्वास्थ्य

प्रदेश अस्पताल सुर्खेतमा ब्लड बैंक संचालन

घरमै सुत्केरी गराउँदा अत्यधिक रक्तश्राव भएर  महिलाको मृत्यु
ताजा समाचार

लेक लागेर उपल्लो डोल्पामा म्यादी प्रहरीको मृत्यु

भारतमा कोरोना सङ्क्रमितको संख्या ७४ लाख ९४ हजार नाघ्यो
अन्तर्राष्ट्रिय

विश्वमा हालसम्म कोरोनाका कारण १ करोड ५० लाखको मृत्यु

हिमाली जिल्ला म्याग्दीमा दुई जनालाई डेंगु
स्वास्थ्य

कर्णालीमा औलो: ३२ जना बिरामी, ६ ठाउँ उच्च जोखिममा

कोरोनाका कारण भारतमा ६ हजार बढिको मृत्यु
अन्तर्राष्ट्रिय

भारतमा एकै दिन ३० कोरोना संक्रमितको मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

बलात्कार गरेको अभियोगमा मनोज पाण्डे पक्राउ

बलात्कार गरेको अभियोगमा मनोज पाण्डे पक्राउ

१२ भाद्र २०७७, शुक्रबार
४६ जना म्यादी प्रहरीलाई जागिरबाट बर्खास्त

आजदेखि बिदा भए एक लाख म्यादी प्रहरी

१२ भाद्र २०७७, शुक्रबार
राष्ट्रपतिले गर्ने हरेक व्यवहारमा गुटको गन्ध आइरहेको छ : नेकपा केन्द्रीय सदस्य झाँक्री

बालेनको भोट जनमत होइन, ‘नो भोट’ हो: झाँक्री

१२ भाद्र २०७७, शुक्रबार
हुम्लाका ६ वटा गाउँपालिकाका नवनिर्वाचित अध्यक्षद्धारा सपथ गरण

हुम्लाका ६ वटा गाउँपालिकाका नवनिर्वाचित अध्यक्षद्धारा सपथ गरण

१२ भाद्र २०७७, शुक्रबार
आर्थिक संकट बढेपछि श्रीलंकामा फेरि संकटकाल लागु

श्रीलंकामा हट्यो संकटकाल

१२ भाद्र २०७७, शुक्रबार
युगान्डाविरुद्ध सिरिजको अन्तिम खेलमा पनि नेपाल विजयी

युगान्डाविरुद्ध सिरिजको अन्तिम खेलमा पनि नेपाल विजयी

१२ भाद्र २०७७, शुक्रबार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.