आइतवार, जेष्ठ ८, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध केपी शर्मा ओली कोरोना भाइरस साहित्य कर्णाली प्रदेश पर्यटन शिक्षा
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

संक्रमित महिलाले सामूहिक दर खुवाएपछि टोल नै सिल

होस्ट खबर by होस्ट खबर
१० भाद्र २०७७, बुधबार
185
SHARES
349
VIEWS
FacebookTwitter
संक्रमित महिलाले सामूहिक दर खुवाएपछि टोल नै सिल

काठमाडौं : कागेश्वरी मनोहरा सयपत्री टोलकी ३० वर्षीया महिला सामान्य ज्वरो र हल्का खोकी लागेपछि भदौ १ गते मूलपानीस्थित स्वास्थ्य केन्द्रमा स्वाब दिएर फर्किइन्। तीजको चलिरहेको थियो। स्वाब दिएर आएपछि उनमा कुनै लक्षण थिएन। भदौ ४ गते आफ्नै घरमा धुमधामका साथ तीजको दर खाने कार्यक्रम राखिन्।

सहकारीमा काम गर्ने भएकाले सोही सम्बधलाई विस्तार गर्न उनले भोज आयोजना गरेकी थिइन्। ३० भन्दा बढी महिला दर खाने कार्यक्रममा सहभागी भए। तिजको दर खुवाएको भोलिपल्ट भदौ ५ गते उनको रिपोर्टमा कोरोना पोजेटिभ आयो। उनको पोजेटिभ आएपछि वडादेखि नगरसम्म त्रास पैदा भयो।

उनको परिवारको स्वाब वडाले संकलन गर्‍यो। अनि उनीसँग सम्पर्कमा रहेकाहरुलाई स्वाब संकलनमा आउन खबर गरियो। त्यसपछि उनको सम्पर्क खोज्दै जाने क्रममा परिवारका ५ जना पिसिआर परीक्षणको लागि भन्दै मूलपानी स्वास्थ्य केन्द्र पुगेका थिए।

उनको परिवारमा छोरालाई कोरोना संक्रमण देखिएको कागेश्वरी मनहरा नगरपालिका मेयर कृष्णहरि थापाले बताए। परिवारका अन्य सदस्यमा भने देखिएको छैन। उनको सम्पर्कमा रहेका व्यक्तिको स्वाब संकलन गरिएको तर रिपोर्ट नआएको मेयर थापाले बताए। उनको क्लोज कन्ट्याक्टमा झण्डै ३० जना रहेका छन्। उनीहरूको सोमबार स्वाब संकलन गरिएको छ।

खहरे चोकदेखि विरेन्द्र चोकसम्म सिल
अहिले कागेश्वरी मनोहरा नगरपालिकामा ९६ जना कोरोना संक्रमित भेटिएको छन्। १० जना निको भएर घर फर्केका छन्।

सैलुनबाट फैलियो कोरोना
सुरुमा उक्त क्षेत्रमा एकजना सैलुन सञ्चालकमा कोरोना संक्रमण देखिएको थियो। तराईतिरबाट आएका सैलुन सञ्चालक चेक नगरी बस्दा समुदायमा फैलिएको आशंका नगरपालिकाले गरेको छ। उक्त सैलुनमा धेरै मानिस कपाल काट्न गएको र सैलुन सञ्चालकसहित समुदायका अन्य मानिसमा पनि देखिएपछि उक्त क्षेत्र सिल गरिएको मेयर थापाले बताए।

उनका अनुसार ९ नं वडामा पर्ने खहरे चोकदेखि वीरेन्द्र चोकसम्म सिल गरिएको छ। वडा नं ९ मा मात्रै ४८ जनामा कोरोना देखिएको छ।

कोरोना भाइरसका संक्रमित बढी देखिएपछि काठमाडौं महानगर वडा नम्बर ३२ को सिमाना खहरेचोकदेखि गान्धी स्कुल हुँदै वीरेन्द्रचोक (जगतजंग मार्ग) सम्म आउजाउ निषेध गरिएको नगरप्रमुख थापाले बताए। कागेश्वरी मनोहरामा अहिलेसम्म ९६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। त्यसमध्ये सबैभन्दा बढी वडा नम्बर ९ मा छन्। वडा नम्बर ९ मा अहिलेसम्म ६ महिला र २५ पुरुष गरी ३१ जनामा कोरोना देखिएको छ।

परीक्षणको दायरा विस्तार
काठमाडौं उपत्यकामा पछिल्लो समय कोरोना संक्रमण तीव्र रुपमा बढेकाले त्यसको असर कागेश्वरी मनोहरामा पनि परेको उनले बताए। नगरपालिकाले कोरोना परीक्षणको दायर बढाएको छ। वडा नम्बर ६, मूलपानीस्थित नगर अस्पतालमा नगरबासीको कोरोना परीक्षण गर्दै आएको छ। नगरबासीको वैशाख १ देखि कोरोना परीक्षण थालिएको थियो।

भदौ ५ सम्म २ हजार ४ सय १४ जनाको पिसिआर १ हजार ३ सय ४४ जनाको आरडिटी परीक्षण गरिएको नगरप्रमुख थापाले जानकारी दिए। नगरप्रमुख थापाका अनुसार १ हजार ६ सय ९१ पुरुष र ७ सय २२ महिलाको पिसिआर गरिएको छ। त्यस्तै ७ सय ८४ पुरुष र ५ सय ६० महिलाको आरडिटी गरिएको छ।
स्वास्थ्यखवर डटकम

Related Posts

सौन्दर्य प्रतियोगिताको नाममा बलात्कार: पीडित रेग्मीको पक्षमा माइतीघरमा प्रदर्शन
ताजा समाचार

सौन्दर्य प्रतियोगिताको नाममा बलात्कार: पीडित रेग्मीको पक्षमा माइतीघरमा प्रदर्शन

नेपालगन्जमा अघोषित लोडसेडिङ विरुद्ध नागरिक समाजको दवाव
समाज

नेपालगन्जमा अघोषित लोडसेडिङ विरुद्ध नागरिक समाजको दवाव

चितवनमा भीषण हावाहुरी, तीनको मृत्यु
समाज

चितवनमा भीषण हावाहुरी, तीनको मृत्यु

महानगरमै ४०% मत बदर
पत्रपत्रिका

महानगरमै ४०% मत बदर

फ्लोरक्रस गर्नु मेरो गल्ती हो: पूर्वमन्त्री शाही
समाज

फ्लोरक्रस गर्नु मेरो गल्ती हो: पूर्वमन्त्री शाही

बिजय उत्सवमा गएका गाडीमा करेन्ट लागेर २ जनाको मृत्यु
ताजा समाचार

बिजय उत्सवमा गएका गाडीमा करेन्ट लागेर २ जनाको मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

बलात्कार गरेको अभियोगमा मनोज पाण्डे पक्राउ

बलात्कार गरेको अभियोगमा मनोज पाण्डे पक्राउ

१० भाद्र २०७७, बुधबार
४६ जना म्यादी प्रहरीलाई जागिरबाट बर्खास्त

आजदेखि बिदा भए एक लाख म्यादी प्रहरी

१० भाद्र २०७७, बुधबार
राष्ट्रपतिले गर्ने हरेक व्यवहारमा गुटको गन्ध आइरहेको छ : नेकपा केन्द्रीय सदस्य झाँक्री

बालेनको भोट जनमत होइन, ‘नो भोट’ हो: झाँक्री

१० भाद्र २०७७, बुधबार
हुम्लाका ६ वटा गाउँपालिकाका नवनिर्वाचित अध्यक्षद्धारा सपथ गरण

हुम्लाका ६ वटा गाउँपालिकाका नवनिर्वाचित अध्यक्षद्धारा सपथ गरण

१० भाद्र २०७७, बुधबार
आर्थिक संकट बढेपछि श्रीलंकामा फेरि संकटकाल लागु

श्रीलंकामा हट्यो संकटकाल

१० भाद्र २०७७, बुधबार
युगान्डाविरुद्ध सिरिजको अन्तिम खेलमा पनि नेपाल विजयी

युगान्डाविरुद्ध सिरिजको अन्तिम खेलमा पनि नेपाल विजयी

१० भाद्र २०७७, बुधबार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.