पोखरा : लमजुङमा बुधबार सम्म २० जना आर्मीमा कोरोना पुष्टि भएको छ । बुधबार बिहान पुन थप ३ आर्मीमा कोरोना सक्रमण पुष्टि भएको छ । यस अघि बाणिज्य बैंकका कर्मचारी र आर्मी सहित २० जनामा संक्रमण देखिएको थियो । यो संगै कुल २० जनामा कोरोना पुष्टि भएको हो ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले बुधबार दोस्रो विज्ञप्ति जारी गर्दै लमजुङमा थप ३ आर्मीमा कोरोना देखिएको जनाएको हो ।
निर्देशनालयका अनुसार लमजुङ बेसीसहरमा कार्यरत ३८ वर्षका एक तथा ३९ (३९ वर्षका २ आर्मीमा कोरोना संक्रमण पुष्टि भएको हो ।
यसैगरी बुधवार दोस्रो चरणमा नवलपुर कावासोतीका २ पुरुष र १ महिला तथा गैडाकोटका थप २ पुरुषमा कोरोना देखिएको निर्देशनालयले जनाएको छ । उनीहरु मध्ये २ जना भारतबाट आएको र बाँकी कन्ट्याक्ट ट्रेसिङका रहेको निर्देशनालयले उल्लेख गरेको छ ।
यो संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ९ सय ४५ पुगेको छ । प्रदेशमा कोरोना संक्रमणबाट निको हुनेको संख्या १ हजार ६ सय ४३ पुगेको छ ।