आइतवार, जेष्ठ ८, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध केपी शर्मा ओली कोरोना भाइरस साहित्य कर्णाली प्रदेश पर्यटन शिक्षा
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

‘गरुँ मृत्युको गीत, नगरुँ कविवरको इच्छा’

होस्ट खबर by होस्ट खबर
१० भाद्र २०७७, बुधबार
304
SHARES
574
VIEWS
FacebookTwitter
‘गरुँ मृत्युको गीत, नगरुँ कविवरको इच्छा’

बगलुङ : संगीतकार आशिष अविरललाई द्विविधा आइलाग्यो जब कविवर माधवप्रसाद घिमिरेले आफ्नो मृत्युपछि सार्वजनिक गर्नू भनी लेख्नुभएको गीतमा धुन भर्नुपर्ने भयो ।

मूर्धन्य स्रष्टाको गीतमा संगीत गर्न पाउनु उहाँका लागि चुनौती र अवसर दुवै थियो । ‘गीतलाई न्याय गर्न सक्दिन कि भन्ने लाग्यो, संगीत गर्दिन भन्न पनि सकिनँ’, अविरलले भने, ‘एक किसिमको द्विविधाजस्तो भयो, गरुँ मृत्युको गीत, नगरुँ राष्ट्रकविजस्तो ‘लिजेन्ड’को इच्छा ।’

गतसाता दिवंगत भएका कविवर घिमिरेद्वारा रचित उक्त गीत ‘त्यसरी होस् मरण‘’ मा मृत्युकालिक कल्पनाको चित्रण छ । गीतमा गायक कर्णदासले स्वर दिएका छन् । ‘सागरमा ज्वारभाटा आउँदाको वर्णनजस्तो हो यो,’ अविरलले भने, ‘एउटा विशिष्ट परिस्थितिलाई लिएर बनाइएको गीत हो ।’ दुई वर्षअघि रेकर्ड भएको उक्त गीत कविवर घिमिरेको निधनलगत्तै सार्वजनिक गरिएको थियो । विसं २०१६ मा रचित गीतलाई कविवर घिमिरेकै इच्छाअनुसार परिवारजनले रेकर्ड गराएका थिए ।

‘कविज्यूको परिवारका तर्फबाट अशेष शर्मा र मन्दिरा ढुंगेल संगीतका लागि मकहाँ आउनुभयो,’ संगीतकार अविरलले भने, ‘उहाँहरुले गीतका बारेमा सबै बताउनुभयो, मृत्युपछि बजाउनुपर्ने गीत भनेपछि त्यो त मेरा लागि मथिङ्गल हल्लाउने कुरा थियो, म केही डराएँ पनि ।’ परिवारका तर्फबाट निसंकोच काम गर्न आग्रह भएपछि आफू संगीतका लागि तयार भएको उनले सुनाए । पछि कविवर घिमिरेकी जेठी छोरी शान्ति अधिकारी बुबाको इच्छाअनुसार तयार पारिएको लोकशैलीको धुन लिएर संगीतकार अविरलकहाँ पुगिन् ।

राष्ट्रकवि माधवप्रसाद घिमिरे
‘सेलो गीतको धुनजस्तो परिकल्पना गर्नुभएको रहेछ, त्यसमै टेकेर मेरो धर्मले भ्याएसम्म र कविज्यूको इच्छा पनि नमर्ने गरी संगीतबद्ध गरेँ,’ उनले भने, ‘मृत्युको क्षण र प्रक्रियालाई संगीतमार्फत् भन्नुथियो, सक्दो प्रयास गरेँ भन्ने लाग्छ ।’ उहाँलाई गीतमा संगीत गर्न महिना दिन लागेको थियो । कविवर घिमिरेका परिवारजन र आफूबीचको सल्लाहपछि स्वरका लागि गायक कर्णदासलाई रोजिएको संगीतकार अविरलको भनाइ छ । गीतको रेकर्ड उनकै राग रेकर्डिङ स्टुडियोमा गोप्यरूपमा गरिएको थियो ।

देशको विशिष्ट प्रतिभासँग जोडिन पाउनु आफ्नो सांगीतिक जीवनकालकै महत्वपूर्ण उपलब्धि भएको अविरलले बताए । ‘सङ्गीतका लागि मलाई खोज्दै आउनुभयो, मेरो कामप्रति जुन विश्वास गर्नुभयो, त्यो मेरा लागि ठूलो सौभाग्य हो,’ उनले भने । गीत रेकर्ड भइसकेपछि कविवर घिमिरेलाई भेट्ने दृढ इच्छा भए पनि त्यो अधुरै रहेको अविरलले उल्लेख गरे । संगीतकारसँग भेट हुँदा गीतबारे कुराकानी हुनसक्ने र गोपनीयता गुम्ने डरले पनि भेटको वातावरण नमिलेको हुन सक्छ ।

कविवर घिमिरेले उक्त गीत आफूलाई नसुनाउन र मृत्युपछि मात्र सार्वजनिक गर्न परिवारजनलाई आग्रह गरेका थिए । गीतमा मृत्युको स्वीकारोक्ति छ । गीतको भावभूमि सहज मृत्युवरण हो । ‘कविज्यूको गहिरो सोच र विशाल हृदयको अभिव्यक्ति गीतमा छ,’ अविरलले भने । गीत सार्वजनिक भएपछि त्यसको संगीत पक्षलाई लिएर विभिन्न प्रतिक्रिया उब्जेको उनको भनाइ छ । ‘कतिपयले संगीतमा अपूर्णता छ भनेर पनि टिप्पणी गर्नुभएको छ, तर साहित्यिक र सांगीतिक क्षेत्रका प्रबुद्ध व्यक्तिहरुले ऐतिहासिक गीत बन्यो भन्नुभएको छ, म उत्साहित छु ।’

मृत्युपछि बजाउन तयार गरिएको भए पनि उक्त गीत शोकगीत जस्तो नभएको उनको भनाइ छ । ‘मानिसलाई दुःखी बनाउने, रुवाउनेभन्दा पनि यो गीतको भाव अलिक भिन्न छ, त्यहीअनुसार यसको संगीत तयार गरिएको छ,’ अविरलले भने । गीतमा जीवन–दर्शन र सहज मृत्युको इच्छा प्रकट भएको उनको भनाइ छ ।

बागलुङको गलकोट नगरपालिका–७ मल्ममा जन्मेका अविरलले हालसम्म १०० भन्दा बढी गीतमा संगीत दिएका छन् । आफ्नो २० वर्षको सांगीतिक जीवनकालमा झण्डै चार हजार गीतमा संगीत संयोजन गरेका छन् ।

गायक नरेन्द्र प्यासी र गीतकार आनन्द अधिकारीसँगको सहकार्यमा सार्वजनिक आधुनिक गीत संग्रह ‘बास्ना’मा उनको संगीत छ । चलचित्र ‘ए मेरो हजुर’को गीतमा संगीतसँगै स्वर पनि अविरलले दिएका छन् । लोकदोहोरी, चलचित्र, आधुनिक, गजललगायतका विधामा उनी सक्रिय छन् । रासस

Related Posts

‘९० हजार भोट ल्याउँछु, ई–सरकार बनाउँछु’: बालेन शाह
विचार/ब्लग

‘९० हजार भोट ल्याउँछु, ई–सरकार बनाउँछु’: बालेन शाह

जलवायु परिवर्तनको मारमा चरा
विचार/ब्लग

जलवायु परिवर्तनको मारमा चरा

लोकतन्त्रको लाभ नेतालाई मात्रै ?
विचार/ब्लग

लोकतन्त्रको लाभ नेतालाई मात्रै ?

कांग्रेस घोषणापत्रमा समाज रुपान्तरणको अपेक्षा
विचार/ब्लग

कांग्रेस घोषणापत्रमा समाज रुपान्तरणको अपेक्षा

बरू पद नै छोडिदिन्छु, मन्त्रालय टुक्र्याउँदिन : मुख्यमन्त्री शाही
ताजा समाचार

मुख्यमन्त्री रोजगार कार्यक्रमको बजेट सही रूपमा प्रयोग हुनुपर्छ: मुख्यमन्त्री शाही

पेट्रोल, डिजल र मट्टितेलको मूल्य प्रतिलिटर दुई रुपैयाँ घट्यो
अर्थ खबर

आयल निगमको विकल्प खोज्ने कि !

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

बलात्कार गरेको अभियोगमा मनोज पाण्डे पक्राउ

बलात्कार गरेको अभियोगमा मनोज पाण्डे पक्राउ

१० भाद्र २०७७, बुधबार
४६ जना म्यादी प्रहरीलाई जागिरबाट बर्खास्त

आजदेखि बिदा भए एक लाख म्यादी प्रहरी

१० भाद्र २०७७, बुधबार
राष्ट्रपतिले गर्ने हरेक व्यवहारमा गुटको गन्ध आइरहेको छ : नेकपा केन्द्रीय सदस्य झाँक्री

बालेनको भोट जनमत होइन, ‘नो भोट’ हो: झाँक्री

१० भाद्र २०७७, बुधबार
हुम्लाका ६ वटा गाउँपालिकाका नवनिर्वाचित अध्यक्षद्धारा सपथ गरण

हुम्लाका ६ वटा गाउँपालिकाका नवनिर्वाचित अध्यक्षद्धारा सपथ गरण

१० भाद्र २०७७, बुधबार
आर्थिक संकट बढेपछि श्रीलंकामा फेरि संकटकाल लागु

श्रीलंकामा हट्यो संकटकाल

१० भाद्र २०७७, बुधबार
युगान्डाविरुद्ध सिरिजको अन्तिम खेलमा पनि नेपाल विजयी

युगान्डाविरुद्ध सिरिजको अन्तिम खेलमा पनि नेपाल विजयी

१० भाद्र २०७७, बुधबार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.