मुगु : जिल्ला प्रशासन कार्यालय मुगुले कोरोना संक्रमण रोक्न एक हप्ताका लागि सदरमुकाम गमगढी बजार सिल गरेको छ ।
जिल्ला स्वास्थ्य कार्यालयका एक कर्मचारीलाई कोरोना देखिएपछि जिल्ला प्रशासन कार्यालयले बुधबारदेखि लागू हुने गरी एक सातालाई बजार क्षेत्र सिल गरेको हो ।
कोरोना अन्यत्र फैलिन नदिन एक साताका लागि अत्यावश्यकबाहेकका सेवा रोक्ने गरी गमगढी बजार क्षेत्र सिल गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी कृष्णकुमार निरौलाले बताए । यसका साथै गमगढी प्रवेश गर्ने सवै नाकाहरु समेत बन्द गरिएको उनको भनाई छ । सिल गरिएको क्षेत्रमा खाद्यान्न तथा अत्यावश्यक वस्तु खरिद विक्रीका लागि १ घंण्टा पसल खोल्न दिइएको छ ।