झापा : झापा गाउँपालिका(३ झापाका ७० बर्षीय साईला टुडुलाई उनकै छोरा २५ बर्षीय सुनिल टुडुले कुटपिट गर्दा मृत्यु भएको छ ।
सोमवार राती साँढे ११ बजेको छोराले बुबालाई एक्कासी बाँसको भाटाले शरिरका बिभिन्न भागमा अन्धाधुन्द कुटपिट गर्दा टुडु घाईते भएका थिए ।
उनलाई उपचारको लागी स्थानीय मेडिकलमा लगिएको थियो तर उक्त मेडिकलमा उपचार हुन नसकेपछि अस्पतालमा लैजान भनिएको थियो ।
तर अस्पताल नलगी आफन्तले घरमै ल्याई राखेकोमा सोही कारणबाट मृत्यु भएको भनि जानकारी पाए लगत्तै जिल्ला प्रहरी कार्यालय झापाबाट प्रहरी उनका ेघर पुगेको थियो ।
प्रहरीले कुटपिट गर्ने सुनिल टुडुलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जनाएको छ ।