बिहिबार, जेष्ठ ५, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध केपी शर्मा ओली कोरोना भाइरस साहित्य कर्णाली प्रदेश पर्यटन शिक्षा
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

कर्णालीमा सुत्केरीको ज्यान जोगाउनै मुस्किल

७ वर्षमा १ सय २८ जनाको मृत्यु, गत वर्ष १५ जनाको मृत्यु

होस्ट खबर by होस्ट खबर
३१ श्रावण २०७७, शनिबार
302
SHARES
570
VIEWS
FacebookTwitter
कर्णालीमा सुत्केरीको ज्यान जोगाउनै मुस्किल

कान्तिपुर/साउन : मुगुको छायाँनाथ रारा नगरपालिका–१०, जिउलागाउँकी ३५ वर्षीया धनरुपा विकले पुसमा पाँचौं सन्तानको रुपमा छोरीलाई जन्माइन् । तर, गर्भवती अवस्थामा आइलागेको जटिलताको कारण आफ्नो ज्यान भने जोगाउन सकिनन् । लामो सुत्केरी व्यथाले च्यापेपछि जिल्ला अस्पताल लैजाने क्रममा उनी बाटोमै सुत्केरी भएकी थिइन् ।

गर्भवती र सुत्केरी अवस्थामा आइलाग्ने जटिलताको कारण अकालमा ज्यान गुमाउने धनरुपा एक्ली महिला होइनन् । कर्णालीमा वर्षेनि उनीजस्ता थुप्रै गर्भवती र सुत्केरी महिलाले ज्यान गुमाउने गरेका छन् । कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार ७ वर्षयता १ सय २८ जनाको ज्यान यस सम्बन्धि समस्याका कारण गएको छ । गत आर्थिक वर्षमा मात्र १५ जना गर्भवती तथा सुत्केरीको मृत्यु भएको निर्देशनालयको भनाइ छ ।

त्यस्तैमध्येकी एक हुन कालीकोटकी ३० वर्षीया देवी सहकारी । नरहरिनाथ गाउँपालिका–४, रुप्साकी उनको गत वर्ष अत्याधिक रक्तश्रावको कारण मृत्यु भएको थियो । कालीकोट जिल्ला अस्पतालमा भर्ना भएकी सहकारीको स्वास्थ्यमा जटिलता देखिएपछि उपचारको लागि जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजाने क्रममा मृत्यु भएको थियो । गत असारमा जाजरकोट, जुनीचाँदे–३ कि ३४ वर्षीया सिंह पुरीको अवस्था पनि देवीको जस्तै भयो । सुत्केरी व्यथा लागेपछि बच्चा जन्माएलगत्तै रक्तश्रावका कारण उनको ज्यान गएको थियो । गाउँदेखि टाढा रहेको स्वास्थ्य संस्थामा लैजाने मान्छेसमेत नहुँदा उनको मृत्यु भएको थियो ।

सरकारले कर्णालीका जटिल अवस्थाका गर्भवती र सुत्केरीको उद्दारको लागि हेलिकोप्टर सेवा सञ्चालन गरे पनि समयमै उद्दार हुन नसक्दा मृत्यु हुने क्रम रोकिएको छैन । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार गत आर्थिक वर्षमा सुर्खेत, कालीकोट र जाजरकोटका ३र३ जना, मुगु र रुकुम पश्चिममा २र२ जना, हुम्ला र सल्यानमा एकरएक जना सुत्केरीको मृत्यु भएको छ । अधिकांश सुत्केरीले समयमै उपचार नपाउँदा मृत्यु हुने गरेको निर्देशनालयकी बरिष्ठ समुदाय नर्सिङ अधिकृत मानकुमारी गुरुङले बताइन् । उनका अनुसार आव २०७०/७१ मा ३३ जना, २०७१/७२ मा १४ जना, २०७२/७३ मा १३ जना, २०७३/७४ मा २२ जना, २०७४/७५ मा १९ जना र २०७५/७६ मा १२ जना सुत्केरीको मृत्यु भएको छ ।

‘एयर लिफ्टिङ’ ले थेग्दैन जोखिम
नेपाल सरकारले आर्थिक वर्ष २०७५/७६ देखि राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत हिमाली जिल्लाका गम्भीर सुत्केरी तथा गर्भवतीको हेलिकप्टर ९एयर लिफ्ङि० बाट उद्दार गरिरहेको छ । त्यसअघि स्वास्थ्य मन्त्रालय मातहतको स्वास्थ्य महाशाखाले एयर लिफ्टििङबाट उद्दार गर्ने गरेको थियो । तर, मौसमी प्रतिकूलता र समयमै उद्दार हुन नसक्दा महिलाको ज्यान भने जोखिममुक्त हुन सकेको छैन ।

गत आर्थिक वर्षमा कर्णालीमा एयर लिफ्टिङबाट ३३ जना र अघिल्लो आर्थिक वर्षमा २६ जना गर्भवती तथा सुत्केरीको उद्दार भएको थियो । २०७२ देखि २०७५ सम्म कर्णाली प्रदेशका ४६ जना सुत्केरी तथा गर्भवतीको हेलिकप्टरमार्फत् उद्दार गरिएको थियो । उद्दारमा २९ लाख ६५ हजार रुपैयाँ खर्च भएको थियो ।

मुगुको खत्याड गाउँपालिका–८ की तुलसा कार्की सरकारी उद्दार कार्यक्रमबाट नयाँ जीवन पाउने भाग्यमानीमध्ये एक हुन् । गत जेठ २ गते पाठेघर ५ इन्च बाहिर निस्किएपछि सुत्केरी हुन नसकेकी उनलाई नेपाली सेनाको हेलिकप्टरबाट सुर्खेत ल्याइएको थियो । समयमै उद्दार हुँदा आमा र शिशु दुइटैको ज्यान जोगियो ।

कतिपय महिलाले एयर लिफ्टिङ सेवाबाट आफ्नो ज्यान जोगाए पनि शिशु गुमाएका छन् । जाजरकोट, जुनीचाँदे गाउँपालिकाकी कमला नेपालीले गत मंसिर १६ मा त्यस्तै नियति भोगिन् । सुत्केरी व्यथाले च्यापेकी उनले भोलिपल्टसम्म पनि बच्चा जन्माउन नसकेपछि नेपाली सेनाको हेलिकप्टरमार्फत कर्णाली प्रदेश अस्पताल ल्याइयो । तर, उनको बच्चा पेटभित्रै मरिसकेको थियो । कमलाका श्रीमान् नन्दबहादुरले समयमै उद्दार हुन नसक्दा बच्चा गुमाउनु परेको बताएका थिए ।

स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख प्रेमबहादुर सिंह गाउँमा भरपर्दो बर्थिङ सेन्टर र जिल्लामा सुविधायुक्त अस्पताल नहुँदा महिलाको ज्यान जोखिममा पर्ने गरेको बताउँछन् । उनका अनुसार गत आर्थिक वर्षमा सरकारी कार्यक्रम र स्थानीय तहले जिल्लाका ११ जना सुत्केरीको हेलिकप्टरमार्फत् उद्दार गरेका छन् । नाम्खा गाउँपालिकाका ४ जना, चंखेली गाउँपालिकाका ५ जना र सर्केगाड गाउँपालिकाका २ जनाको उद्दार गरिएको उनले बताए । जिल्लाभित्रै पनि ७ जनाको उद्दार गरिएको उनको भनाइ छ ।

कर्णाली प्रदेश सरकारले समेत सुत्केरी तथा गर्भवतीको उद्दारको लागि बजेट छुट्याउने गरेको छ । आव २०७५र७६ मा साढे १ करोड रुपैयाँ विनियोजन गरेकोमा ४१ लाख ९४ हजार रुपैयाँमात्र खर्च भएको थियो । गत आर्थिक वर्षमा ५० लाख रुपैयाँ छुट्याएको थियो । वरिष्ठ नर्सिङ अधिकृत गुरुङले अहिले प्रदेश सरकारले उद्दारको लागि समन्वयको काममात्र गरिरहेको बताइन् ।

Related Posts

फ्लोरक्रस गर्नु मेरो गल्ती हो: पूर्वमन्त्री शाही
समाज

फ्लोरक्रस गर्नु मेरो गल्ती हो: पूर्वमन्त्री शाही

बिजय उत्सवमा गएका गाडीमा करेन्ट लागेर २ जनाको मृत्यु
ताजा समाचार

बिजय उत्सवमा गएका गाडीमा करेन्ट लागेर २ जनाको मृत्यु

ओलीको वडामा फेरि पनि कांग्रेस विजयी
समाज

ओलीको वडामा फेरि पनि कांग्रेस विजयी

हेलिकप्टरबाट बीउ छर्ने उम्मेदवारलाई दुई मत
समाज

हेलिकप्टरबाट बीउ छर्ने उम्मेदवारलाई दुई मत

माघ १ गते कर्णालीमा सार्वजनिक विदा
समाज

आजबाट सातामा दुई दिन बिदा

नेपालगञ्जमा अपाङ्गता भएकालाई ह्वील चेयर प्रयोग गर्न दिईएन, घिस्रिएर मतदान गरे
समाज

नेपालगञ्जमा अपाङ्गता भएकालाई ह्वील चेयर प्रयोग गर्न दिईएन, घिस्रिएर मतदान गरे

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

वर्षाले छिन्चु–जाजरकोट सडक खण्ड १८ घण्टा अवरुद्ध

वर्षाले छिन्चु–जाजरकोट सडक खण्ड १८ घण्टा अवरुद्ध

३१ श्रावण २०७७, शनिबार
वीरेन्द्रनगर -११ मा एमालेका देवकोटा विजयी

वीरेन्द्रनगर -११ मा एमालेका देवकोटा विजयी

३१ श्रावण २०७७, शनिबार
स्थानीय चुनावमा काँग्रेस पहिलो पार्टी बन्ने निश्चित

स्थानीय चुनावमा काँग्रेस पहिलो पार्टी बन्ने निश्चित

३१ श्रावण २०७७, शनिबार
उद्दारमा गएको बस दैलेखको घोडाबासमा पल्टिँदा चालकको मृत्यु

रुपन्देहीमा विजय उत्सवमा हिड्डेको गाडी दुर्घटना

३१ श्रावण २०७७, शनिबार
फ्लोरक्रस गर्नु मेरो गल्ती हो: पूर्वमन्त्री शाही

फ्लोरक्रस गर्नु मेरो गल्ती हो: पूर्वमन्त्री शाही

३१ श्रावण २०७७, शनिबार
उद्दारमा गएको बस दैलेखको घोडाबासमा पल्टिँदा चालकको मृत्यु

मुगुका कांग्रेस सभापति शाही सवार जिप दुर्घटना

३१ श्रावण २०७७, शनिबार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.