वीरेन्द्रनगर : मंगलबार गरिएको परिक्षणमा दैलेखका ५ र रुकुम पश्चिमका १ जनामा कोरोना संक्रमण देखिएको छ ।
दैलेख अस्पताल र चौरजहारी अस्पतालमा गरिएको परिक्षणमा ती ६ जनामा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशको स्वास्थ्य सेवा महाशाखा ले जनाएको छ ।
महाशाखाले विज्ञप्ति जारी गर्दै कर्णालीमा आजै ४ जना कोरोना संक्रमण मुक्त भई डिस्चार्ज गरेको समेत जनाएको छ । अव कर्णालीभर १ सय ४९ जना सक्रिय बिरामी रहेका छन् ।