आइतवार, जेष्ठ ८, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध केपी शर्मा ओली कोरोना भाइरस साहित्य कर्णाली प्रदेश पर्यटन शिक्षा
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

नलगाड जलविद्युत आयोजनाद्वारा २ अर्बबढि मुआब्जा वितरण

होस्ट खबर by होस्ट खबर
१० भाद्र २०७७, बुधबार
250
SHARES
472
VIEWS
FacebookTwitter
नलगाड जलविद्युत आयोजनाद्वारा २ अर्बबढि मुआब्जा वितरण

जाजरकोट : नलगाड जलविद्युत् आयोजनाले प्रभावित क्षेत्रका ९४५ परिवारलाई रु दुई अर्बभन्दा बढी मुआब्जा वितरण गरेको छ ।

नलगाडले असार तेस्रो सातादेखि मुआब्जा वितरण थालेको थियो । चार सय १७ मेगावाट क्षमताको जलाशययुक्त आयोजनाले अहिलेसम्म चार हजार रोपनी जग्गा अधिग्रहण गरिसकेको छ ।

मुआब्जावापत आयोजना प्रभावितलाई कूल रु दुई अर्ब ७६ करोड ३१ लाख १२ हजार ७९८ उपलब्ध गराइएको छ । आयोजना निर्माणका लागि सरकारले ४६५ घर तथा तीन हजार ९३३ कित्ता अर्थात् चार हजार ६०५ रोपनी जग्गा अधिग्रहण गरेको छ ।

साविकका जग्गाधनीलाई प्रतिरोपनीको रु छ लाखका दरले मुआब्जा रकम उपलब्ध गराएको जाजरकोटका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिए । मुआब्जा पाउनेको नामावली २०७६ भदौ २७ गते सार्वजानिक गरिएको थियो । आयोजनाको विद्युत्गृह क्षेत्र नलागाड नगरपालिका–७ र बाँधस्थल बारेकोट गाउँपालिका–१, २, ५, ६, ७, ८ र ९ नं वडामा पर्छ । नलगाड वातावरणमैत्री, डुबान क्षेत्र कम रहेको, जलाशयको आयु दिगो हुने, खेतीयोग्य जमिनको न्यून क्षति हुने र भौगर्भिक अवस्था मजबुत भएको आयोजना मानिएको छ ।

आयोजनाका कारण एक हजार २०० घरधुरीका सात हजार स्थानीयवासी मात्र प्रभावित हुनेछन् । मुआब्जा वितरण सकिएपछि घरटहराको क्षतिपूर्ति वितरण हुनेछ । त्यसका लागि करिब रु ४० करोड कम्पनीको खातामा आइसकेको छ तर घरटहराका लागि उक्त रकम अपुग हुने देखिएको छ ।

‘हाम्रो मूल्याङ्कनमा बाँधस्थलका करिब ५०० घरटहराका लागि रु एक अर्ब खर्च लाग्ने देखिएको छ’, इञ्जीनियर पदम थापाले भने । मुआब्जा वितरणलगायतका काम धमाधम भए पनि आयोजनाको विस्तृत परियोजना प्रतिवेदन ।डिपिआर० नबन्दा निर्माणको काम केही समय धकेलिने उनको भनाइ छ ।

यसरी बन्दैछ आयोजना

नलगाड आयोजना बारेकोट गाउँपालिका र नलगाड नगरपालिकाभित्र पर्ने नलगाड नदीमा निर्माण हुन लागेको छ । कर्णाली प्रदेशकै महत्वको रूपमा हेरिएको यो आयोजनाको लागत कम खर्चिलो र निर्माण गर्न सजिलोसमेत रहेको ऊर्जाविज्ञहरू बताउँछन् ।

केही दिनअघि मात्र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले नलगाड जलविद्युत् आयोजना निर्माणमा सहयोगका लागि जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) लाई आग्रह गरिसकेको छ ।

चार सय १७ मेगावाट क्षमता रहने नलगाड जलविद्युत् आयोजना निर्माण शुरू गर्न जापानी व्यवसायी एवं जाइकाले यो आयोजना निर्माणका लागि इच्छासमेत देखाएका छन् । आयोजना निर्माणका लागि रु १२३ अर्ब लाग्ने अनुमान गरिएको छ ।

वातावरणीय व्यवस्थापन अनुमानित लागत रु ५६ अर्ब लाग्ने आयोजनाले बताएको छ । यो आयोजनाको निर्माण छ वर्ष छ महिनाभित्र पूरा गर्ने लक्ष्य लिइएको छ । जलाशयको उचाइ २१० मिटर र चौडाइ ५४५ मिटर फराकिलो रहनेछ ।

आयोजनाको जलाशय भरिँदा ४७४ करोड घनमिटर पानी भण्डारण हुनेछ । आठ हजार ३०० मिटर लामो भूमिगत सुरुङ निर्माण गरी ४१७ मेगावाट विद्युत् उत्पादन हुने डिपिआरमा उल्लेख छ । निर्माणका क्रममा केही पर्यावरणीय पक्षमा सम्झौता गर्नु परे पनि यो आयोजना निर्माण भएपछि हरित ग्यास उत्सर्जन घट्ने र सात लाख १७ हजार टन कार्बन उत्सर्जन कटौती हुनेछ ।

चार वर्ष बित्यो अझै बनेन डिपिआर

दश वर्षअघि सम्भाव्यता अध्ययन प्रतिवेदन पूरा भएको आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) शुरु भएकै ४ वर्ष बितिसकेको छ । समयमै डिपिआर नहुँदा जलविद्युत् कम्पनी निर्माणले गति लिन नसकेको हो  ।

अष्ट्रेलियाको स्मेक, अमेरिकाको एमडब्लुएच र नेपालको उदय कन्सल्टेन्ट प्रालि जेभीले डिपिआरको जिम्मा पाएका छन् ।
परामर्शदाता कम्पनीले चार वर्षअघि ३० महिनामा डिपिआर सम्पन्न गर्ने गरी जलविद्युत् कम्पनीसँग रु एक अर्ब ११ करोडमा सम्झौता गरेको थियो ।

सम्झौताअनुसार तोकेको समयमा डिपिआर पूरा नहुँदा पटकपटक म्याद थप हुँदै आएको छ । इञ्जीनियर थापाका अनुसार कम्पनीले डिपिआरअन्तर्गतका अरू काम पूरा गरे पनि विद्युत्गृह क्षेत्रको रग मेकानिकल टेस्ट र बाँधस्थलको टेस्ट अडिट अझै पूरा गरेको छैन ।

कोरोना सङ्क्रमणको डरले कम्पनीमा आबद्ध विदेशी नागरिक कार्यक्षेत्रमा आउन नसक्दा डिपिआरको काममा थप ढिलाइ भएको छ । विद्युत् उत्पादनगृहमा अझै १०० मिटरभित्र सुरुङ खन्न नै बाँकी छ ।

छ वर्षसम्म बनेन

नलगाड जलविद्युत् आयोजना निर्माणका लागि चाहिने विद्युत् आपूर्तिका लागि निर्माण गरिन लागिएको ताँसुगाड जलविद्युत् आयोजनाको डिपिआर बन्न सकेको छैन ।

डिपिआर निर्माणको जिम्मा लिएको कन्सल्टेन्टको लापरवाहीका कारण चार/पाँच मेगावाटको ताँसुगाड जलविद्युत् आयोजनाको डिपिआरको काम अझै अपुरो रहेको हो ।

डिपिआर निर्माणको जिम्मा डिजाइड कन्सल्टेन्ट नयाँ बानेश्वरले लिएको छ । उक्त कम्पनीले डिपिआरका लागि रु ७८ लाखको ठेक्कामा रु ४३ लाख भुक्तानी लिए पनि अझै काम पूरा गर्न सकेको छैन । सम्झौताअनुसार दुई वर्षभित्र बुझाउनुपर्ने प्रतिवेदन छ वर्ष बित्दासमेत कम्पनीले बुझाएको छैन । रासस

Related Posts

वीरेन्द्रनगर नगरपालिकाको मेयरमा ढकाल र उपमेयर खनाल विजयी
ताजा समाचार

वीरेन्द्रनगर नगरपालिकाको मेयरमा ढकाल र उपमेयर खनाल विजयी

भेरीगंगामा कांग्रेसको गढ भत्काउँदै एमाले बिजयी
ताजा समाचार

भेरीगंगामा कांग्रेसको गढ भत्काउँदै एमाले बिजयी

स्थानीय चुनावमा काँग्रेस पहिलो पार्टी बन्ने निश्चित
ताजा समाचार

स्थानीय चुनावमा काँग्रेस पहिलो पार्टी बन्ने निश्चित

स्वास्थ्यकर्मीलाई कुटपिट गरे तीन वर्ष कैद
स्वास्थ्य

स्वास्थ्यकर्मीलाई कुटपिट गरे तीन वर्ष कैद

१४ जिल्लाका ४४ केन्द्रमा मतदान रद्द
Videos

१४ जिल्लाका ४४ केन्द्रमा मतदान रद्द

प्रदेश अस्पताल सुर्खेतमा ब्लड बैंक संचालन
स्वास्थ्य

प्रदेश अस्पताल सुर्खेतमा ब्लड बैंक संचालन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

बलात्कार गरेको अभियोगमा मनोज पाण्डे पक्राउ

बलात्कार गरेको अभियोगमा मनोज पाण्डे पक्राउ

१० भाद्र २०७७, बुधबार
४६ जना म्यादी प्रहरीलाई जागिरबाट बर्खास्त

आजदेखि बिदा भए एक लाख म्यादी प्रहरी

१० भाद्र २०७७, बुधबार
राष्ट्रपतिले गर्ने हरेक व्यवहारमा गुटको गन्ध आइरहेको छ : नेकपा केन्द्रीय सदस्य झाँक्री

बालेनको भोट जनमत होइन, ‘नो भोट’ हो: झाँक्री

१० भाद्र २०७७, बुधबार
हुम्लाका ६ वटा गाउँपालिकाका नवनिर्वाचित अध्यक्षद्धारा सपथ गरण

हुम्लाका ६ वटा गाउँपालिकाका नवनिर्वाचित अध्यक्षद्धारा सपथ गरण

१० भाद्र २०७७, बुधबार
आर्थिक संकट बढेपछि श्रीलंकामा फेरि संकटकाल लागु

श्रीलंकामा हट्यो संकटकाल

१० भाद्र २०७७, बुधबार
युगान्डाविरुद्ध सिरिजको अन्तिम खेलमा पनि नेपाल विजयी

युगान्डाविरुद्ध सिरिजको अन्तिम खेलमा पनि नेपाल विजयी

१० भाद्र २०७७, बुधबार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.