शनिबार, जेष्ठ ७, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध केपी शर्मा ओली कोरोना भाइरस साहित्य कर्णाली प्रदेश पर्यटन शिक्षा
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

केन्द्र सरकारले कर्णालीमा ३९ वटा अस्पताल भवन बनाउँदै

होस्ट खबर by होस्ट खबर
११ भाद्र २०७७, बिहीबार
213
SHARES
402
VIEWS
FacebookTwitter
बैतडीमा आईसीयूसहितको पहिलो अस्पताल

सुर्खेत : कर्णाली प्रदेशमा ३९ वटा अस्पताल सञ्चालनका लागि नयाँ भवन निर्माण गरिने भएको छ । केन्द्र सरकारले कर्णाली प्रदेशका १० वटा जिल्लाका विभिन्न पालिकाहरुमा अस्पताल सञ्चालनका लागि भवन निर्माण गर्ने भएको हो । हरेक पालिकामा पाँचदेखि १५ शैयाको अस्पताल बनाउने सरकारको नीति अनुसार चालु आर्थिक वर्षमा कर्णालीमा ३९ वटा अस्पतालका भवन निर्माण गरिने भएको हो ।

आइतबार बसेको केन्द्र सरकारको मन्त्रीपरिषदको बैठकले अस्पताल भवन बनाउने निर्णय गरेको छ । जसमध्ये सुर्खेतमा सात वटा, हुम्लामा चार वटा, जाजरकोटमा पाँच वटा, जुम्लामा दुई वटा र दैलेखमा ६ वटा अस्पताल बनाइने छ । त्यस्तै रुकुममा दुई वटा, सल्यानमा ६ वटा, कालिकोटमा दुई वटा र डोल्पामा तीन वटा अस्पतालका भवनहरु निर्माण हुनेछन् ।

३९ वटा भवन मध्ये स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ३३ वटा अस्पतालको भवन निर्माणका लागि बजेट सम्बन्धित स्थानीय तहलाइ पठाउने छ । बाँकी ६ वटा अस्पतालका भवन भने शहरी विकास मन्त्रालय अन्तरगतको भवन डिभिजन कार्यालयले बनाउने छ । अस्पताल बनाउँदा कुनै स्थानीय तहमा साविककै स्वास्थ्यचौकी र स्वास्थ्य केन्द्रलाई विस्तार गरिनेछ भने कुनै स्थानीय तहमा नयाँ ठाउँमा अस्पताल सञ्चालनका लागि भवन निर्माण हुनेछन् । विशेषज्ञ बाहेकका स्वास्थ्य सेवाहरु गाउँमै पुरयाउने उद्देश्यले रणनीतिक अस्पतालको भवन निर्माण गर्न लागिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कर्णालीको नाजुक स्वास्थ्य अवस्थातलाई मध्येनजर गरेर स्वास्थ्य क्षेत्रमा आमूल परिवर्तन ल्याउने उद्देश्यले पहिलो चरणमा अस्पतालको भवन निर्माण गरिने केन्द्र सरकारका स्वास्थ्य राज्यमन्त्री नवराज रावलले जानकारी दिए । सम्बन्धित क्षेत्रको जनघनत्व, स्थानीय जनप्रतिनिधि र स्वास्थ्य क्षेत्रको मापदण्डका आधारमा अस्पताल सञ्चालनको लागि भवन निर्माण गरिनेछ ।

जसमध्ये जनसंख्या र भौगोलिकताका आधार पाँचदेखि १५ शै यासम्मको अस्पतालहरु बन्नेछन् । जसअन्तरगत पाँच शैयाको लागि सात करोड, दश शैयाको लागि ११ करोड र १५ शैयाको भवन निर्माणको लागि भौगोलिक क्षेत्रका आधारमा १६ देखि १८ करोडसम्म रकम उपलब्ध हुनेछ । भवन निर्माणका लागि केही हप्ताभित्रै पहिलो किस्ताको रकम सम्बन्धित स्थानीय तहमा पठाउने मन्त्रालयले जनाएको छ । बहुबर्षिय आयोजना अन्तरगत सात करोडदेखि १८ करोडसम्मको लागतमा भवनहरु निर्माण हुनेछन् ।

भवन निर्माणका लागि सुरुवाति चरणमा एककरोड रुपैयाँ मन्त्रालयले स्थानीय तहलाई पठाउनेछ । उक्त बजेटले चालु आर्थिक वर्षमा डेन्टर गरेर भवनको जग बसाल्ने लगायतका आधारभूत कामहरु थालनी गरिनेछ । कामलाई छिटो र छरितो गराउने कर्णालीका ३३ वटा अस्पताल निर्माण गर्ने जिम्मा स्थानीय तहलाइ नै दिइएको छ ।

त्यस्तै ६ वटा अस्पतालहरु भने शहरी विकास मन्त्रालयको भवन निर्माण डिभिजन कार्यालयले बनाउने छ । यसअघि स्वास्थ्य क्षेत्रका सम्पूर्ण अस्पतालहरु भवन निर्माण भिडिजन कार्यालयले हेर्दै आएको थियो । विकास निर्माणमा स्थानीय तहका जनप्रतिनिधिलाई उत्तरदायी बनाउन र काममा गुणस्तरियता कायम गर्न भवन निर्माणको जिम्मा स्थानीय तहलाइ नै दिइएको हो ।

‘सिटोमोल लिन शहर जानु पर्दैन’
अस्पताल निर्माण भएपछि कर्णालीका नागरिकले आधारभूत स्वास्थ्य सेवा गाउँघरमै सरकारले दाबी गरेको छ । ‘स्वास्थ्य क्षेत्रमा आमूल परिवर्तन गर्न अस्पताल बनाउने बृहत उद्देश्य लिएका छौँ’ संघीय सरकारका स्वास्थ्य राज्यमन्त्री नवराज रावतले भने, ‘नागरिकलाई गाउँमै आधारभूत स्वास्थ्य सेवा पाउने गरी गाउँ–गाउँमा अस्पताल बनाउने लागेको हौँ ।’

अस्पताल निर्माण भएपछि सिटामोल शहर जानुपर्ने बाध्यताको अन्त्य हुने मन्त्री रावतको विश्वास छ । ‘कर्णालीका सबै ठाउँमा स्वास्थ्य संस्था छैनन, भएका स्वास्थ्य संस्थामा जनशक्ति र औषधिको अभाव छ’ उनी भन्छन् ‘अस्पताल बनाउने मात्रै होइन जनशक्ति व्यवस्थापन र सञ्चालनको जिम्मा सरकारले लिन्छ ।’ यो वर्ष छनौटमा परेको क्षेत्रमा पाँच शैयादेखि १५ शैयासम्मको अस्पताल बनाइने छ ।

जनसंख्या र भूगोलको आधारमा अस्पतालको भवन निर्माणको लागि पनि फरक–फरक रकम निर्धारण गरिएको मन्त्री रावतले जनाए । यस्तै छिटो र छरितो रुपमा अस्पताल निर्माणको लागि भवन निर्माणको जिम्मासमेत गाउँपालिकालाई दिइने भएको छ । भवन निर्माण सकिए लगत्तै अस्पताल सञ्चालनमा ल्याउने मन्त्री रावलको भनाइ छ । यसअघि स्वास्थ्य संस्थाहरु शहरी विकास तथा भवन निर्माण डिभिजनले हेर्दै आएको थियो ।

कुन–कुन ठाउँमा बन्दैछन् अस्पताल ?
कर्णालीका ३३ वटा अस्पताल मध्ये सुर्खेतमा मात्रै ६ वटा क्षेत्रमा अस्पतालहरु निर्माण हुनेछन् । जसमध्ये सिम्ता गाउँपालिकाको बजेडिचौर, लेकबेशीको नगरपालिकाको दशरथपुर स्वास्थ्य चौकीलाई र चौकुने गाउँपालिकोको बिजौरा स्वास्थ्य चौ कीलाई विस्तार गर्ने गरेर अस्पतालमा रुपान्तरण गरिनेछ । यस्तै सुर्खेतकै पञ्चपुरी नगरपालिका र चिङ्गाड गाउँपालिमा स्थानीय तहको आवश्यकता अनुसार अस्पताल निर्माण गरिने छ ।

त्यस्तै मुगुमा सोरु गाउँपालिका र मुगुमकार्मोरोङ गाउँपालिका, जाजरकोटमा छेडागाड नगरपालिका, शिवालय गाउँपालिका, नलगाड नगरपालिका र बारेकोट गाउँपालिकामा अस्पताल बन्नेछन् । हुम्लाको सर्केगाड, अदानचुली, नाम्खा र ताँजाकोट, डोल्पामा त्रिपुरासुन्दरी, डोल्पोबुद्ध र मुडुकेचुलो गाउँपालिकामा अस्पतालका भवन बन्नेछन् ।

जुम्लामा तिला नगरपालिका र कनकासुन्दरी गाउँपालिका, कालिकोटमा रास्कोट नगरपालिका, सल्यानमा दार्मा, कपुरकोट, कुमाख, सिद्धकुमाख, कालिमाटी गाउँपालिका र बनगाडकुपिन्डे नगरपालिकामा अस्पताल बनाइने छ । रुकुमपश्चिममा सानीभेरी गाउँपालिका, आठविसकोट नगरपालिका, दैलेखमा भैरवी गाउँपालिका, चामुण्डाविन्द्रासैनी र आठविस नगरपालिकामा पनि अस्पताल बन्नेछन् ।

Related Posts

राष्ट्रपतिद्वारा वैशाख १७ र २७ गते प्रतिनिधि सभाको चुनाव हुने
ताजा समाचार

राष्ट्रपतिले जेठ १० गते संसद्‌मा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने

पूर्नवहाली भएका सांसद भन्छन् : न्यायपालिकाप्रति विश्वास बढ्यो
ताजा समाचार

कर्णाली प्रदेशसभाको १०औँ अधिवेशन आह्वान

२ शिक्षक, ५ विद्यार्थी
ताजा समाचार

फेरियो शिक्षक र कर्मचारीको पोसाक

नयाँ जनप्रतिनिधिका फरकफरक वाचा
ताजा समाचार

नयाँ जनप्रतिनिधिका फरकफरक वाचा

राशिफल (मसिंर २७ देखि पुष ३ गतेसम्म)
ताजा समाचार

बि.सं. २०७९ ज्येष्ठ ७ गते शनिबार, आजको राशिफल

वीरेन्द्रनगर नगरपालिकाको मेयरमा ढकाल र उपमेयर खनाल विजयी
ताजा समाचार

वीरेन्द्रनगर नगरपालिकाको मेयरमा ढकाल र उपमेयर खनाल विजयी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

नेपालगन्जमा अघोषित लोडसेडिङ विरुद्ध नागरिक समाजको दवाव

नेपालगन्जमा अघोषित लोडसेडिङ विरुद्ध नागरिक समाजको दवाव

११ भाद्र २०७७, बिहीबार
राष्ट्रपतिद्वारा वैशाख १७ र २७ गते प्रतिनिधि सभाको चुनाव हुने

राष्ट्रपतिले जेठ १० गते संसद्‌मा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने

११ भाद्र २०७७, बिहीबार
कर्णाली प्रदेशमा कांग्रेस पहिलो, माओवादी दोस्रो र एमाले तेस्रो !

कर्णाली प्रदेशमा कांग्रेस पहिलो, माओवादी दोस्रो र एमाले तेस्रो !

११ भाद्र २०७७, बिहीबार
पूर्नवहाली भएका सांसद भन्छन् : न्यायपालिकाप्रति विश्वास बढ्यो

कर्णाली प्रदेशसभाको १०औँ अधिवेशन आह्वान

११ भाद्र २०७७, बिहीबार
२ शिक्षक, ५ विद्यार्थी

फेरियो शिक्षक र कर्मचारीको पोसाक

११ भाद्र २०७७, बिहीबार
नयाँ जनप्रतिनिधिका फरकफरक वाचा

नयाँ जनप्रतिनिधिका फरकफरक वाचा

११ भाद्र २०७७, बिहीबार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.