बिहिबार, जेष्ठ ५, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध केपी शर्मा ओली कोरोना भाइरस साहित्य कर्णाली प्रदेश पर्यटन शिक्षा
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

होटलमा बस्ने र घर पुग्ने खर्च नभए नेपाली स्वदेश आउन नपाउने

होस्ट खबर by होस्ट खबर
८ भाद्र २०७७, सोमबार
167
SHARES
315
VIEWS
FacebookTwitter
९ लाख नेपाली फर्कने अनुमान, स्वदेश फर्कनेलाई जिल्ला पुर्याउने जिम्मा सेनालाई

काठमाडौँ : विदेशमा अलपत्र परेका कुनैपनि नेपाली नागरिकले पीसीआर परीक्षण सहित सात दिन सम्म होटल क्वारेन्टाइनमा बस्ने लिखित प्रतिवद्धता जनाएपछि मात्रै नेपाल आउन टिकट पाउने भएका छन् । सरकारले दैनिक पाँचसय जना सम्मलाई नेपाल आउन अनुमति दिने निर्णय समेत गरेको छ । विदेशबाट आउनेलाई अनिवार्य होटल क्वारेन्टाइनमा बस्नैपर्ने व्यवस्था गरिएपछि होटल व्यवसायीहरुले पनि तयारी थालेका छन् ।

विदेशबाट आउने कुनैपनि व्यक्तिले पीसीआर परीक्षण गरेपछि मात्रै नेपाल आउनका लागि टिकट खरिद गर्न पाउनेछन् । यस्तै नेपालमा आएपछि अनिवार्य सात दिन सम्म होटल क्वारेन्टाइनमा बस्नुपर्ने र त्यसको खर्च आफैले तिर्ने लिखित प्रतिवदता समेत टिकट खरिद गर्दाको अवस्थामै जनाउनु पर्नेछ । त्यसपछि मात्रै स्वदेश फर्किनका लागि अनुमति पाउनेछन् । यसअघि उद्दार गरी ल्याइएका केही व्यक्तिहरुले होटलमा बस्न दररेटमा बार्गेनिङ गरेकाले अबदेखि विदेशमा नै होटल र होम क्वारेन्टाइनमा बस्ने सम्मको लिखित प्रतिवद्धता गर्नुपर्ने व्यवस्था गरिएको काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताए । जहाजको टिकट खर्च विदेशमा नै तिर्नुपर्ने र सात दिन सम्म होटलमा बसेको खर्च, घर सम्म पुग्दा लाग्ने खर्च र होम क्वारेन्टाइनमा बस्नुपर्ने विषयमा लिखित प्रतिवद्धता जनाउन नसक्नेहरु नेपाल आउन नपाउने दाहालले स्पष्ट पारे ।

अहिले काठमाडौं उपत्यकामा क्वारेन्टाइन र आइसोलेसन सेन्टरको प्रयाप्त व्यवस्था छैन । त्यसैले सरकारले गृह सचिवको संयोजकत्वमा एकीकृत क्वारेन्टाइन निर्माण व्यवस्थापन समिति निर्माण गरेको छ । त्यसमा पालिका, स्वास्थ्य मन्त्रालय र सहरी विकास मन्त्रालयका प्रतिनिधि र प्रमुख जिल्ला अधिकारीहरु रहेका छन् । समितिले होटल क्वारेनटाइनहरुको स्थल पहिचान गर्ने, अनुगमन गर्ने, खर्चको व्यवस्थापनका लागि सिफारिस गर्ने लगायतका काम गर्ने प्र।जि।अ। दाहालले बताए । काठमाडौं जिल्ला संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी)ले काठमाडौं उपत्यकामा रहेका होटलहरुलाई क्वारेन्टाइन प्रयोजनार्थ प्रयोग गर्नका लागि होटलहरुको सूची र दररेट सार्वजनिक गरिसकेको छ । तरपनि उद्धार गरी ल्याइएका कतिपय नेपाली नागरिकहरुका लागि राख्ने क्वारेन्टाइन सेन्टरमा हुने खर्चको व्यवस्थापन वैदेशिक रोजगार कोष र कोरोना उपचार तथा रोकथाम कोषबाट हुने प्र।जि।अ। दाहालले बताए । क्वारेन्टाइनहरुको सुरक्षा नेपाली सेनाले गर्ने छ भने व्यवस्थापनको काम स्थानीय सरकारले गर्नेछ ।

सरकारले विदेशबाट हवाईमार्ग हुँदै नेपाल आउने नागरिकलाई अनिवार्य होटल क्वारेन्टाइनमा राख्ने व्यवस्था गरेपछि होटल व्यवसायीहरुले तयारी सुरु गरेका छन् । होटल क्वारेन्टाइनमा बस्ने व्यक्तिको होटलमा पुग्नासाथ सम्पूर्ण विवरण राख्ने, ज्वरो नाप्ने, ह्याण्ड सेनिटाइज गर्ने, लगेज सेनिटाइज गर्ने, फारम भराउने र कोठामा जाने व्यवस्था मापदण्ड अनुसार गर्ने होटलहरुले बताएका छन् । एयरपोर्ट होटलका व्यवस्थापक रामकुमार बन्जराले नेपाल पर्यटन बोर्डले तोकेको मापदण्ड अनुसार नै व्यवस्थापन गर्न लागिएको बताए । स्वास्थ्य सुरक्षाको मापदण्डलाई पूर्ण रुपमा पालना गर्ने र गेष्टलाई समेत पालना गर्न लगाउने उनले बताए । त्यस्तै कुनै व्यक्तिले होटल छाडेपछि ४८ घण्टासम्म कोठा बन्द नै रहने छ । त्यसपछि घण्टापछि उक्त कोठालाई पूर्णरुपमा निसंक्रमण गरेपछि मात्रै अर्को गेष्टलाई प्रवेश गराइने बन्जाराले बताए । होटलमा रहदा कसैले पनि रुम सर्भिस भने पाउने छैनन् । खाजा र खाना होटलकै रेस्टुरेन्टबाट लिनुपर्ने व्यवस्था होटलहरुले गरेका छन् । रेस्टुरेन्टमा पनि भौतिक दुरीलाई कायम गरिएको बन्जाराले बताए । उनले नेपाल पर्यटन बोर्डको मापदण्ड अनुसार नै सबै व्यवस्थापन गरिने स्पष्ट पारे ।

सरकारले पीसीआर परीक्षण सहज भएका देशहरुबाट शर्त सहित नियमित उडान गर्ने निर्णय गरेको छ । दैनिक ५ सय भन्दा बढी यात्रु नकट्ने गरी उडान सञ्चालन गर्न दिने निर्णय सरकारले गरेको थियो । यो प्रयोजनका लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उडान तालिका बनाउने जिम्मेवारी पाएको छ । टिकट खरिदका लागि कुनैपनि यात्रुको ७२ घण्टाभित्र पीसीआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको हुनुपर्ने छ । त्यसरी आउने यात्रुले सातदिन सम्म आफ्नै खर्चमा काठमाडौंमा रहेका होटल क्वारेन्टाइनमा बस्नुपर्ने लिखित प्रतिवद्धता पनि टिकट खरिद गर्दाको अवस्थामा नै जनाउनु पर्नेछ ।

Related Posts

फ्लोरक्रस गर्नु मेरो गल्ती हो: पूर्वमन्त्री शाही
समाज

फ्लोरक्रस गर्नु मेरो गल्ती हो: पूर्वमन्त्री शाही

बिजय उत्सवमा गएका गाडीमा करेन्ट लागेर २ जनाको मृत्यु
ताजा समाचार

बिजय उत्सवमा गएका गाडीमा करेन्ट लागेर २ जनाको मृत्यु

ओलीको वडामा फेरि पनि कांग्रेस विजयी
समाज

ओलीको वडामा फेरि पनि कांग्रेस विजयी

हेलिकप्टरबाट बीउ छर्ने उम्मेदवारलाई दुई मत
समाज

हेलिकप्टरबाट बीउ छर्ने उम्मेदवारलाई दुई मत

माघ १ गते कर्णालीमा सार्वजनिक विदा
समाज

आजबाट सातामा दुई दिन बिदा

नेपालगञ्जमा अपाङ्गता भएकालाई ह्वील चेयर प्रयोग गर्न दिईएन, घिस्रिएर मतदान गरे
समाज

नेपालगञ्जमा अपाङ्गता भएकालाई ह्वील चेयर प्रयोग गर्न दिईएन, घिस्रिएर मतदान गरे

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

वीरेन्द्रनगर -७ मा काँग्रेसका चपाईको प्यानल बिजयी

वीरेन्द्रनगर -७ मा काँग्रेसका चपाईको प्यानल बिजयी

८ भाद्र २०७७, सोमबार
वर्षाले छिन्चु–जाजरकोट सडक खण्ड १८ घण्टा अवरुद्ध

वर्षाले छिन्चु–जाजरकोट सडक खण्ड १८ घण्टा अवरुद्ध

८ भाद्र २०७७, सोमबार
वीरेन्द्रनगर -११ मा एमालेका देवकोटा विजयी

वीरेन्द्रनगर -११ मा एमालेका देवकोटा विजयी

८ भाद्र २०७७, सोमबार
स्थानीय चुनावमा काँग्रेस पहिलो पार्टी बन्ने निश्चित

स्थानीय चुनावमा काँग्रेस पहिलो पार्टी बन्ने निश्चित

८ भाद्र २०७७, सोमबार
उद्दारमा गएको बस दैलेखको घोडाबासमा पल्टिँदा चालकको मृत्यु

रुपन्देहीमा विजय उत्सवमा हिड्डेको गाडी दुर्घटना

८ भाद्र २०७७, सोमबार
फ्लोरक्रस गर्नु मेरो गल्ती हो: पूर्वमन्त्री शाही

फ्लोरक्रस गर्नु मेरो गल्ती हो: पूर्वमन्त्री शाही

८ भाद्र २०७७, सोमबार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.