शनिबार, जेष्ठ ७, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध केपी शर्मा ओली कोरोना भाइरस साहित्य कर्णाली प्रदेश पर्यटन शिक्षा
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

कर्णाली सरकारको विकास : बर्षमा १ हजार ८ सय मिटर बाटो कालोपत्रे

होस्ट खबर by होस्ट खबर
११ भाद्र २०७७, बिहीबार
210
SHARES
396
VIEWS
FacebookTwitter
कर्णाली सरकारको विकास : बर्षमा १ हजार ८ सय मिटर बाटो कालोपत्रे

अन्नपूर्णपोष्ट/सुर्खेत : कर्णाली प्रदेश सरकारले एक वर्षको अवधिमा जम्मा १ हजार ८ सय मिटर सडक कालोपत्रे गरेको छ। सडक पूर्वाधारलाई प्राथमिकता दिएको प्रदेश सरकारले वर्षभरिमा जम्मा १ हजार ८ सय २० मिटर सडक मात्र कालोपत्रे गरेको हो। यसैलाई प्रदेश सरकारले गत आवको उपलब्धि भनी प्रगति विवरणमा उल्लेख गरेको छ।

भौतिक पूर्वाधार विकास मन्त्रालयका अनुसार सुर्खेतमा ७ सय २० मिटर सडक कालोपत्रे भएको छ। यस्तै प्रदेश सरकारकै लगानीमा गत आवमा रुकुम ९पश्चिम० मा ११ सय मिटर सडकमा कालोपत्रे गरिएको मन्त्रालयका प्रवक्ता गोपाल शर्माले जानकारी दिए।

प्रदेशका दुई जिल्लामा मात्र सडक कालोपत्रे भएको प्रगति प्रतिवेदनमा जनाइएको छ। सोही अवधिमा प्रदेशभर जम्मा ४९ किमि सडकमा ग्राभेल गरेको छ। जसअन्तर्गत सुर्खेतमा १२, जुम्लामा साढे एक, दैलेखमा साढे दुई, सल्यानमा सात र रुकुम पश्चिममा २६ किलोमिटर गरी कुल ४९ किलोमिटर सडक ग्राभेल गरिएको हो। त्यसैगरी प्रदेशभरि १ सय ५६ किलोमिटर सडकको स्तरोन्नति गरिएको छ।

मन्त्रालयका अनुसार सुर्खेतमा १ सय १०, जाजरकोट र मुगुमा ३, जुम्लामा ६, कालीकोटमा २९ र सल्यानमा ५ किलोमिटर गरी प्रदेशभर १ सय ५६ किलोमिटर सडकको स्तरोन्नति गरिएको छ भने करिब ४ सय किमि नयाँ सडक खनेको छ। गत आवमा प्रदेशभर ३ सय ८१ किलोमिटर नयाँ सडक निर्माण गरिएको प्रदेश सरकारले जनाएको छ।

प्रदेशका १० जिल्लामध्ये प्रदेश सरकारले दैलेख र रुकुम पश्चिममा सबैभन्दा बढी अर्थात् ७३/७३ किमि नयाँ सडक निर्माण गरेको छ। त्यसैगरी सल्यान र जाजरकोटमा पनि समान ५०/५०, हुम्लामा साढे १४, कालीकोटमा १४, दैलेखमा साढे दुई, जुम्लामा ४५ र सुर्खेतमा २५ किलोमिटर सडकको नयाँ ट्र्याक खोलिएको भौतिक पूर्वाधार विकास मन्त्रालयले जनाएको छ।

यस्तै, यसै अवधिमा १६ वटा पक्की पुल र २७ किलोमिटर नालीसमेत निर्माण गरिएको प्रगति प्रतिवेदनमा उल्लेख छ। सडक पूर्वाधारको विकासबिना कर्णालीको समृद्धि सम्भव नभएको निष्कर्ष निकाल्दै प्रदेश सरकारले गत आर्थिक वर्षमा जनता सडक कार्यक्रमलाई चालू आर्थिक वर्षमा पनि निरन्तरता दिएको छ। जनता सडक कार्यक्रमका निर्माणाधीन आयोजना काम सम्पन्न गर्न चालू आवमा पनि १ अर्ब ४२ करोड रुपैयाँ विनियोजन गरिएको छ। स्थानीय तहको केन्द्रदेखि जिल्ला सदरमुकामसम्म पहुँच नभएका स्थानमा सडक निर्माणलाई प्राथमिकताका साथ कार्यान्वयन गर्न १५ करोड रुपैयाँ विनियोजन गरिएको छ।

यो वर्ष पनि प्रदेशले सडक र यातायाततर्फ कुल पाँच अर्ब ७९ करोड रुपैयाँ विनियोजन गरिएको छ। कर्णाली प्रदेशमा भरपर्दो सडक पूर्वाधारको गुयोजना निर्माण गर्ने, स्वदेशी तथा विदेशी पुँजी परिचालन गरी रणनीतिक महŒवको सुर्खेत हिल्सादेखि मार्ग निर्माण गर्ने, उत्तर दक्षिण करिडोरहरूका साथै रणनीतिक सडकहरू निर्माण कार्य अघि बढाउन नेपाल सरकारसँग थप समन्वय र सहकार्य गर्नेलगायतका योजनाहरू प्रदेश सरकारको प्राथमिकतामा छन्। पत्रकार ललितबहादुर बुढाले आजको अन्नपूर्णपोष्टमा खवर लेखेकाछन् ।

Related Posts

२ शिक्षक, ५ विद्यार्थी
ताजा समाचार

फेरियो शिक्षक र कर्मचारीको पोसाक

सुरु भयो पढाइ, विद्यार्थीको हातमा छैन पाठ्यपुस्तक
पत्रपत्रिका

सुरु भयो पढाइ, विद्यार्थीको हातमा छैन पाठ्यपुस्तक

नागढुंगा सुरुङ सडक विस्तारको काम ७६ प्रतिशत सम्पन्न
ताजा समाचार

नागढुंगा सुरुङ सडक विस्तारको काम ७६ प्रतिशत सम्पन्न

महानगरमै ४०% मत बदर
पत्रपत्रिका

महानगरमै ४०% मत बदर

सी रणनीति : भूजडित
अर्थ खबर

कर्जा र निक्षेप लगातार ओरालो

जनप्रतिनिधिको पाँच वर्षे कार्यकालको आज अन्तिम दिन
पत्रपत्रिका

जनप्रतिनिधिको पाँच वर्षे कार्यकालको आज अन्तिम दिन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

नेपालगन्जमा अघोषित लोडसेडिङ विरुद्ध नागरिक समाजको दवाव

नेपालगन्जमा अघोषित लोडसेडिङ विरुद्ध नागरिक समाजको दवाव

११ भाद्र २०७७, बिहीबार
राष्ट्रपतिद्वारा वैशाख १७ र २७ गते प्रतिनिधि सभाको चुनाव हुने

राष्ट्रपतिले जेठ १० गते संसद्‌मा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने

११ भाद्र २०७७, बिहीबार
कर्णाली प्रदेशमा कांग्रेस पहिलो, माओवादी दोस्रो र एमाले तेस्रो !

कर्णाली प्रदेशमा कांग्रेस पहिलो, माओवादी दोस्रो र एमाले तेस्रो !

११ भाद्र २०७७, बिहीबार
पूर्नवहाली भएका सांसद भन्छन् : न्यायपालिकाप्रति विश्वास बढ्यो

कर्णाली प्रदेशसभाको १०औँ अधिवेशन आह्वान

११ भाद्र २०७७, बिहीबार
२ शिक्षक, ५ विद्यार्थी

फेरियो शिक्षक र कर्मचारीको पोसाक

११ भाद्र २०७७, बिहीबार
नयाँ जनप्रतिनिधिका फरकफरक वाचा

नयाँ जनप्रतिनिधिका फरकफरक वाचा

११ भाद्र २०७७, बिहीबार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.