काठमाडौं : १०१ बर्षको उमेरमा मंगलबार साँझ निधन भएका राष्ट्रकवि माधवप्रसाद घिमिरेको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ ।
राष्ट्रकवि घिमिरेको पशुपति आर्यघाटमा घिमिरेको अन्त्येष्टि गरिएको हो । राष्ट्रकवि घिमिरेका छोराहरू राजीव र इन्डिवरले ११ बजेर ४८ मिनेट जाँदा उनको पार्थिव शरीरुमा दागवत्ती दिए । घिमिरेकी कान्छी श्रीमती महाकाली पनि अन्त्येष्टिमा सहभागी भएकी थिइन् ।
राष्ट्रकविको सम्मान स्वरुप नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गरेको थियो ।
यसअघि काठमाडौंको कपुरधारास्थित निवासमै पुगेर उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेलले घिमिरेको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाउँदै श्रद्धाञ्जली अर्पण गरेका थिए ।
घिमिरेको १०१ वर्षको उमेरमा मंगलबार साँझ ५ः५५ बजे निवासमै निधन भएको थियो ।