बिहिबार, जेष्ठ ५, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध केपी शर्मा ओली कोरोना भाइरस साहित्य कर्णाली प्रदेश पर्यटन शिक्षा
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

नेपालमा ४५४ स्वास्थ्यकर्मी संक्रमित

होस्ट खबर by होस्ट खबर
८ भाद्र २०७७, सोमबार
165
SHARES
311
VIEWS
FacebookTwitter
नगरपालिका उपप्रमुख विकलाई कोरोना संक्रमण

काठमाडौँ : कोरोना संक्रमित बढेसँगै उनीहरूको उपचारमा खटिएका चिकित्सक, नर्स, प्राविधिकलगायत स्वास्थ्यकर्मीमा पनि संक्रमणको दर वृद्धि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार आइतबारसम्म ४ सय ५४ जना स्वास्थ्यकर्मी संक्रमित भएका छन् ।

जसमध्ये चिकित्सक १ सय ४२, अस्पतालका कर्मचारी १ सय २३, नर्स ९४, ल्याब टेक्निसियन ३० र पारामेडिक्स ६५ जना छन् । अस्पतालअनुसारको तथ्यांक हेर्दा भने त्योभन्दा बढी संख्या देखिन्छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समेत संक्रमित स्वास्थ्यकर्मीको संख्या धेरै हुन सक्ने जनाएको छ । धेरै अस्पतालले स्वास्थ्यकर्मी संक्रमित भएको भनेर सूचना दिँदा बिरामी उपचारका लागि नआइदिने र स्वास्थ्यकर्मीलाई पनि समाजले अपहेलना गर्ला भन्ने डरले यकिन संख्या उपलब्ध गराउँदैनन् । काठमाडौंको एक सरकारी अस्पतालका निर्देशकले स्वास्थ्यकर्मी संक्रमित हुँदा अरूले उल्टै नराम्रो सोच्ने गरेको बताए ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम स्वास्थ्यकर्मीहरूले पहिला आफू बच्ने अनि अरूलाई बचाउने भन्ने धारणा राख्नुपर्ने बताउँछन् । उनले भने, ‘ओपीडीमा बस्नेले भाइजर, वाटरप्रुफ मास्क लगाएर मात्र बिरामी जाँच्नुपर्छ । सामान छैन भने बरु मन्त्रालयले उपलब्ध गराउँछ ।’ दिनरात खटिएर बिरामीको उपचार गरिरहेका स्वास्थ्यकर्मीलाई दुर्व्यवहार गरिएका खबर सुनिए संलग्नलाई कारबाही गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको उनको भनाइ छ ।

कोरोना महामारीविरुद्ध अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी नै धमाधम संक्रमित हुन थालेपछि कतिपय अस्पतालले आकस्मिकबाहेकका सबै सेवा बन्द गरेका छन् । स्वास्थ्यकर्मीमा संक्रमण बढ्दै गए देशभर सबै किसिमका स्वास्थ्य सेवा थप प्रभावित हुने जोखिम देखिएको छ ।

ईडीसीडीका अनुसार धुलिखेल अस्पतालमा शनिबार १० र आइतबार ३ जना स्वास्थ्यकर्मीलाई कोरोना पुष्टि भयो । योसँगै हालसम्म उक्त अस्पतालका २७ स्वास्थ्यकर्मीलाई संक्रमण भइसकेको छ । एकैपटक १० चिकित्सकमा संक्रमण पाइएपछि अस्पतालका आकस्मिकबाहेकका सेवा बन्द गरिएको छ । काभ्रेकै स्पाइनल इन्जुरी पुनःस्थापना केन्द्रमा पनि शनिबार कर्मचारी र स्वास्थ्यकर्मीसहित १५ जनामा संक्रमण देखिएको थियो ।, यो खबर कान्तिपुर दैनिकमा छ ।

Related Posts

स्वास्थ्यकर्मीलाई कुटपिट गरे तीन वर्ष कैद
स्वास्थ्य

स्वास्थ्यकर्मीलाई कुटपिट गरे तीन वर्ष कैद

संसदमा प्रधानमन्त्रीलाई नैतिक हुन र राजिनामा दिन दलहरुको दबाब
पत्रपत्रिका

संसद् अवरोध नगर्ने मुडमा प्रतिपक्ष

कूटनीतिज्ञको बुझाइमा मोदीको भ्रमणः सम्बन्ध विस्तारमा सफल
अन्तर्राष्ट्रिय

कूटनीतिज्ञको बुझाइमा मोदीको भ्रमणः सम्बन्ध विस्तारमा सफल

मतदानको दिन पास लिएका गाडी मात्रै चल्ने, सार्वजनिक गाडी नचल्ने
पत्रपत्रिका

मतगणना कम्तीमा अर्को दुई सातासम्म नसकिने

स्थानीय तह निर्वाचनः कुरा आधुनिक, कार्यशैली पुरानै
ताजा समाचार

पार्टीबाट हारे, स्वतन्त्र उठ्दा जिते

स्थानीय तह निर्वाचनः कुरा आधुनिक, कार्यशैली पुरानै
अर्थ खबर

स्थानीय तह निर्वाचनः कुरा आधुनिक, कार्यशैली पुरानै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

वर्षाले छिन्चु–जाजरकोट सडक खण्ड १८ घण्टा अवरुद्ध

वर्षाले छिन्चु–जाजरकोट सडक खण्ड १८ घण्टा अवरुद्ध

८ भाद्र २०७७, सोमबार
वीरेन्द्रनगर -११ मा एमालेका देवकोटा विजयी

वीरेन्द्रनगर -११ मा एमालेका देवकोटा विजयी

८ भाद्र २०७७, सोमबार
स्थानीय चुनावमा काँग्रेस पहिलो पार्टी बन्ने निश्चित

स्थानीय चुनावमा काँग्रेस पहिलो पार्टी बन्ने निश्चित

८ भाद्र २०७७, सोमबार
उद्दारमा गएको बस दैलेखको घोडाबासमा पल्टिँदा चालकको मृत्यु

रुपन्देहीमा विजय उत्सवमा हिड्डेको गाडी दुर्घटना

८ भाद्र २०७७, सोमबार
फ्लोरक्रस गर्नु मेरो गल्ती हो: पूर्वमन्त्री शाही

फ्लोरक्रस गर्नु मेरो गल्ती हो: पूर्वमन्त्री शाही

८ भाद्र २०७७, सोमबार
उद्दारमा गएको बस दैलेखको घोडाबासमा पल्टिँदा चालकको मृत्यु

मुगुका कांग्रेस सभापति शाही सवार जिप दुर्घटना

८ भाद्र २०७७, सोमबार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.