आइतवार, जेष्ठ ८, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध केपी शर्मा ओली कोरोना भाइरस साहित्य कर्णाली प्रदेश पर्यटन शिक्षा
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

त्रिविको परीक्षा दशैंपछि मात्रै सञ्चालन हुने

होस्ट खबर by होस्ट खबर
११ भाद्र २०७७, बिहीबार
167
SHARES
315
VIEWS
FacebookTwitter
आजदेखि त्रिविका सबै क्याम्पस खुल्ने

काठमाडौं : त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले लकडाउनमा रोकिएको परीक्षा दशैंअगाडि सञ्चालन नगर्ने भएको छ। नेपालमा दिन-प्रतिदिन कोरोना संक्रमित बढ्दै गएकोले दशैं अगाडि परीक्षा सञ्चालन गर्ने सम्भावना नरहेको त्रिविका रजिष्टार पेशल दाहालले जानकारी दिएका छन्‌। ‘नेपालमा कोरोना संक्रमण तीव्र गतिमा बढिरहेको छ,’ उनले भने, ‘तत्काल परीक्षा सञ्चालन गर्ने अवस्था नै छैन, ३५ दिनको समय निकालेर सूचना जारी गर्नुपर्छ। अब त्यो समय हामीसँग नै छैन, कसरी परीक्षा गराउने भन्ने विषयमा निर्णय नै हुन सकेको छैन, त्यसैले दशैं अगाडि परीक्षा गराउने कुनै सम्भावना नै छैन।’ उनले यो संकटको बेला विद्यार्थीलाई तनावमा नराख्ने बताए। उनले भने, ‘परीक्षा भनेको खेल खेलेजस्तो होइन, यो संवेदनशील विषय हो, क्षणिक निर्णयले हुँदैन, यस्तो समयमा विद्यार्थीलाई प्रेसर दिन मिल्दैन।’ परीक्षाको विषयमा बाहिर गलत सन्देश फैलाएर झनै विद्यार्थीलाई चिन्तित बनाएको भन्दै उनले गुनासो पोखे।

थोरै विद्यार्थी भएका संकायको परीक्षा दशैंअघि हुन सक्ने

रजिष्टार दाहालले थोरै विद्यार्थी भएका संकायको भने दशैं अगाडि नै परीक्षा सञ्चालन गर्ने सम्भावना रहेको बताए। अहिले कुन विधिबाट परीक्षा गराउने भन्ने बारेमा डिन कार्यालयमा भने छलफल भैरहेको उनले जानकारी दिए। ‘अनलाइनमार्फत, सामाजिक दुरी कायम गरेर वा कसरी हुन्छ, चार वटा स्वरुपबाट परीक्षा गराउने भन्ने बारेमा डिन कार्यालयमा छलफल भने चलेको छ,’ उनले भने, ‘थोरै विद्यार्थी भएका कलेज र संकायको परीक्षा भने सामाजिक दुरी कायम गरेर वा भर्चुअलबाट दशैं अगाडि नै हुन सक्छ।’ उनका अनुसार कृषिलगायत थोरै विद्यार्थी भएका संकायको परीक्षा भने दशैं अगाडि नै हुने सम्भावना छ। तर,मानविकी र व्यवस्थापन लगायत धेरै विद्यार्थी भएको संकायको परीक्षा भने दशैं अगाडि सञ्चालन हुने छैन। ‘थोरै विद्यार्थी भएकाहरुको परीक्षा गराउन सकिन्छ,’ उनले भने, ‘धेरै विद्यार्थी भएको संकायमा परीक्षा सञ्चालन गर्न सकिन्न, सम्भव नै छैन।’

विद्यार्थीको खोजिँदै

त्रिविले विद्यार्थीको खोजीकार्य सुरु गरेको छ। उनले भने, ‘कोरोना त्रासले धेरै विद्यार्थी गाउँमै छन्‌, उनीहरु कुन अवस्था र कहाँ छन्‌ भनी हामीले खोजीकार्य सुरु गरेका छौँ।’ विद्यार्थीहरुको अवस्थाबारे सबै खोजीकार्य गरिसकेपछि थप निर्णय हुने दाहालले बताए। संकट हुँदै गएमा कुन विधिबाट परीक्षा सञ्चालन गर्ने भन्ने विषयमा ठोस निर्णय हुने र यी सबै काम यो महिनाभित्र सकिने उनले जानकारी दिए।

‘अनलाइन कक्षामा सहभागी हुन अनुरोध गर्नु दुर्भाग्यपूर्ण’

त्रिविले विद्यार्थीहरुलाई अनलाइन कक्षामा सहभागी हुन अनुरोध गरेको छ। विद्यार्थीले आ–आफ्नो अध्ययनरत विभाग, स्कूल र क्याम्पसमा सम्पर्क राखी पठनपाठनमा सहभागी हुन आग्रह गरिएको हो। तर, यो संकटमा यो कदम चाल्नु गलत भएको भन्दै विद्यार्थी संगठनका विद्यार्थी नेताले आपत्ति जनाएका छन्‌। नेकपासम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियु (अखिल) का केन्द्रीय सचिव सुदेश पराजुलीले भने, ‘त्रिभुवन विश्वविद्यालयले यस्तो जटिल परिस्थितिमा यस्तो कदम चाल्नु दुर्भाग्यपूर्ण छ। सरकार निषेधाज्ञा कडा गर्नु भन्छ, त्रिवि यस्तो निर्णय गर्छ।’ यो निर्णयले आम विद्यार्थी समुदायलाई गम्भीर मानसिक तनाब दिएको उनले बताए। त्रिविका रजिष्टार दाहालले फोन र इमेलबाट कलेजमा सम्पर्क गर्नलाई अनुरोध गरेको बताए।

उनले भने, ‘कलेज जानुपर्दैन, विद्यार्थीले फोन र इमेलबाट कलेजमा सम्पर्क गर्न सक्छन्‌। उनीहरुकै भलाइका लागि यस्तो अनुरोध गरिएको हो।’

Related Posts

बलात्कार गरेको अभियोगमा मनोज पाण्डे पक्राउ
ताजा समाचार

बलात्कार गरेको अभियोगमा मनोज पाण्डे पक्राउ

४६ जना म्यादी प्रहरीलाई जागिरबाट बर्खास्त
ताजा समाचार

आजदेखि बिदा भए एक लाख म्यादी प्रहरी

राष्ट्रपतिले गर्ने हरेक व्यवहारमा गुटको गन्ध आइरहेको छ : नेकपा केन्द्रीय सदस्य झाँक्री
ताजा समाचार

बालेनको भोट जनमत होइन, ‘नो भोट’ हो: झाँक्री

हुम्लाका ६ वटा गाउँपालिकाका नवनिर्वाचित अध्यक्षद्धारा सपथ गरण
ताजा समाचार

हुम्लाका ६ वटा गाउँपालिकाका नवनिर्वाचित अध्यक्षद्धारा सपथ गरण

उद्दारमा गएको बस दैलेखको घोडाबासमा पल्टिँदा चालकको मृत्यु
ताजा समाचार

डोटी बस दुर्घटनाः पाँचको अवस्था जटिल, एक बेपत्ता

सौन्दर्य प्रतियोगिताको नाममा बलात्कार: पीडित रेग्मीको पक्षमा माइतीघरमा प्रदर्शन
ताजा समाचार

सौन्दर्य प्रतियोगिताको नाममा बलात्कार: पीडित रेग्मीको पक्षमा माइतीघरमा प्रदर्शन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

बलात्कार गरेको अभियोगमा मनोज पाण्डे पक्राउ

बलात्कार गरेको अभियोगमा मनोज पाण्डे पक्राउ

११ भाद्र २०७७, बिहीबार
४६ जना म्यादी प्रहरीलाई जागिरबाट बर्खास्त

आजदेखि बिदा भए एक लाख म्यादी प्रहरी

११ भाद्र २०७७, बिहीबार
राष्ट्रपतिले गर्ने हरेक व्यवहारमा गुटको गन्ध आइरहेको छ : नेकपा केन्द्रीय सदस्य झाँक्री

बालेनको भोट जनमत होइन, ‘नो भोट’ हो: झाँक्री

११ भाद्र २०७७, बिहीबार
हुम्लाका ६ वटा गाउँपालिकाका नवनिर्वाचित अध्यक्षद्धारा सपथ गरण

हुम्लाका ६ वटा गाउँपालिकाका नवनिर्वाचित अध्यक्षद्धारा सपथ गरण

११ भाद्र २०७७, बिहीबार
आर्थिक संकट बढेपछि श्रीलंकामा फेरि संकटकाल लागु

श्रीलंकामा हट्यो संकटकाल

११ भाद्र २०७७, बिहीबार
युगान्डाविरुद्ध सिरिजको अन्तिम खेलमा पनि नेपाल विजयी

युगान्डाविरुद्ध सिरिजको अन्तिम खेलमा पनि नेपाल विजयी

११ भाद्र २०७७, बिहीबार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.