सुडान : अफ्रिकी मुलुक सुडानमा भारी वर्षापछि आएको बाढीमा फसेकालाई त्यहाँ खटिएका नेपाल प्रहरीले उद्दार गरेको छ। बाढीमा फसेकालाई नेपाल प्रहरीको फम्र्ड पुलिस युनिट (एफपीयु) का प्रहरीले नदी पार गर्न सहयोग गरेका हुन्।
नेपाल प्रहरी त्यहाँ शान्ति स्थापनार्थ खटिएको हो। सुडानको डार्फरस्थित कुटुममा तैनाथ प्रहरीले त्यहाँका स्थानीयलाई सहयोग गरेको हो।
सुडानमा बाढीबाट अगष्टमा मात्रै धेरैको मृत्यु भइसकेको छ। १६ अगष्टमा आएको बाढीमा ६५ जनाको मृत्यु भएको छ। त्यस्तै ३० हजार ४०० घर भत्किएको र ७०० जनावर बाढीमा बगेको त्यहाँको आन्तरिक मन्त्रालयलाई उधृत गर्दै अलजजिराले जनाएको छ।
तस्वीर सौजन्य : नेपाल प्रहरी