वीरेन्द्रनगर : शनिबार कर्णालीमा १५ जनामा कोरोना संक्रमण देखिएको छ । सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशको स्वास्थ्य सेवा महाशाखाले दिउँसो जारी गरेको विज्ञप्तिमा सुर्खेतका २ जना सहित १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
विज्ञप्तिमा नवलपरासी (पूर्व), बाँके र बर्दियाका ११ जना तथा जुम्लाका २, दैलेखका २ र रुकुम पश्चिमका ६ जनामा संक्रमण देखिएको छ । शनिबार नै सुर्खेतका होम आइशोलेसनमा रहेका २० जना सहित प्रदेश अस्पताल सुर्खेतका ४ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् ।
अव कर्णालीमा सक्रिय बिरामीको संख्या २ सय ६५ जना रहेको छ । त्यसमध्य सवैभन्दा धेरै सुर्खेतका ७२, दैलेखका ५०, सल्यानका २७, जुम्लाका ७१, रुकुम पश्चिमका १३, कालिकोटका ८ र मुगुका १ जना रहेका छन् ।