काठमाडौं : रौतहटको माधवनारायण नगरपालिका–२, हनुमान मन्दिरका पुजारी श्रीराम साह हत्याको विरोधमा उत्रिनेलाई कारबाही गर्न भन्दै गृहमन्त्रालयले सर्कुलर जारी गरेको छ।
मन्त्रालयले प्रहरी महानिरीक्षकदेखि ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई सम्बोधन गर्दै लेखिएको पत्रमा पुजारी हत्याको विरोधमा हुनसक्ने प्रर्दशन रोक्न र प्रर्दशनमा उत्रिनेलाई कारबाही गर्न निर्देशन दिएको हो।
भदौ ४ गते मन्दिर परिसरमै पुजारी साहको गोली हानी हत्या भएको थियो। हत्यारा अहिलेसम्म पक्राउ पर्न सकेका छैनन्। अहिलेसम्म हत्यारा पक्राउ गर्न नसकेको भन्दै विरोध हुन थालेको छ।
पुजारीको हत्या भएपछि विभिन्न हिन्दूवादी संगठनहरुले हत्याको विरोध गर्दै सडकमा उत्रन थालेपछि गृहले यस्तो निर्देशन दिएको हो।