बुधबार, जेष्ठ ४, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध केपी शर्मा ओली कोरोना भाइरस साहित्य कर्णाली प्रदेश पर्यटन शिक्षा
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

कपुरकोटमा विषादी परीक्षण प्रयोगशाला निर्माण

होस्ट खबर by होस्ट खबर
२ भाद्र २०७७, मंगलवार
170
SHARES
321
VIEWS
FacebookTwitter
कपुरकोटमा विषादी परीक्षण प्रयोगशाला निर्माण

सल्यान : सल्यानको कपुरकोटमा विषादी परीक्षण गर्न प्रयोगशाला निर्माण भएको छ । कर्णाली प्रदेश सरकारको सहयोगमा कृषिउपज बजार केन्द्र कपुरकोटमार्फत कर्णालीको प्रवेशद्वार मानिएको कपुरकोटमा प्रयोगशाला निर्माण गरिएको हो ।

चालू आर्थिक वर्षभित्रै परीक्षणका लागि आवश्यक उपकरण तथा कर्मचारीको व्यवस्था गरी परीक्षण सुरु गरिने भएको छ । विषादी परीक्षण पछि कपुरकोट क्षेत्रबाट निर्यात हुने तथा आयात हुने तरकारीमा विषादीको परिमाण मापन गरिने छ ।

प्रदेशलाई अर्गानिक प्रदेशको रुपमा विकास गर्नका लागि प्रयोगशाला निर्माण गरिएको प्रदेश सरकारका भूमि, कृषि तथा सहकारीमन्त्री विमला केसीले जानकारी दिइन् । “अब कर्णालीका जिल्लामा आयात गरिने तथा कर्णालीबाट निर्यात गरिने सबै तरकारी तथा खाद्यान्नमा विषादी परीक्षण गरेर मात्रै प्रक्रिया अगाडि बढाइने छ”, उनले भनिन् ।

प्रदेश सरकारले कर्णालीलाई अर्गानिक प्रदेश बनाउने निर्णय भएअनुसार पहिलो चरणमा कपुरकोटमा विषादी परीक्षण प्रयोगशाला निर्माण गरिएको र यसलाई आवश्यकताका आधारमा अन्य ठाउँमा पनि विस्तार गरिने जनाइएको छ । “कर्णालीमा व्यावसायिकतालाई प्रवर्द्धन गर्नका लागि विषादी र रसायनिकमल प्रयोग गरिरहनु पर्दैन, यसको प्रयोगलाई सरकारले निरुत्साहित गरेको छ”, मन्त्री केसीले भनिन् ।

यसैबीच कपुरकोटमै शीतभण्डारका लागि चालू आर्थिक वर्षमा काम अगाडि बढाइने भएको छ । यसका लागि प्रदेश सरकारले चालू आवमा रु ५० लाख विनियोजन गरिएको निर्माणका लागि काम सुरु गर्न कृषि विकास कार्यालय सल्यानलाई निर्देशनसमेत दिइएको छ ।

सल्यान जिल्लामा बेमौसमी तरकारी तथा फलफूलको भण्डार रहेकाले यसलाई व्यवस्थित गर्नका लागि शीतभण्डार आवश्यक भएको जनाइएको छ । “सल्यानमा फलफूल र तरकारीको भण्डार रहेको छ, यहाँबाट निर्यात हुने सबै कृषिउपजलाई शीतभण्डारमा भण्डारण गरी बिक्री वितरण गर्नसके कृषकले थप मूल्य प्राप्त गर्नसक्ने भएकाले हामीले शीतभण्डार निर्माण गर्न लागेका हौँ”, मन्त्री केसीले भनिन् ।

जिल्लामा पछिल्लो समयमा व्यावसायिक कृषि तथा पशुपालनमा आकर्षण बढिरहेकाले सोहीअनुसार प्रदेश सरकारले प्रवद्र्धनका योजना ल्याउन लागेको केसीले जानकारी दिइन् । “सल्यान जिल्लामा युवाले विभिन्न ठाउँमा एकल तथा सामूहिकरुपमा व्यावसायिक कृषि तथा पशुपालन गरिरहनुभएको छ, उहाँहरुलाई लक्षित गररे नै प्रदेश सरकारले ब्याज सहुलियत, अनुदानजस्ता कार्यक्रम सञ्चालन गर्न लागेको छ, यसबाट यहाँहरुले भरपुर फाइदा उठाएर आम्दानीमा वृद्धि गर्नुस्”, उनले भनिन् ।

जिल्लामा पछिल्लो समय युवा व्यावसायिक कृषि तथा पशुपालनतर्फ आकर्षण हुनथालेका छन् । जिल्लामै बसेर व्यवसाय गर्दा राम्रो आम्दानी हुने तथा बजारीकरणका लागि समस्या नभएपछि जिल्लामा युवा अहिले व्यावसायीकरणमा अग्रसर हुन थालेका छन् । रासस

Related Posts

जीवन बीमा कम्पनीको नाफा घट्यो
अर्थ खबर

जीवन बीमा कम्पनीको नाफा घट्यो

स्थानीय तह निर्वाचनः कुरा आधुनिक, कार्यशैली पुरानै
अर्थ खबर

स्थानीय तह निर्वाचनः कुरा आधुनिक, कार्यशैली पुरानै

पेट्रोल, डिजल र मट्टितेलको मूल्य प्रतिलिटर दुई रुपैयाँ घट्यो
अर्थ खबर

डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य १० रुपैयाँले बढ्यो

स्थानीय तहको चुनावले मूल्यवृद्धिमा थप चाप
अर्थ खबर

स्थानीय तहको चुनावले मूल्यवृद्धिमा थप चाप

कर्णालीमा एक करोड राशिको पत्रकार कल्याण कोष
अर्थ खबर

नेपाली रुपैयाँ हालसम्मकै कमजोर

हालसम्मकै सर्वाधिक कित्ता आज देखी आईपीओ बिक्रिमा
अर्थ खबर

९ करोडको हाइड्रोपावर आईपीओ निष्काशन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

चौरजहारी घटना जातीय विभेदकै कारण भएको संसदीय समितिको ठहर

हट्यो ९ महिना लामो संसदको अवरोध

२ भाद्र २०७७, मंगलवार
पञ्चपुरीमा मेयर र उपमेयर कांग्रेसबाट निर्वाचित

पञ्चपुरीमा मेयर र उपमेयर कांग्रेसबाट निर्वाचित

२ भाद्र २०७७, मंगलवार
बराहतालमा काँग्रेसका भण्डारी विजयी

बराहतालमा काँग्रेसका भण्डारी विजयी

२ भाद्र २०७७, मंगलवार
आइपिएल: पञ्जाबलाई हराउँदै चौथो स्थानमा उक्लियो दिल्ली

आइपिएल: पञ्जाबलाई हराउँदै चौथो स्थानमा उक्लियो दिल्ली

२ भाद्र २०७७, मंगलवार
आज नेपालले युगाण्डासँग प्रतिष्पर्धा गर्दै

आज नेपालले युगाण्डासँग प्रतिष्पर्धा गर्दै

२ भाद्र २०७७, मंगलवार
नयाँ शैक्षिक सत्र फेरि सार्ने तयारी

शिक्षाका लागि २ खर्ब ५३ अर्ब रुपैयाँ माग

२ भाद्र २०७७, मंगलवार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.