कञ्चनपुर : कञ्चनपुरको बेलौरी नगरपालिकामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन्। बेलौरी नगरपालिका -१ बैशाखीमा सोमवार राति चट्याङ लागेर स्थानीय २२ वर्षीय लोकेन्द्र चन्दको मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक रण बहादुर चन्दले जानकारी दिए।
घर नजिकैको राधाकृष्ण मन्दिरमा बसेर मोबाइल चलाइरहेका तीन जना चट्याङ लागेर घाइते भएका थिए। चट्याङ लागेर गम्भीर घाइते भएका लोकेन्द्र चन्दको उपचारको क्रममा कैलालीको निसर्ग अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।
चट्याङ लागेर २६ वर्षीय सुजन शाही र २० वर्षीय नरेश शाही घाइते भएका छन्। उनीहरुको पनि निःसर्ग अस्पतालमा उपचार भइरहेको छ।