एजेन्सी : भारत महाराष्ट्रमा पाँच तले भवन भत्किँदा झण्डै ९० जना पुरिएका छन् । ८ जनाको अस्पतालमा उपचार भइरहेको र एक जनाको ज्यान गएको बताइएको छ ।
अन्य पुरिएकाहरुको उद्दार कार्य अहिले जारी रहेको जनाइएको छ ।
हिजो बेलुकी महाराष्ट्रको रायगढ जिल्लाको महाडमा पुरिएकामध्ये ८ जनाको अस्पतालमा उपचार भइरहेको छ । एक जनाको भने ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
महाड शहर दक्षिण मुम्बईबाट १ सय ८० किलोमिटरको दूरीमा पर्छ ।