सोमवार, जेष्ठ २, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध केपी शर्मा ओली कोरोना भाइरस साहित्य कर्णाली प्रदेश पर्यटन शिक्षा
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

सन्दीपको उच्च प्रदर्शनका बाबजुद जमैका तलावाज पराजित

होस्ट खबर by होस्ट खबर
७ भाद्र २०७७, आईतवार
186
SHARES
350
VIEWS
FacebookTwitter

एजेन्सी : क्यारेबियन प्रिमियर लिग (सिपिएल)मा नेपाली स्पिनर सन्दीप लामिछाने सम्मिलित जमैका तलावाजले लगातार दोस्रो हार बेहोरेको छ । आईतबार बिहान भएको खेलमा सन्दीपको उत्कृष्ट बलिङ प्रदर्शनका बाबजुद टोलीले गुयाना एमेजन वारियार्ससँग १४ रनको हार ब्यहोरेको हो ।

गुयानाले प्रस्तुत गरेको १ सय १९ रनको सामान्य लक्ष्य पछ्याउने क्रममा जमैकाले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ४ रनमात्र जोड्न सक्यो ।जमैका तलावाजले ब्याटिङमा निकै खराब सुरुवात गरेपछि जितको आधार तय हुन सकेन । इनिङको पहिलो बलमा नै कप्तान क्रिस ग्रिनले च्याडविक वाल्टनलाई एलबीडब्लु धरापमा पारे । दोस्रो ओभर इमरान ताहिरले मेडन राखे । तेस्रो ओभरको दोस्रो बलमा ग्रिनले क्रोमा बोनरलाई ४ रनमा एलबीडब्लु आउट गरे । उक्त ओभर पनि मेडन नै रहयो ।

चौथो ओभरको पहिलो बलमा डेब्यु गरिरहेका अस्मिड नेडले ग्लेन फिलिप्सलाई शून्यमा पेभेलियन फर्काए । फिलिप्सले सर्ट बललाई पोइन्टको माथिबाट प्रहार गर्न खोज्दा किमो पलले उफ्रदै एक हातले उत्कृष्ट क्याच लिँदै जमैकालाई ४–३ को दयनीय अवस्थामा पुर्याए ।

आसिफ अली र कप्तान रोभमान पावेलले इनिङ सम्हाल्ने प्रयास गरेपनि सफल हुन सकेनन् । दशौं ओभरको तेस्रो बलमा अली लामो सट खेल्ने धुनमा बाउन्ड्रीनजिक समातिएपछि जमैका ३३–४ को स्थितिमा पुगेको थियो । हेमराजको बलमा हेटमायरबाट समातिनुअघि उनले २१ बलमा १४ रन जोडे ।

१३ औं ओभरको चौथो बलमा पलले ब्रेथएटलाई बोल्ड गरेपछि जमैका थप समस्यामा परेको थियो । ब्रेथवेटले १४ बलमा मात्र ५ रन जोडे । १५ औं ओभरमा कप्तान पावेल क्याच आउट भएपछि जमैका ५०–६ को स्थितिमा पुग्यो । नविन उल हकको बलमा ग्रिनबाट क्याच हुनुअघि पावेलले ३० बलमा २३ रन जोडे ।

१६ औं ओभरको अन्तिम बलमा इमरान ताहिरले सन्दीपलाई शून्यमै रहँदा एलबीडब्लु आउट गरे । ताहिरकै १८ औं ओभरमा आन्द्रे रसलले २ छक्का र १ चौकासँगै १७ रन जोड्दै जितको झिनो आशा कायम राखे । रसेलले नविन उल हकको १९ औं ओभरको सुरुवाती दुई बलमा छक्का र चौका प्रहार गरेपनि त्यसपछि लगातार चार बल डट खान पुगे ।

अन्तिम ओभरमा जितका लागि २२ रन आवश्यक रहँदा जमैकाले ७ रनमात्र जोड्न सक्यो । कसिलो बलिङ गरेका किमो पलले रसेललाई खुलेर खेल्ने अवसर नै दिएनन् । रसेल ३७ बलमा ४ चौका र ५ छक्कासहित ५२ रनमा नटआउट रहे । गुयानाका लागि क्रिस ग्रिनले २ विकेट लिए । ताहिर, नेड, पल, हेमराज र नविन उल हकले पनि १–१ विकेट हात पारे ।

त्यसअघि टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको गुयानाले उत्कृष्ट सुरुवात पाएपनि स्पिनरको सामना गर्न नसक्दा अपेक्षित स्कोर खडा गर्न सकेन । गुयानाले १९।१ ओभरमा सबै विकेट गुमाउँदै १ सय १८ रन जोड्यो । सुरुवाती ओभरदेखि नै आक्रामक रुपमा प्रस्तुत भएको गुयानाका लागि ओपनरले राम्रो सुरुवात दिलाएका थिए ।

ओसेन थोमसको दोस्रो ओभरमा २४ रन जोड्दै उत्कृष्ट सुरुवात पाएको गुयानाका लागि ब्रेन्डन किङ र चन्द्रपाल हेमराजको सुरुवाती जोडीले पाँचौ ओभर पूरा नहुँदै अर्धशतकीय साझेदारी पूरा गरेका थिए । ५ ओभरको समाप्तिमा ५५–० को स्थितिमा रहेको गुयानाले त्यसपछि लगातार विकेट गुमाउँदै दबाबमा पर्यो ।

छैटौं ओभरको चौथो बलमा मुजिब उर रहमानले किङलाई बोल्ड गरे । किङले १९ बलमा ३ चौका र २ छक्कासहित २९ रनको योगदान दिए । लगत्तै अर्को बलमा मुजिबले पहिलो बलको सामना गरिरहेका शिम्रन हेटमायरलाई पनि बोल्ड गर्दै पेभेलियन फर्काए । त्यस ओभरमा मुजिबले जम्मा २ रन दिएर महत्त्वपूर्ण २ विकेट हात पारे ।

सातौं ओभरको पहिलो बलमा नै आन्द्रे रसलले अर्का ओपनर हेमराजलाई मुजिबको हातबाट क्याच गराए । उनले ब्याकवार्ड पोइन्टमा समातिनुअघि १७ बलमा ३ चौकासहित २१ रन जोडे । लगत्तै अर्को ओभरको तेस्रो बलमा मुजिबले निकोलस पुरनलाई कट बिहाइन्ड गराए । पुरनले ग्लेन फिलिप्सको हातबाट समातिनु अघि ५ बलको सामना गर्दै ४ रनमात्र जोड्न सके ।

११ औं ओभरको दोस्रो बलमा सन्दीपले रदरफर्डलाई पेभेलियन फर्काए । सन्दीपको गुगलीमा ठूलो सट खेल्ने धुनमा एज लाग्दै बल सर्ट थर्ड म्यानमा रहेका मुजिबको हातमा पुगेको थियो । रदरफर्ड ९ बलमा १ चौकाको मदतले मात्र ६ रन जोड्दै पेभेलियन फर्कंदा टोली ७६९५ को स्थितिमा पुग्यो ।

१४ औं ओभरको तेस्रो बलमा कार्लोस ब्रेथवेटले किमो पललाई आउट गरे । ठूलो सट खेल्ने धुनमा टप एज लागेपछि १० बलमा ३ रन जोडेका पल विकेटकिपर फिलिप्सको हातबाट समातिए । १५ औं ओभरको चौथो बलमा सन्दीपले क्रिस ग्रिनलाई २ रनमा बोल्ड गरे । लेग साइडमा सट प्रहार गर्न खोजेका ग्रिनको लेग स्टम्प उडाउँदै सन्दीपले दोस्रो विकेट हात पारे । १५ ओभरको खेल सकिंदा स्कोर ९४९७ को स्थितिमा थियो ।

१६ औं ओभरको पाँचौ बलमा रस टेलर २१ रन जोड्दै क्याच आउट भए । ३० बलमा २ चौका प्रहार गरेका टेलर ब्रेथवेटको बलमा डिप मिडविकेटमा रहेका पावेलको हातबाट समातिए । १९ औं ओभरमा नेड १ रन जोड्दै रनआउट भए । नविन उल हक अन्तिम ओभरको पहिलो बलमा क्याचआउट भए । उनले १७ बलमा १४ रन जोड्दै १ सय रनको आँकडा पार गराएका थिए ।

सन्दीपले ४ ओभरमा ८ रन खर्चेर २ विकेट लिए । मुजिबले १८ रन खर्चेर ३ विकेट लिँदा ब्रेथवेटले पनि ३ विकेट हात पारे । रसलले १ विकेट लिए ।

Related Posts

कार दुर्घटनामा चर्चित पूर्वक्रिकेटर एन्ड्रयु साइमन्ड्सको मृत्यु
अन्तर्राष्ट्रिय

कार दुर्घटनामा चर्चित पूर्वक्रिकेटर एन्ड्रयु साइमन्ड्सको मृत्यु

एफए कपको उपाधि लिभरपुललाई
खेलकुद

एफए कपको उपाधि लिभरपुललाई

जिम्बावे ए माथि नेपालको सानदार जित
खेलकुद

जिम्बाब्वेमाथि नेपालको सहज जित

नेपालले दियो १८२ रनको लक्ष्य
खेलकुद

जिम्बावे ‘ए’ विरुद्ध ब्याटिङ गर्दै नेपाल

कोरोना पुष्टि भएपछि एन्फाको कार्यालय बन्द
खेलकुद

सुर्खेत जिल्ला निर्वाचन: अध्यक्षमा रविन निर्विरोध निर्वाचित

राष्ट्रिय खेलकुद प्रतियागितामा कर्णालीले २८ खेलमा भाग लिने
खेलकुद

राष्ट्रिय खेलकुद प्रतियागितामा कर्णालीले २८ खेलमा भाग लिने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

विवेकशील साझा पार्टीले राष्ट्रिय सभा उपनिर्वाचनमा मतदान नगर्ने

विवेकशील साझा निर्वाचन नतिजामा दुःखी

७ भाद्र २०७७, आईतवार
ओलीको वडामा फेरि पनि कांग्रेस विजयी

ओलीको वडामा फेरि पनि कांग्रेस विजयी

७ भाद्र २०७७, आईतवार
हाम्रोलाई होइन, राम्रोलाई रोजौं

सुर्खेतको सिम्तामा फेरि मतदान सुरू

७ भाद्र २०७७, आईतवार
भारतीय प्रधानमन्त्री मोदीले भने,महामारीविरुद्ध लड्न नेपालसँग सहकार्यका लागि भारत दृढ छ

भारतीय प्रधानमन्त्री मोदी आज नेपाल भ्रमणमा आउँदै

७ भाद्र २०७७, आईतवार
जीवन बीमा कम्पनीको नाफा घट्यो

जीवन बीमा कम्पनीको नाफा घट्यो

७ भाद्र २०७७, आईतवार
स्थानीय तह निर्वाचनः कुरा आधुनिक, कार्यशैली पुरानै

स्थानीय तह निर्वाचनः कुरा आधुनिक, कार्यशैली पुरानै

७ भाद्र २०७७, आईतवार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.