काठमाण्डौं : देशको पछिल्लो परिस्थिती र बेथितीलाई समेटेर १० जना गायक गायिकाले तयार पारेको एउटै गीत ‘इनफ इज इनफ’ अर्थात् ‘अत्ति भयो अत्ति’ सार्वजनिक भएको छ । देशमा व्याप्त भ्रष्टाचार, बिसंगती, बेथिती र भद्रगोलको स्थितीलाई समेटेर तयार पारिएको गीत सार्वजनिक गरिएको हो ।
दुई तिहाईको सरकारबाट जनताले निराशा मात्र पाएको र कोरोना कहरमा पनि भ्रष्टाचार मौलाएको कुरालाई शिव सुवेदीको शब्द तथा संगीतमा सजाइएको छ ।
गीतमा कुलेन्द्र विक, सम्झना भण्डारी, खेम सेञ्चुरी, सुनिता बुढा क्षेत्री, सूर्य खड्का, मञ्जु पौडेल, विक्रम परियार, कमला पोखरेल, नरेश खाती र टिका सानुलगायत दश गायक गायिकाको स्वर समेटिएको छ ।
देशमा राजनीति व्यवस्था परिवर्तन भएपनि सामान्ती सोच र संस्कारमा परिवर्तन हुन नसकको आउन सकेको विषय गीतमा देवेन्द्र क्षेत्रीको डाइलग मार्फत प्रस्तुत गरिएको छ ।
गीत मार्फत वर्तमान नेपालको समय पेश गरेको गीतकार सुवेदीले बताए ।